पूर्णे मेलामा दुई वामको वाक भीडन्त हुने

Read Time:1 Minute, 24 Second

अर्घाखाँची ५ कात्तिक
धार्मिक तथा ऐतिहासिक महत्वको अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल अर्घा गाउँ विकास समितिको अर्घा भगवती मन्दिरमा भोलि पूर्णिमा मेला लाग्ने भएको छ । यो वर्ष दुई दिन पूर्णिमा परेकाले मेला भोलिमात्र आयोजना गर्ने निर्णय भएको अर्घा भगवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मेलामा सराये नाचलगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ ।

    मेलाको अवसर पारेर एकीकृत नेकपा (माओवादी) ले भोलि नै अर्घाको मसुरपाटामा  विशाल जनसभा तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । जनसभालाई माओवादीका महासचिव रामबहादुर थापा, स्थायी समिति सदस्य टोपबहादुर रायमाझीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको उक्त पार्टीले जनाएको छ ।    
त्यसैगरी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमोर्चा (नेपाल) ले पनि भोलि नै अर्घामा छुट्टाछुट्टै कार्यक्रम गर्ने घोषणा गरेकोछ ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %