आफै झाक्री र आँफै बोक्सीको रोल निर्वाह गरिरहेका बिस्वोका सम्पन्न राष्ट्र हरू मध्य बेलायत एकातिर मानव अधिकारको बिगुल फुग्दै हिडिरहेको छ भने अर्को तर्फ मानव अधिकारको आधारभुत चरित्र नै धवस्त पार्न पछि परेको छैन् जसरी नेपालमा बिबिध क्रान्ति को नाममा र पछिल्लो पटक माओवादीको कथित जनयुध्हको नाममा गरीब निमुखा आदिवासी जनजातिलाई जबर्जस्ती भर्ती गर्ने,८, १० कक्षामा पढ्ने गरेका कलिला युबाहरूलाई जबर्जस्ती गर्ने नमाने खण्डमा भौतिक कारबाही गर्ने जस्ता दुस्कार्यदेखि त्रसित आमा बाबुहरूले बाल बच्चालाई अन्यत्र लुकाउनु परेको तितो यथार्थ हामि सामु छदै छ । करिब २००,००० गोर्खाली हरूले दुई बिस्व युध्ह लडेको ईतिहास छ करिब ४३००० गोर्खाली हरूले यी बिस्वो युधमा ज्यान गुमाए । अत्यन्त इमान्दार, बहादुरी का साथ् बेलायती सेनामा रहि हङ्कङ,मलेसिया ,फल्क्ल्यान्द ,कोसोवो लगायत अहिले इराक र अफ्गानिस्थान मा सेवारत सन्सारमै बहादुरीको नमुना यी गोर्खाली हरू लाई बेलायतको सर्बोछ युद्ध पदकको योग्य हुन पनि सन १९११ पछि मात्र दियियो , २६ विक्तोरिया क्रस्स मध्य १३ वटा त गोर्खाली ले मात्र प्राप्त गरेका छन् ।
चजिन्द्र राना मगर, बेलायत
बेलायती रक्षा मन्त्रालयको रक्षा खर्च कटौती नितिअनुरुप रक्षा बजेट कटौटी गर्न रोयल एयर फोर्स ,रोयल नेभी र सेना बाट सन २०२० सम्म करिब १००,००० बाट ८२,००० संख्यामा झार्ने घोषणा गरेको छ जस बापत करिब ३८ बिलियन पाउन्ड रक्षा बजेट घट्ने जनाएको छ,दोश्रो चरणको कटौतिमा ४,२०० जनाले अवकास पाउने छन् जस्मा २,९०० सैनिक ले अवकास प्राप्त गर्ने छन् र करिब ४०० गोर्खालीको जागिर गुम्ने छ ।गत बर्षको प्राम्भिक चरन्मा १४० गोर्खालीले अवकास प्राप्त गर्ने घोषणा गरेको थियो ।
३,५०० गोर्खालीमा यत्तीको संख्यामा कटौतिमा पर्नु अन्याय पूर्ण रहेको गोर्खा हरूको गुनासो रहेको छ जबकी दसौ हजारको संख्यामा रहेका बेलायती सैनिक्मा करिब ५०० मात्र कतौती हुँदै छ , एका तीर यी गोर्खा सैनिक हरू को समान पेन्सन ,समान अधिकार लगायत्का माग हरू राखी आन्दोलन गरिराखेका छन् भने अर्को तर्फ बेलायती सरकारले गोर्खालीको सैनिक संख्यामा बर्शेनी कटौती गर्दै लगि राखेको छ । करिब दुइसय बर्ष देखि इमान्दारी र बहादुरिका साथ बेलायतको लागि लड्दै आइरहेका यी गोर्खा हरूलाई भेदभाद पूर्ण व्यवहार प्राम्भदेखी नै हुँदै आइरहेको सबैलाई सर्बबिदित नै छ । सन् १८१५मा ब्रिटिशको इस्ट ईन्डिया कम्पनी र नेपाल् बिच् भीषण युद्ध्ह पछि सुगौली सन्धी भए पस्चात गोर्खाली हरूको बहादुरी र युद्धकौशलबाट प्रभाबित भई ब्रिटिश सेनामा भर्ती हुने परम्पराको सुरुवात भयो तत्पस्चात १९४७ मा भारत बेलायती साम्रज्यबाट स्वोतन्त्र भएपस्चात बेलायत ,नेपाल र भारत बिच् ट्री पक्षिय सम्झौता भयो फल स्वोरुप गोर्खाली हरू भारत र बेलायती सेनामा बिभाजित भई अहिले सम्म सेवारत छन् ।
करिब २००,००० गोर्खाली हरूले दुई बिस्व युध्ह लडेको ईतिहास छ करिब ४३००० गोर्खाली हरूले यी बिस्वो युधमा ज्यान गुमाए । अत्यन्त इमान्दार ,बहादुरी का साथ् बेलायती सेनामा रहि हङ्कङ ,मलेसिया ,फल्क्ल्यान्द ,कोसोवो लगायत अहिले इराक र अफ्गानिस्थान मा सेवारत सन्सारमै बहादुरीको नमुना यी गोर्खाली हरू लाई बेलायतको सर्बोछ युद्ध पदकको योग्य हुन पनि सन १९११ पछि मात्र दियियो , २६ विक्तोरिया क्रस्स मध्य १३ वटा त गोर्खाली ले मात्र प्राप्त गरेका छन् पछिल्लो समयमा अफ्गानिस्थानको युध्हमा बहादुरिता देखायेबापत कान्स्पिक्युस ग्यालन्त्री क्रोस्स पदक दिप प्रसाद जुग्जाली मगरले प्राप्त गर्नु बेलायती सेनामा गोर्खालीको बफादारी र बहादुरीको मुल्याङ्कन गरि रहनु नपर्ला । यसरी बेलायतका लागि दुई सय बर्ष देखि बिश्वो युद्ध लगायत बिबिध युद्ध हरुमा लदाई जिताइ दिदै आएको गोर्खाली दोश्रो बिस्वो युध्ह मा करिब ११२,००० रहेको मा व्यापक कतौती गर्दै अहिले ३,५०० मा झारेको छ। अहिले रोयल गोर्खा राइफल मा जम्मा दुई बतालियन रहेको छ जस अन्तर्गत एक बतालियन ब्रुनैइ र एक बतालियन सन्क्लिफ्फ केन्ट यु के मा रहेको छ । गोर्खाली माथी हुँदै आएको आर्थिक ,सामाजिक ,नैतिक भेद्भावको अहिले गोर्खाली हरूले आन्दोलन गर्दै आइरहेका छन् जस्को फल्स्वोरुप गोर्खाली हरूले बेलायतमा बस्न पाउने सुबिधा लगायत बिबिध सुबिधा प्राप्त गर्न सफल रहे पनि समान पेन्सन,गोर्खा माथी भएको असमान व्यबहार लगायत्का माग हरू प्रति आन्दोलनरत् छन्।
आफै झाक्री र आँफै बोक्सीको रोल निर्वाह गरिरहेका बिस्वोका सम्पन्न राष्ट्र हरू मध्य बेलायत एकातिर मानव अधिकारको बिगुल फुग्दै हिडिरहेको छ भने अर्को तर्फ मानव अधिकारको आधारभुत चरित्र नै धवस्त पार्न पछि परेको छैन् जसरी नेपालमा बिबिध क्रान्ति को नाममा र पछिल्लो पटक माओवादीको कथित जनयुध्हको नाममा गरीब निमुखा आदिवासी जनजातिलाई जबर्जस्ती भर्ती गर्ने,८, १० कक्षामा पढ्ने गरेका कलिला युबाहरूलाई जबर्जस्ती गर्ने नमाने खण्डमा भौतिक कारबाही गर्ने जस्ता दुस्कार्य देखि त्रसित आमा बाबुहरूले बाल बच्चालाई अन्यत्र लुकाउनु परेको तितो यथार्थ हामि सामु छदै छ,शान्ती सम्झौता पस्चात ती आदिवासी जनजाति दलित हरू लाई अयोग्य घोसित गरि घर न घात् को पारियेको छ ठीक त्यसरी नै प्रथम र दिर्तिय बिस्वो युध्ह ताका पनि तत्कालिन नेपाल् का स्वार्थी शाशक र बेलायत बिच् भएको घ्रिनित आदिवासी जनजाति मास्ने सम्झौता अनुरुप(भाडाका सिपाहीको रुपमा )खेतला गएका ,गोठालो बसेको युबाहरूलाई जबर्जस्ती भर्ती गरेर युध्ह मा होमिन लागाइएको थियो त्यस्ताका पनि तत्कालिन शाशाक हरूको डरले आफ्ना सन्तान हरूलाई लुकाउनु परेको थियो ।
युध्ह सकिनासाथ् धेरै गोर्खाली हरू खाली खुट्टा फर्काइए भने कति अलपत्र अवस्थामा छोदिए जस्को लेखा जोखा नत बेलायत सँग छ नत नेपाल् सरकार सँग ,कत्ती अपाङ्ग शरीर मात्र लियेर फर्के । यसरी विवेध खेप्दै आएका गोर्खालीले समान अधिकारको माग राख्दै आइ राखेका छन् गोर्खाली आन्दोलनको जायेज माग प्रति नतमस्त्क भई अत्यन्त बाध्यात्मक प्रिस्थितीबनाई २१ मे २००९ मा १९९७ भन्दा अघि अवकास प्राप्त गोर्खा हरूलाई आवासिय सुबिधा दियेको थियो फल्स्वोरुप धेरै गोर्खाली हरू र तिन्का सन्तान बेलायत बसो बास गरि राखेका छन् वास्तव्मा गोर्खाली को माग आवासिय सुबिधामा केन्द्रित नभैइ समान अधिकार ,समान पेन्सन ,समान व्यबहार ,समान तलब ,मानसिक ,शाररिक शोशन को छतिपुर्तीको बिरुद्ध मा थियो तर बेलायतले केही सुबिधाको दिनेनाममा त्यो पनि बेलायत मा नबसी नपाइने कारण ले गर्दा हजारौं गोर्खाली र तिन्का सन्तान बेलायतमा छन् ।
अहिले यी गोर्खाली हरू गैर आवसिय नेपालीको दर्जामा परिणत हुँदै छन् ,गैर आवसिय नेपालीको परिभाशा अनुसार नेपाली मुलको बिदेशि नागरिक(कुनै व्यक्ति साबिक्मा स्व्यम वा निजको बाबु ,आमा, बाजे वा नेपालको नागरिक रहि पछि दक्षिण एसियाली सहयोग संगठन ,सार्क को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको लिएको व्यक्तिलाई जनाउदछ )वा बिदेश्मा बस्ने नेपालि नागरिक , चालु अर्थिक बर्षमा १८२ दिन भन्दा बढी दक्षिण एसियाली सहयोग संगठन अन्तर्गतका मुलुकहरू बाहेकका अन्य देश् हरुमा अध्ययन ,पेशा ,रोज्गारी वा व्यवसाय गरि बसो बास गर्ने नेपाली नागरिकलाई जनाउदछ । सोही परिभाशाको आधारमा गोर्खाली हरूलाई पनि गैर आवासिय नेपाली भित्र राख्न खोजेको देखिन्छ तर गोर्खाली हरू नेपाल र बेलायत बिच् साझेदारिमा नेपालबात बिदेस्मा खतियी कुतनैतीक नियोग वा महाबनिज्य दुतमा बहाल रहेको नेपाली नागरिक सरह हुन भन्दा फरक पर्दैन। सम्झौता पत्रमा पनि गोर्खा हरूको कार्य्काल सम्म नेपाली नै रहने उल्लेख छ।
बैदेसिक रोजगारी वा बिभिन्न बहानामा बिदेश छिरी बिदेशि नागरिकता लियी सकेका वा लिन इछुक हरूको सँग गोर्खालीहरूलाई कुनै हालतमा पनि एकै रुपले हेर्न नमील्ने गोर्खाहरू बताउछन,एन आर एन र गोर्खा हरूको संघ संस्थाबिच धेरै अन्तर रहेको छ ,गोर्खाली हरूको सँग संस्था विसुद्द सामाजिक संस्था हो जो गोर्खाली हरूको हक अधिकारको लागि लडी राखेको छ,भने एन आर एन खाशै भन्ने हो भने व्यापारी हरूको संघ संस्था वा त्यहि प्रिस्थभुमिका व्यक्ति हरूको जमघत हुने संस्था हो भन्दा अतियुक्ती नहोला र त्यहि व्यापारिक उदस्य वा नेपालका एमाले ,काङ्रेस्स ,माओबादी जस्ता राजनैतीक पार्टीहरू सँग साथ् गाथ राख्ने हरूको पहल्मा सन्चालित संस्था जस्तै देखिन्छ जुन कुराको पुस्ती भर्खरै सकिएको एन आर एन बिस्वो सम्मेल्नको गतिबिधीले गरिदियेको छ,यदी त्यसो नहुदो हो त गोर्खाली हरूको आन्दोलन्मा एन आर एन को ठुलो समर्थन हुनु पर्ने हो तर त्यसो देखि दैन गोर्खाली हरूलाई भर्याङ् बनाउन खोजियेको भने पक्कै देखिन्छ त्यसकारण एन आर एन को दायेरा भन्दा फरक रहेकाले पनि गोर्खाहरूको आफ्नो हक अधिकारको सवाल्मा निक्कै फरक ढंगले गोर्खा संघ संस्थाहरू अगाडी बढ्नु परेको छ र बढी रहेका छन् । दोहोरो नागरिकताको बिषयमा पनि गोर्खाहरूलाई नेपाल सरकारबाट बिनाभेदभाव दोहोरो नागरिकताको को व्यवस्था गर्नु पर्ने हो त्यो हुन सकेको छैन् त्यसकारण कसैको लहलहैमा नलागी गोर्खाहरू एकजुट भै अगाडि बढे आफ्नो अधिकार प्राप्त गर्न कुनै कथिनाई नभएकोले सचेत भई निरन्तर लाग्नु पर्ने तर अरुको पछाडि लागि अधिकार पाउने कुरामा निस्चिन्त हुन नसक्ने गोर्खा अगुवा हरू बताउछन।
बेलायत सरकारले गोर्खा हरुमाथी चरम आर्थिक,मानसिक शोषन र दमन को निति लिदै आइरहेको छर्लङ छ भने नेपाल सरकार ती गोर्खा हरूको परिश्रम को सहुलियत बर्सौ देखि थाप्दै आइरहेको छ भने उनिहरुको नर्सर्गिक अधिकार माथी भने एक शब्द बोलेको छैन् ,झन उल्टै गोर्खा हरूलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गर्दै आइरहेको छ। यता बेलायत सरकार गोर्खा हरूको रोज्गारी खोस्दै छ भने उता नेपाल् सरकार समक्छ पनि विविध दलहरूले बैकल्पिक रोजगारीको कुनै पुर्वाधार नै नबनाई गोर्खा भर्ती केन्द्र बन्द गर्ने प्रस्ताब् अघी सारिदै छ तर बैदेशिक रोजगारीको लागि कतार ,अरब , दुबइ जस्ता देशमा भने केही बोलेको छैन् जबकी आर्थिक ,सुबिधाको हिसाबले बेलायती सेनाको रोजगारी सम्पन्न मानिन्छ । यसरी सदियौ देखि बिबेध खेप्दै आएका गोर्खालीहरू माथी को भेद भाव नेपाल र बेलायत सरकारले तुरुन्त बन्द गर्नु पर्दछ ,गोर्खा र तिन्का सन्तान लाई नेपाल सरकारले तुरुन्त दोहोरो नागरिकता व्यवस्ता गरि बिना रोकतोक दुई देशमा सम्मान पुर्वक बस्न पाउनु पर्ने अधिकार सुनिस्चित हुनु पर्ने माग गोर्खा हरूले राख्दै आएका छन् ।