महेन्द्रनगर ५ कात्तिक
बलात्कारको अभियोगमा सशस्त्र प्रहरी बलका वरिष्ठ हबलदार गङ्गाबहादुर चन्द पक्राउ परेका छन् । बैतडीको दुर्गास्थान गाउँ विकास समिति–२ निवासी सशस्त्र सीमा सुरक्षा बलमा दरबन्दी भएका चन्दलाई पीडित महिलाको उजुरीका आधारमा प्रहरी हिरासतमा लिइएको हो ।
अभियुक्त चन्दलाई हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरी उपरीक्षक पवनप्रसाद खरेलले बताए ।
रासस