बुटवल, ५ कात्तिक
राजधानी बाहिर आयोजना हुने सर्वाधिक पुरस्कारको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु हँुदैछ । रूपन्देही जिल्ला फुटबल सङ्घको आयोजना र बुटवल नगरपालिकाको सहयोगमा यही कात्तिक १६ गतेसम्म जारी रहने प्रतियोगिताअन्तर्गत आजको खेल आयोजक रुपन्देही–११ र पोखराको सहारा क्लबबीच हुनेछ ।प्रतियोगितामा नेपालका ‘ए डिभिजन’ का सात, आयोजकसहित राजधानीबाहिरका तीन, बङ्गलादेशका फुटवल क्लब र एन्फा यु–१९ गरी १२ टोली भिड्नेछन् ।
प्रतियोगितामा प्रथम हासिल गर्नेलाई एक लाख ५५ हजार पाँच सय ५५ नगदका साथै सिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी, उपविजेता टोलीलाई ७७ हजार सात सय ७७ नगद, सिल्ड तथा प्रमाणपत्र दिइने रुपन्देही फुटबल सङ्घका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार पाँच सय ५५ रुपैयाँ, सर्वाधिक गोल गर्नेलाई पाँच हजार पाँच सय ५५ र उत्कृष्ट गोलरक्षकलाई पनि पाँच हजार पाँच सय ५५ प्रदान गरिनेछ ।
रासस