अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

Read Time:3 Minute, 24 Second

राज्यसत्ता ,

काठमाडाैं । निजी अस्पतालहरुको छाता संगठन ‘एसोसियसन अफ प्राईभेट हेल्थ ईन्टिच्युसन अफ नेपाल (अफिन) र एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आन्दोलनरत नर्सहरूको तलब स्केल सम्बन्धी विषयमा स्वास्थ्य मन्त्रालयमा आज बसेको कार्यदलको बार्ताका क्रममा आन्दोलनरत पक्षबाट देखाइएको अपमानजनक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका छन् ।

अफिन र नेपालले एक विज्ञप्ति जारी गरि बार्ताका क्रममा आन्दोलनरत पक्षबाट प्रयोग गरिएका अपमानजनक शब्द, अनुचित व्यवहार तथा ‘माफिया’ लेखिएका प्लेकार्डहरूले बार्ताको वातावरण बिगारेको र आपसी विश्वासमा आघात पुयाएको जिकीर गरेका छन् । 

‘बार्ताका क्रममा आन्दोलनरत पक्षबाट प्रयोग गरिएका अपमानजनक शब्द, अनुचित व्यवहार तथा ‘माफिया’ लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको घटनाले बार्ताको वातावरण बिगारेको र आपसी विश्वासमा आघात पुयाएको छ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ । संघहरूले निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सधैं संवाद, सहकार्य र सम्मानका आधारमा समस्या समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मुलकभरका नर्सिङ पेशाकर्मीहरूको योगदानको उच्च सम्मान गरेको जनाएका छन् ।‘नर्सहरूले उठाएका मागहरू प्रति पनि हामी सकारात्मक छौं, तर यस्तो व्यवहारका कारण हामी बार्ताको कक्षबाट निस्किन बाध्य भयौं ।’ विज्ञप्तिमा भनिएकाे छ । 

संघहरूले यस्ता परिस्थितिको जिम्मेवारी राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापनका कारण सिर्जना भएको ठहर गर्दै सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण अप्रिय स्थिति उत्पन्न भएको बताएका छन् । ‘निजी अस्पतालहरू देशभरका बिरामीलाई निरन्तर सेवा दिइरहेका छन् र आगामी दिनमा पनि स्वास्थ्यकर्मी तथा सरकारसँग सहकार्यका माध्यमबाट न्यायोचित समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दछौं । तर, भविष्यमा यस्तो अपमानजनक व्यवहार दोहोरिएमा हामी आफ्नो स्वाभिमान र सदस्य संस्थाहरूको प्रतिष्ठा रक्षा गर्न आवश्यक कदम चाल्न बाध्य हुनेछौं ।’ एसोसियसन अफ प्राईभेट हेल्थ ईन्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष डा. ज्ञानेन्द्रमानसिं कार्की र एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका बरिष्ठ उपाध्यक्षद्वारी जारी विज्ञप्तिमा भनिएकाे छ ।  

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *