जनजातिहरू प्राज्ञीक र श्राष्टा नबन्दा सम्म सत्तामा पुग्दैनन् -कुलपति भुपाल राई

Read Time:5 Minute, 36 Second

गायत्री राना मगर

काठमाडौ २०८२ पौष १४ गते सोमबार ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई ज्युले प्राज्ञीक सत्तामा नपुगेसम्म नेपालमा रहेका आदिवासी तथा पिछडिएका समुदायका बिशिस्ट श्राष्टा हरुपनी ओझेलमा नै पर्ने भन्दै साहित्य तथा लेखन प्राज्ञीक बहस हुनुपर्ने भन्नुभयो ।


बहुप्रतिभाशाली ब्यक्तित्व मास्टर मित्रसेन सिन्जालि थापा मगर को १३१ औ जन्मजयन्ती तथा स्मारिका २०८२ बिमोचन कार्यक्रम सम्पन्न भएके छ । मास्टर मित्रसेन स्मृति प्रतिस्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली लोक सास्कृतिक चेतनाका अग्रदुत गायक संगीतकार साहित्यकार तथा बहुप्रतिभाशालि ब्याक्तित्व मास्टर मित्रसेन सिजाली थापा मगरको १३१ औ जन्मजयन्ति एवं मास्टर मित्रसेन थापा मगर स्मारिका २०८२ बिमोचन कार्यक्रम आज २९ डिसेम्बर नेपाल प्रज्ञा प्रतिष्ठानको देबकोटा हलमा सम्पन्न भएको हो ।

आदिबासी जनजाति आयोगका अध्यक्ष माननीय श्री राम बहादुर मगर ज्युको प्रमुख आतिथ्यमा, नेपाल प्रज्ञा प्रतिष्ठान का कुलपति श्री भुपाल राई ज्युको अतिथि र मास्टर मित्रसेन स्मृति प्रतिष्ठान का अध्यक्ष गौ बहादुर आले ज्युको सभापतित्वमा बिबिध चर्चा परिचर्चा गरि श्रद्धा सम्मान, स्मरणका साथ सब्य र भब्यताका साथ सम्पन्न भयो ।


सन १८९५ डिसेम्बर २९ मा हिमान्चल प्रदेश भाग्सु धर्मशाला धाराखोलामा जन्मनु भएका मित्रसेन को पुर्खौली थाकथलो नेपालके बागलंग जिल्लामा पर्छ । नेपाली लोकगीत,साहित्य लाई आधुनिक चेतना सग जोड्ने प्रथम ब्याक्तित्व हरु मध्य एक हुनुहुन्थ्यो। उहाले नेपाली समाज सस्कृती,देश भक्ति,सामाजिक चेतना र मानबिय संबेदनालाई आफ्नो सिर्जनामा अत्यन्त सरल तर गहिरो भाब सहित प्रस्तुत गर्नु भएको छ ।


मित्रसेन केबल गायक मात्र नभई उत्कृष्ट सगीतकार,गीतकार,कवि,कथाकार,निबन्धकार तथा नाटककार पनि हुनुहुन्थ्यो।उहाका गीतहरूमा नेपालीपन,माटोको सुगन्ध,जनजीवनका पीडा र आशा स्पष्ट रूपमा अभिब्यक्त भएका छन। लाहुरेको रेलिमाई जस्ता कालजयी गीतहरु आज पनि नेपाली जनमनमा उत्तिकै जिवन्त छन । उहाले नेपाली लोक धुनलाई अभिलेखिकरण गर्दै ग्रामीण भेगका भावना लाई नेपाली रास्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण योगदान दिनु भयके छ । त्यतिबेला प्रबिधि र अबसर सिमित हुदाहुदै पनि उहाको सिर्जनात्मक साहस समर्पणले नेपाली संगीतको इतिहासमा अमित छाप छोडेको छ ।

१३१ औ जन्मजयन्तीको अबसरमा आयोजित कार्यक्रममा उहाको योगदान माथी चर्चा,श्रदान्जली अर्पण साथै नया पुस्ता लाई उहाका कृति बिचार सग जोड्ने उदेश्य बिचार व्यक्त गरियो । प्राज्ञ डा.कौशिला रिसल ज्युले स्मारिका समिक्षा गनु भएको थियो । साथै , अतिथिहरु कबिता आले,त्रिलाेक सिं थापा मगर ,यम थापा,प्रकाश प्रसाद उपाध्यय,बिक्रम पाणे,गगा थापा,धन कुवर र प्रमुख अतिथी माननीय राम बहादुर थापा ज्युले मास्टर सेनको अध्यन बहसमा जोड दिनु भयो। मास्टर मित्रसेन जीवन र कृतित्व नेपाली साहित्य,संगीत र सस्कृतिको साझा धरोहर हो । उहाको योगदान सधै स्मरणीय रहने छ । नेपालको कला सस्कृतिको उज्यालो यात्रामा प्रेरणा को दीप बनेर रहिरहने छ । अन्तमा सभापतिको मन्तव्य संगै सबैलाई धन्यवाद दिदै कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको जनकारी गराउदै समापन गरियो । कार्यक्रम सन्चालन सचिब अमला थापा ज्युले र स्वागत मन्तव्य उपाध्यक्ष गायत्री राना मगरले गर्नु भएको थियो। कार्यक्रम मा साहित्यकार,गीतकार,विभिन्न संघ सस्था का प्रतिनिधि,बुद्धिजीवी हरुको उत्साहपुर्ण उपस्थिति थियो।
(गायत्री राना मगर मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका उपाध्यक्ष हुन )

6 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %