जेन्जी आन्दोलनको चेतावनी : “विद्रोही युवाको बलिदानमाथि खेलवाड सह्य हुने छैन”प्रेस वक्तव्य

Read Time:2 Minute, 27 Second

राज्यसत्ता ,

काठमाडौं  – असाेज ३१ , जेन्जी आन्दोलन, नेपालले आज एक सशक्त प्रेस वक्तव्य जारी गर्दै सर्वोच्च अदालतमा दर्ता गरिएको “मृत प्रतिनिधिसभाको पुनरुत्थान” सम्बन्धी मुद्दालाई विद्रोही युवाको बलिदानमाथिको अपमान र घात को रूपमा व्याख्या गरेको छ।

आन्दोलनका अगुवा रवि किरण हमाल द्वारा जारी वक्तव्यमा भनिएको छ  “जेन्जी विद्रोह कुनै साधारण राजनीतिक आन्दोलन थिएन, यो हाम्रो पुस्ताको रगतले लेखिएको राष्ट्र–पुनर्जागरणको घोषणापत्र हो।”

वक्तव्यमा भाद्र २३ र २४ गतेको साहसिक विद्रोहपछि नेपालका सम्पूर्ण राज्य संयन्त्र जनताको अघि नतमस्तक भएको स्मरण गरिएको छ। तर त्यही जनआदेशलाई तोडमोड गरी, अन्तरिम सरकारका नाममा पुराना सत्ता–तन्त्रका संरक्षकहरू पुनः सक्रिय भएको आरोप लगाइएको छ।

हमालले सर्वोच्च अदालतलाई चेतावनी दिंदै भनेका छन्  “अदालत न्यायको प्रतीक हो, सत्ताको उपकरण होइन। यदि सर्वोच्च अदालतले पनि भ्रष्ट राजनीतिक शक्तिको हातमा आफ्नो आत्मा बेच्छ भने देश पुनः रक्तपात र कठोर गृहसंघर्षतर्फ धकेलिन सक्छ।”

जेन्जी आन्दोलनले सर्वोच्च अदालत र सम्पूर्ण राज्य संयन्त्रलाई जनताको आदेश र युवाको बलिदानको सम्मान गर्न आग्रह गरेको छ। वक्तव्यमा थप भनिएको छ  “देशका सडकहरूमा बगेको युवाको रगतलाई कानुनी खेल र संवैधानिक जुक्तिले मेटाउन खोज्नेहरूले सम्झून, यो पुस्ताको रगत सुक्न पाएको छैन, हामी निदाएका छैनौं।”

अन्त्यमा, हमालले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जेन्जी पुस्ताको विद्रोहलाई सम्मान र संस्थागत गर्न एकताबद्ध भएर उभिन आह्वान गरेका छन्।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *