मगर भूपू सैनिकका अध्यक्ष हस्त थापाबाट संगठन लाई करिब एकरोपनी जग्गा र रु.एकलाख १० हजार दान

Read Time:8 Minute, 50 Second

हुम बहादुर पचभैया थापा मगर ,
ल्लितपुर, ०४ चैत्र २०८२ । नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हस्त बहादुर किजिम थापा मगरले नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको केन्द्रीय कार्यालय भवन निर्माणको लागी करिब एकरोपनी जग्गा दान दिनुभएको छ । गण्डकी प्रदेश , गोरखा जिल्ला धुवाकोट, पालुङटार वडा नं. ८ स्थित गौरीटारको गैरी गाउँको कि.नं. १७४१ को १३ आना २ पैसा २ दाम क्षेत्रफल रहेको जग्गा संघलाई दान दिनु भएको हो ।

हाल सम्म संघको कार्यालय भवन र चलअचल सम्पति नरहेको अवस्थामा अध्यक्ष थापा मगरले नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघले भोग चलन गर्ने गरि संघको नाममा मिति २०८२ पुस १७ गतेका दिन गोरखा जिल्ला सदरमुकाम मालपोत कार्यालयमा गई नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको नाममा रजिष्ट्रेशन पास गरिदिनु भएको हो ।

नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको मिति २०८२ फागुन २९ गते बागमती प्रदेश चितवन जिल्ला मगर भवनमा बसेको संघको पाँचौ पुर्ण बैठकमा संस्थालाई जानाकारी गराउँदै जग्गाधनी दर्ता प्रमाण पुर्जा संघलाई हस्तान्त्ररण गर्नु भयो । साथै , अध्यक्ष थापाले सोहि दिनको बैठमा भवन निमार्णको लागी रु.१०७७७७÷– अक्षेरुपी एकलाख सातहजार सातसय सत्ततर रुपैया समेत संघलाई दानदिनु भयकोछ । अध्यक्ष थापाले भवन निमार्णको संयोजकको थप जिम्मेवारी समेत लिनु भएको छ भने , केन्द्रीय सदस्य चेत बहादुर सारु मगर नवलपुरलाई संघले आर्थिक संयोजकको जिम्मेवारी दिएकोछ ।

नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ , केन्द्रीय समितिले भवन निमार्ण पश्चात जग्गादान र आर्थिक दान दिनुहुने दानीदाता श्री थापाको तिन पुस्ते सुनौलो अक्षरमा सबैभन्दा माथी नाम लेख्ने गरि उक्त पाँचौ पूर्ण बैठकले सर्वसम्मतीले निर्णय गरि अध्यक्ष थापालाई धन्यबाद दिएको छ ।


को हुन दानबिरदाता , हस्त बहादुर थापा ?
गोरखा पालुङटारमा रहेको मावली घरमा २००७ साल कार्तिक महिनामा जन्मिनु भएका थापाको पुख्र्याउली घर भने हाल तनहुँ जिल्लाको आँबुखैरेनी वडा नं.१ , सत्रसयफाँट हो । आमा सान्तीमाया किजिम मगर र बाबा बेन बहादुर किजिम मगरको आँठ भाई छोरा र चार बहिनी छोरी मध्येका सबैभन्दा जेठो छेरा हुनुहुन्छ ।

धेरै भाई बहिनीको ठुलदाजु भएकोले गाउँमा चाहेको जति शिक्षा आर्जन गर्न नपाएका थापाले गाएँको स्कुलमा साधारण लेखपढ गरि सानै उमेरमा भारतीय सेनाको ३/८ गोर्खा राईफल पल्टनमा भरना हुनुभई ई.स.१९९५ अर्थात बि.सं. २०५१ सालमा हबिलदार पदमा अवकाश प्राप्त गरि जन्मभूमि नेपाल फर्किनु भयो । नेपालमा २०४६ को जनआन्दोलनले एकतन्त्रीय तानाशाही पन्चायती शासनको अन्तय गर्दै बहुदलिय ब्यवस्थाको जन्म संगै एम.एस. थापा मगर र गोरेबहादुर खपाँगी मगरले देशमा संघात्मक शासनप्राणलीको ब्यवस्था हुनुपर्ने भन्दै राष्ट्रीय जनमुक्ति पार्टीको बिरुवा रोपिसकेका थिए । हस्त बहादुर थापा पेन्सन आउनासाथ सोहिदलमा आबद्ध हुनु भयो । राष्ट्रीय जनमुक्ति पार्टीको केन्द्रीय सदस्य हुदै पार्टीको उपाध्यक्ष समेत हुनु भएका थापाले २०६४ साल र २०७० सालको संबीधान सभा र २०७४ र २०७९ सालको प्रतिनिधी सभाको सांसदमा गरि पार्टीको तर्फ बाट चारपटक उमेद्धार दिनुभएको एक अनुभवी र कुसल राजनितीज्ञ हुनुहुन्छ ।

थापा राजनितीज्ञमा मात्र सिमित हुनुहुन्न । उहाँ नेपाल मगर संघ तनहुँ जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष ,जनजाति महासंघ तनहुँका उपाध्यक्ष , रेनुगाई र विभिन्न सामाजिक संघसंस्थामा समेत काम गरेर अनुभव बटुल्न सफल थापा मगर नेपाल मगर बौद्ध सेवा समाज तनहुँको संस्थापक अध्यक्ष भईसक्नु भएको एक अनुभवी र पाको समाजसेवी हुन । नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको मिति २०८१ फागुन १९ गते पोखरामा भएको पाँचौ महाधिवेशन बाट श्री थापालाई सर्वसम्मतीले केन्द्रीय अध्यक्षमा चयन गरेको थियो ।


संघका निवर्तमान अध्यक्ष हुम बहादुर पचभैया थापा मगरले लेखेकाे पाँचौ महाधिवेशनको प्रतिवेदनमा संस्थाको उद्देश्य प्राप्तिका लागि गरिने कार्यहरू : यस संघको उद्देश्य प्राप्त गर्न प्रचलित कानुनको अधिनमा रही सम्बन्धित निकायबाट अनुमति प्राप्त गरी देहायका कामहरू गर्नेछ । (१) संघलाई आवश्यक पर्ने जग्गा खरिद गरि भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ र कम्प्युटर, टेलिफोन, फोटोकपी, फ्याक्स मेसिन जस्ता कार्यालयका लागि आवश्यक सामान तथा सवारीसाधन खरिद गर्ने छ वा भाडामा लिई प्रयोग गर्नेछ । भन्ने शब्दले आफुलाई मनमा छुएको र प्रेरणा मिलेकोले जग्गादान दिएको अध्यक्ष थापाले राज्यसत्तालाई खुसि प्रकट गरे ।

साथै , २०८१ साल लुम्बिनीमा भएको १२५० जनाको एकमहिने मगर कुलपुत्र दुर्लभ प्रबज्यामा विभिन्न बौद्ध धर्मगुरु हरुबाट धर्मादेशना ,दानकोबारेमा राम्रो ज्ञान प्राप्त गरेका अध्यक्ष थापाले भन्नुहुन्छ मरेर जादा जिवनमा आफुले गरेको फल वा कर्ममात्र लिएर जाने हो , धनसम्पती र आफन्ता त सबै यहि छोडेर जानेनै हो ।

धर्मका मालिक भगवान बुद्धका अग्रश्रावक अर्थात बुद्धधर्मका सेनापति सारीपुत्रले आफ्रनो करिब २०० किलो मिटर जग्गा बिज्ञापन र झ्याली पिटेरै दान गरि रीसिभेष धारणगरि बुद्धशाशनमा गएर भगवान बुद्धको अग्रश्रावक अर्थात बुद्धधर्मका सेनापति बन्नु भएको जातक कथा समेत थापाले सुनाए ।

हाल थापा मगर श्रीमती बिष्णु माया किजिम मगर ,एक मात्र छोरा रविन किजिम मगर र एक छोरी रत्ना देवी किजिम राना मगरको साथमा सत्रसयफाँट , आँबुखैरेनीमा बस्दै आउनु भएकोछ । उमेरले ७५ बर्ष काटेपनि २५ बर्षे जवानिले भरिपूर्ण देखिने यो उमेर सम्म पनि कुनै औषधी नलिएको र ज्यान तितेपातीले नुहाएर बिहान दैनिक बुद्धपुजा र कुलपृत्रीलाई पुजा गर्ने अध्यक्ष थापा बताउँनु हुन्छ ।

( हुम पचभैया नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघका निवतर्मान केन्द्रीय अध्यक्ष हुन )

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *