एनेकपा माओवार्दी हङकङका सचिव जेबी ओख्राबुको प्रमुख आतिथ्य र संस्थाको अध्यक्ष विष्णुकुमार गुरुङको अध्यक्षतामा ‘नव वर्ष २०१२ को शुभ अवसरमा शुभ-कामना आदान-प्रदान साथै प्रशिक्षणत्मक आन्तरिक वहश कार्यक्रम’ को ब्यानर राखेर माओवादी पार्टीको सामाजिक संस्थाको रुपमा रहेको ‘नेपाली जनसरोकार समाज हङकङ’ ले सम्पन्न गरेको छ । उक्त कार्यक्रम संस्थाको सचिव किशोर महराले संचालन गरेका थिए भने सह-सचिव राजु गुरुङले स्वागत मन्तब्य दिएका थिए ।
तीन चरणमा विभाजन गरिएको कार्यक्रमको पहिलो चरणमा माओवादी पार्टीको जातीय राजनीति मोर्चाहरु ः लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति, हङकङ किरात राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति, हङकङ मगर राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङ तमु राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङका अध्यक्ष तथा प्रतिनिधिहरुले नव वर्ष २०१२ तथा माघे सक्रान्तिको शुभ-कामना सहित आ-आपुनो मन्तब्य राखेका थिए ।
क्रान्ति भनेको के हो ? कार्यक्रममा सहभागी रविन लिम्बुलाई गोला प्रथाारा परेको प्रश्न थियो र जवाफमा छोटो समयमा सवै कुरा भन्न नसकिने भन्दै छोटकारीमा सामाजिक तथा राजनितिक परिवर्तन गर्नु नै क्रान्ति हो भनेका थिए । त्यस्तैगरि माक्सवाद भनेको के हो ? विस्तारवाद के लाइ भनिन्छ ? अर्ध उपनिवेश भनेको के हो ? सामन्तवाद कस्तो हो ? जस्ता सयौं प्रश्नहरु दोश्रो चरणको कार्यक्रममा आमन्त्रण गरिएको सवैलाई गोला प्रथाारा प्रश्न तान्न लगाइ उत्तर भन्न लगाइको थियो । प्रश्नको उत्तर दिन नसकेमा संश्लेषणकर्ता सोहि संगठनका महासचिव जिमि हाङखिम र संगठित सदस्य राई चन्द्र दुमिले दिएका थिए ।
तेश्रो चरणको कार्यक्रममा आयोजकले तयार पारेको शिर्षक अन्तर्गत ‘संगठनिक पति र कार्य शैलि’ को वारेमा कार्यक्रमा प्रमुख अतिथि जेबी ओख्राबुले विचार राख्ने क्रममा १ जनवरी १०१२ मा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समितिको कार्यक्रममा महावाणिज्य दुतलाइ १३ आंै स्थानमा आसन ग्रहण गराइएको स्मरण गर्दै राजनितिक रुपमा काम गरिरहेको संस्थाहरुले राजनितिकर्मीहरु अगाडि र त्यसपछि मात्र अन्यको स्थान रहनु पर्नेमा जोड दिएका थिए भने सचिवालय सदस्य रामकुमार राईले अनुशासन सम्बन्धि र अध्यक्ष गुरुङले संगठनको वारेमा आपुनो कुरा राख्दै कार्यक्रम समापन गरेका थिए ।
रविन लिङदेन, हङकङ