थर्क राना मगर
लण्डन , कार्तीक ८ – नेपालकाे पुन निर्माणको निमित्त बेलायतमा “चारिटी डिनर नाइट” धुमधामका साथ गर्ने भएकाेछ। बंशजको नेपाली नागरिक्ता निरन्तरता बेलायत (CNCBG-UK )ले यही आउने अक्टोबर २६, आइतबारको दिन Empire Hall, Aldershot मा “Grand Charity Dinner Night” को आयोजना गर्न गइरहेको छ ।

उक्त Dinner Night को मुख्य उदेश्य गत भदौमा २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा क्षतिग्रष्त हुन पुगेका राष्ट्रिय भौतिक संरचनाहरूको पुनरसंचना साथै गोर्खा र निजका सन्तानहरूका वंशजको नेपाली नागरिकता निरन्तरता अभियानको निम्ति सहयोग जुटाउनु हो ।

अहिले हाम्रो सम्पूर्ण तयारी फाइनल स्टेजमा छ भने बिभिम्न संघ संस्थाहरू र ब्याक्ती विशेष बाट टेवल बुकिङ गर्ने काम भइरहेको सिएन्सिबिजी युकेका अध्यक्ष थर्क रानाले राज्यसत्त लाइ जानाकारी गराउनु भयाे । यो च्यारिटी डिनर नाइट नेपालको भौतिक पुनर्संरचनाको निम्ति भएको हुनाले नेपाल दुतावास लण्डनबाट दोस्रो सेक्रेटरी सन्जोग राईज्यू लगायतले प्रतिनिधित्व गर्नुहुने छ ।

उक्त दिन आफन्तहरूसँग अल्डरसट (नेपालिहरुको गढ) बजारकाे बिचमा रहेकाे Empire Hall, Aldershot मा घुमघाम कासाथ मनाउने कार्यक्रम रहेकोछ । उक्त दिन कार्यक्रमको मुख्य आकर्षण नेपालका चर्चित गायिका कामना ओली र नृत्यङ्गना अश्मिता पुरीका साथसाथै स्थानीय कलाकारहरू नित्य दिपक माइथाने र बयोबृद्ध चर्चिच गायक क्याप्टेन बिर बहादुर गाहा थापा मगरकाे समेत धमेकदार संगीत र नृत्य प्रस्तुतमा रमाउन पाउनु हुनेछ । यदि कसैले उपस्थित हुन वा सहयोग गर्न चाहानुहुन्छ भने अझैपनि समय रहेकाे र रजिष्ट्रेशन फर्म खुलै राखिएको थर्क रानाले जानकारी गराउनु भयाे ।
यो अति महत्वपूर्ण च्यारिटी नाइट्मा याहाहरु संङ्ग प्रतेक्ष भेटी सहयोग संकलन गर्नुको अतिरिक्त,देशमा संकट परेकोबेला हाम्रो भुमिका कस्तो रहने साथै , हाम्रा साझा समस्या सुल्झाउन कस्तो नीति अवलम्बन गर्ने बारे सौहाद्रपूर्ण बातार्व णमा भलाकुसारी गर्नेअभिलाषा राखिएको छ।
जानाकारीका लागी : 07859884822
(थर्क राना, सिएम: सिएन्सिबिजी बेलायतका अध्यक्ष हुनुहुन्छ )
