-पूर्ण बहादुर राना
एक समयको कुरा हो, एउटा सानो गाउँमा बृद्ध बाकाे एउटी छोरी थिई — नाम थियो जनमुक्ति।
२०४८ सालमा जन्मेकी उनी न त सामान्य बालिका थिइन्, न त रूढिवादी ।
छाेरि विचारमा प्रष्ट थियाे । उनको हृदयमा सबै जात, भाषा, र वर्गका मानिसको समानताको भाव थियो।
साना–ठूला, धनी–गरिब, छुतअछुतका विभाजनमा परेका सबैका लागि उनी बोल्थिन् ।
एक दिन जनमुक्तिले भनिन्;
“बाबा, सबैको आवाज सुनाउनु पर्छ। कसैको अधिकार नहटाओस्।
समानता मात्र हाम्रो मार्ग हो।”
बाबा मुस्कुराए, अनि उनलाई गहना स्वरूप—घर र निलो पृष्ठभूमिमा रातो सूर्य भएको झण्डा—उनीलाई लगाईदिए।
यो झण्डा मात्र झण्डा थिएन; त्यो सिद्धान्तको प्रतीक थियो।
ती जनमुक्तिमा सबै जाति र भाषाकाे समानताको मुद्दा बाेक्ने, सबै जातिकाे मुक्तिकाे कुरा गर्ने । पिंध र फेंदमा परेका, सिमान्तकृत र किनाराकृत र आर्थिक, सामाजिक, लैङ्गकि, क्षेत्रीय र राजनीतिक असमानतालाई हटाएर समानता बनाउनैपर्छ भन्ने दृढ संकल्प थियाे ।
बहिनी असाध्यै अध्ययनशिल भएर राम्रो बिचार प्रतिपादन गरिन् । नाम पनि आफ्नै नाममा”जनमुक्ति विचारधारा” राखिन । उनले सुरूदेखि सबै जाति ठूलासान, छुतअछुत, धनिगरिबलाई समेट्न जातीय समानुपातिक प्रतिनिधित्वको कुरा गर्थिन । समग्रमा उनी सिद्धान्तले पाेख्त थिईन । सुभासिलि थिईन । ती छाेरिले आफ्नाे गहनाकाे रूपमा बाबाले दिएकाे “घर” र “निलाे पृष्ठभूमिमा राताे सुर्य भएको झण्डा” लाई आफ्नो गहना बनाएका थिईन ।
बृद्ध बाबाले छाेरिलाई विगत ३३ वर्ष देखि राष्ट्रिय कपडा लगाएर राखेकाे थियाे । साे केटीले राष्ट्रिय नामक कपडा लगाएकाे देख्दा दुई दाजुभाइ र गाउँका मुखिया भनाउँदाहरू वाक्क दिक्क भए ।
तर दुई दाजु—अध्यक्ष र कार्यकारी अध्यक्ष—जनमुक्तिको विचार भन्दा बढी कपडामा ध्यान दिन थाले।
दाजुहरूले गाउँका मुखियालाई देखाउँदै भने,
“अब ‘राष्ट्रिय’ पुरानो भयो। यो नयाँ ‘नेपाल’ कपडा लगाउँछौँ भने,
गाउँका केटाहरू लाइनमा आएर बहिनीको बिहे गर्छन्।” भन्नेमा ढुक्क थिए । बहिनिको बिहे भएमा,
मासुकाे चाेक्टा, रक्सि र नयाँ दाैरा सुरूवाल
लगाउन पाउँथ्याे भन्ने आसा थियाे दुवै दाजुमा। दुवैले र्याल काढेका थिए । बरू जनमुक्तिकाे आत्मा र मनले चाहेकाे पूरा हाेस नहाेस ।
गाउँले अधिकार पाओस नपाओस । छु मतलब!
जनमुक्ति अचम्ममा परिन्:
“मेरो विचार कहाँ गयो त?
मेरो नाम, मेरो सिद्धान्त, मेरो गहना — सबैले किन मेराे कपडा मात्र देख्न चाहँदैनन्?”
सभा बस्यो। निर्णय भयो—राष्ट्रिय कपडा हटाइयो, नेपाल कपडा लगाइयो।
तर आशा विरलै पुरा भयो। गाउँलेहरू बुझ्ने हृदयका केटाहरू आएनन्। बहिनिसँग बिहे गर्नकाे गाउँभरिका केटाहरू ह्वार्ह्वार्ति आउनेछ लाईन लागेर भनेर विश्वास गरे । नयाँ कपडा नेपाल लगाउँदा पनि काेहि आएन ।
कसैको आँखामा विचार थिएन, कसैको मनमा बराबरीको सपना थिएन।
अध्यक्ष दाईले मनपरि आफू एक्लैले राष्ट्रिय कपडाकाे सट्टामा त्यहि नेपाल नामक कपडा लगाई दिए ।
बैठक बसेकाे ६ महिना पछि फेर्ने भनेकाे कपडा ६ महिना अघि फेर्याे भनेर कार्यकारी दाजु रिसाए:
“हेर, अध्यक्षले मनाेमानि गरेर कपडा फेरिसक्यो!
मैले भनेको समयभन्दा अगाडि।” भनेर कार्यकारी दाजु बम्किएर । र याे नेपाल जनमुक्ति बहिनी मेरी हाेईन भने ।
म अब चुप लागेर बस्दिन भने ।
त्यो घरमा अब केवल नाम र कपडा फेर्ने काम मात्रै चल्यो,
विचार हरायो, आवाज हरायो, जनमुक्ति मौन भइन्।
दाईहरू नकचराे, अल्छी, हुतिहारा, र पानिमरूवा थिए । केटाहरू खाेज्नु भन्दा कहिले बहिनिको नाम फेर्ने । कहिले कपडा फेर्ने कुरा गर्थे । काम गर्ने कार्यशैली भन्दा नाम फेर्ने र कपडा फेर्ने काम गरे ।
र समय अगाडि बढ्यो।
२०८२ सालमा उनीहरूले फेरि नयाँ बहिनी जन्माएको नाटक गरे।
नयाँ बहिनिलाई नाम फेरि त्यहि जनमुक्ति राखियो। र कति बेबकुफ फेरि पुरानाे भनेकाे कपडा राष्ट्रिय नै लगाई दिए त्याे नयाँ बहिनि जनमुक्तिलाई ।
तर यसपटक केवल गहना र प्रतीकको खेल मात्र थिइन्—
“मिलाएको हात” र “निलो पृष्ठभूमिमा पहेंलो सूर्यभित्र मिलाएको हात” गहना लगाइ दियाे ती नयाँ जनमुक्ति बहिनिलाई ।
बराबिचरा बहिनी विचार शून्य, आत्मा शून्य, आवाज शून्य।
पुरानो जनमुक्तिको आत्मा अझै गाउँको हावामा घुमिरहेकी छ । र विभेदकाे खाडल नपुरिएसम्म घुमिरहने छ ।
गाउँलेहरूले अलमलिँदै सोचे,
“कसको जनमुक्ति असली हो?
कसको विचारले हाम्रो जीवन बदल्नेछ?”
अध्यक्ष र कार्यकारी अध्यक्ष खुसी थिए—कपडा फेरियो, नाम फेरियो।
तर उनीहरूले बुझेनन् कि सिद्धान्त र विचारलाई कपडा र नामले फेरिँदैन।
जनमुक्तिको आत्मा बाँचेकी छ— जनमुक्तिकाे बिचार बाँचेकी छे ।
त्यसैले नयाँ नेपाल कपडा लगाएकि हाल “नेपाल जनमुक्ति पार्टी” भनेर चिनिने – २०४८ सालमा जन्मेकि जनमुक्तिसँग जातीय मुक्ती, जातीय समानुपातिक प्रतिनिधित्व, जातीय र जातिय भाषाकाे पहिचानमा आधारति पहिचान जनमुक्ति विचारधारा छ । अर्थात रस, गुदि, केन्द्रीय विचार central idea & Theme छ । राष्ट्रिय कपडा लगाएकि भर्खरै २०८२ सालमा जन्मेकि राष्ट्रिय जनमुक्ति पार्टीसँग जातीय मुक्तिकाे सवालमा बाेक्रा र छाेक्रा छ । अन्य विषय(Issue) राष्ट्रिय कपडा लगाउनेहरूलेनै जानुन ।
नेपाल जनमुक्ति पार्टीको चुनाव चिन्ह र झण्डा


नयाँ संस्थापित तर पुरानै नाम राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह र झण्डा


सन्देश / प्रतीकात्मक अर्थ
जनमुक्ति = मूल विचार, सैद्धान्तिक आन्दोलन, सिद्धान्तप्रति समर्पित राजनीतिक आत्मा।
राष्ट्रिय कपडा = पुरानो नाम / पहिचान जुन विचारसँग जोडिएको थियो।
नेपाल कपडा = नयाँ नाम / नयाँ आवरण, तर विचारविहीन परिवर्तन।
दाजुहरू (अध्यक्ष र कार्यकारी अध्यक्ष) = सत्ता, नेतृत्व र स्वार्थमा अन्धा व्यक्ति वा संगठन।
नयाँ बहिनी (२०८२) = पुनःनिर्मित, तर विचाररहिन, जातीय मुक्तिकाे सवालमा छद्मभेषि संस्था / नाम / प्रतीक।
