-पूर्ण बहादुर राना
राजनीति भनेको त (राज+नीति) अर्थात शासन गर्ने नीति वा नियम हाे । राजनीतिले मानव सिर्जित र निर्मित अन्याय, अत्याचार, असमानता र विभेदलाई अन्त्य गर्छ ।
नेपालमा ओलि, देउवा, दाहाल र भट्टराईहरूले असलि राजनीति गरेका छन् । र त उनिहरूले बहुजातीय मुलुकमा एकल जातीय सर्वाेच्चता, नेपाली खसभाषाकाे सर्वाेच्चता, दाैरासुरूवालकाे सर्वाेच्चता, राज्यसत्तामा खस आर्य अझ दाहाल, पाैडेल र ओलि थरकाे सर्वाेच्चता कायम गरिरहन सफल भएका छन् ।
राजनीति गर्नेहरू कति सचेत हुन्छन् । काेईरालाले दाहाललाई दाेष दिने र तथानाम गालि गर्ने । दाहालले ओलिलाई दाेष दिने र तथानाम गालि गर्ने । ओलिले दाहाललाई दाेषदिने र तथानाम गालि गर्ने नाटक मञ्चन गरे । अनि पहिलो संविधानसभा-२०६४ भंग गरे ।
पहिलाे संविधानसभा-२०६४ ले बहुजातीय मुलुकमा बहुजातीय सर्वाेच्चता, बहुधार्मिक सर्वाेच्चता, बहुभाषिक सर्वाेच्चता, बहुसाँस्कृति सर्वाेच्चता कायम गर्ने, सबै जातिको पहिचान स्थापित गर्ने सभासदहरूकाे बहुमत थियाे । माओवादी, काङ्ग्रेस र एमालेले चाहेकाे भए सुभाष नेम्बाङलाई हाउस कल गराउन सक्थे र समतामूलक संविधान निर्माण गरि घाेषणा गर्न सक्र्थे । यदि काङ्ग्रेस र एमालेले समतामूलक संविधान(Equity-oriented Constitution) निर्माण गर्न नचाहेकाे र माओवादीले मात्रै चाहेकाे थियाे भने माओवादीले उपसभामुख ओन्सरि घर्तीलाई हाउसकल गराउन लगाउँथे र समतामूलक संविधान निर्माण गरि घाेषणा गर्ने थिए । तर त्यसाे गरेनन् । किनकि माओवादी, काङ्ग्रेस र एमाले शिर्ष नेताले त्यसाे गर्न चाहेनन् ।
बरू न्यायलय र प्रशासन लागेर पहिलाे संविधानसभा भंग गरेरै छाडे । तपाईंहरूलाई स्मरण छ त्यतिबेला न्यायलय प्रमुख खिलराज रेग्मी र सरकार प्रमुख बाबुराम भट्टराई थिए ।
अझ राेचक कुरा त त्यतिबेला संविधानसभा भंग गर्न संवैधानिक अधिकार नेपालकाे अन्तरिम संविधान, २०६३ काे प्रस्तावनमा त के कुनै धारा र उपधारामा उल्लेख थिएन । तर उनिहरूले रातारात संविधानसभा भंग गरिछाडे ।
तर भातनीति गर्नेहरूले ओलिले दाहाललाई भाषणमा गालि गरेको सुन्दा तालि पिटे । अझ कतै मान्छे पिटे । दाहालले ओलिलाई गालि गरेकाे सुन्दा तालि र मान्छे पिटे । काेईरालाले दाहाल र ओलिलाई आमसभामा भाषण गरेकाे सुन्दा तालि पिटे । कतै मान्छे पिटे ।
भातनीति भनेकाे भातै खानकाे लागि मरिहत्ते गर्नु हाे ।
काङ्ग्रेस , एमाले र माओवादीमा लाग्ने, ठेक्कापट्टा हात पार्ने, कतै राजनीतिक नियुक्ति पाउने, कमिसन खाने, भ्रष्टाचार गर्ने, जागिरमा घुस्ने र प्रमाेशन हुने र भातै खाने भन्दा यिनिहरूका ठूला सपना केही छैन । बरू आफ्नो देश र समुदाय भाडमा जाओस । तर आफुले भात खान पाओस भन्ने लक्ष्य यिनिहरूमा हुन्छ ।
यस्ताहरूले अझ हामी जनमुक्तियनहरूलाई ज्ञानगुनकाे कुरा सिकाउँछन् । लाजकाे पसाराे ।
