-पूर्ण बहादुर राना
मगर भाषा नबाेल
तिम्राे जिब्रो बाक्लो हुन्छ
भन्दाभन्दै
तिम्ले नटेरि
मगर भएर
मगर भाषानै बाेल्छु भन्छाै
तिमी जातवादि हाै ।
खस भाषाकाे बिगबिगिमा
तिमी मूलाले
भाषा बचाउँछु
हाम्रै भाषामा
बच्चा पढाउँछु
तिमी गुरूङ भएर
फेरि
गुरूङ भाषामै पढ्छु भन्छाै
तिमी महाजातिवादि नभएर
काे हाे त महाजातवादि?
तिमी तामाङले
तिमी लिम्बूले
तिमी शेर्पाले
खस भाषा नबाेले
तिमी र तिम्रा बच्चाले
फरर भाषण गर्न सक्दैन
भन्दाभन्दै नटेरि
हाम्रै भाषानै बाेल्छाैं भन्छ
त्यसैले तिमी साम्प्रदायिक हाै ।
तिमी राईले
राई नबाेल
राष्ट्रिय जाति बन
सबैकाे साझा बन
भन्दाभन्दै
अझै राई भाषा नै बाेल्छाै
त्यसैले तिमी अराष्ट्रिय हाै ।
तिमी नेवारले
नेवार नबाेल
तिमी नेवारै भएर
तिम्राे बच्चा बाठाे र टाठाे भएन
भन्दाभन्दै
तिम्ले नेवार बाेल्नै छाेडानाैं
त्यसैले तिमी राष्ट्रद्राेहि हाै ।
तिमी थारूले
थारू नबाेल
बच्चा चलाख हुँदैन
भन्दाभन्दै
तिमी साँढे बनेर
थारूमै बाेल्छाै भन्छाै
त्यसैले तिमी राष्ट्रद्राेहि हाै ।
तिमी मधेसीलाई
कति सम्झायाे
एक भाषा एक भेष
धाेति नलगाउ
मैथलि नबाेल
भाेजपुरि नबाेल
अबधि नबाेल
तिम्रो टाेन
हिन्दी जस्ताे भयाे
तिमीलाई धाेति भन्याे
हामी पहाडिया
खस जस्तै
नेपाली भाषा बाेल
हिन्दी टाेन हटाउ
भन्दाभन्दै
आफ्नो भाषा बाेल्न छाडेनाै
त्यसैले तिमी विखण्डनकारी हाै ।
तिम्रा सन्तानले
गुरूङ भाषा
मगर भाषा
बाेल्न छाड्दा
राई भाषा
लिम्बू भाषा
बाेल्न छाड्दा
तामाङ, थारू
नेवार र मैथिली
बाेल्न छाड्दा
हामी खुसि छाैं
हुनुपर्ने नै यहि हाे ।
ए! मातृभाषिहरू हाे
जातिपातिबाट माथि उठ
साम्प्रदायिक चिन्तनबाट उठ
जंगली बिचारबाट माथि उठ
अँग्रेजि बाेल
चाईनिज र काेरियन बाेल
फेर्न्च र जापानीज बाेल
बरू सँस्कृत र ग्रिक बाेल
अन्तर्राष्ट्रिय जाति बन ।
एउटै भाषा र धर्मले
एउटै क्षेत्र र सँस्कृतिले
एउटै जाति र लिङ्गले
र एउटै वर्गले
शासन गरे पाे
देश विकास हुन्छ
तेरिमा स्वाँठहरू!
बरू मातृ भाषामा
पढ्छु भन्ने पाखेहरूसँग
धर्म र सँस्कृतिकाे
कुरा गर्ने भुसतिघ्रेसँग
राजनीतिक अधिकार
खाेज्ने जातिवादिहरूसँग
पाे हामीलाई रिस उठ्छ ।
अब त
हामी मातृभाषि ढुक्क छाैं
हाम्रा बच्चाले
आफ्नो भाषा बाेल्न छाडे
खस मात्रै बाेल्नेभए
पक्कै
खस भाषा मात्रै बाेलेपछि
हाम्रा बच्चाले
उत्तरआधुनिक माेबाईल
बन्छ हाेला
पानीले चल्ने गाडि
क्यान्सरकाे अाैषधि
उत्पादन हुन्छ हाेला
अत्याधुनिक हतियार
वैज्ञानिक कृषि खेति
हुन्छ हाेला ।