नेपाल मेडिकल कलेजद्वारा दक्ष चिकित्सक सहित स्टाफ नर्स माग

Read Time:1 Minute, 32 Second

ऋृषी बश्याल

काठमाडौं । जोरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न विषयका चिकित्सक तथा स्टाफ नर्स माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक, लेक्चर तथा स्टाफ नर्स माग गरेको हो ।

कलेजको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन थप जनशक्तिहरु माग गरिएको हो । सूचना अनुुसार कलेजले एनाटोमी, फार्माकोलोजी, फिजियोलोजी, बायोकेमेष्ट्री, पेडियाट्रिक नर्सिङ, कम्युनिटी हेल्थ नर्सिङ र स्टाफ नर्स माग गरिएको छ ।
दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीहरुले इमेल मार्फत आफ्नो ब्यक्तिगत विवरणहरु पठाएपछि अन्तरवार्ताका लागि बोलाइने कलेज प्रशासनले जनाएको छ । स्टाफ नर्सको हकमा नेपाल नर्सिङ परिषदमा दर्ता भएका बी.एस्सी. नर्सिङ र पी.सी.एल. नर्सिङ अनुभव भएका (विशेष गरी मिडवाइफरी र आईसीयू तालिम प्राप्त) उम्मेदवारलाई प्राथमिकता दिइने बताइएको छ ।
थप जानकारीका लागि हेर्नुहाेस् सूचना 

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *