अमेरिकाको जर्जिया राज्यस्थित डेकाल्बमा एक नेपालीको गोली हानेर हत्या गरिएको छ । ललितपुरमा घर भएका दामोदर पाठकलाई पुस २४ गते राती लुटेराले गोली प्रहार गरेको हो ।
विपी ग्यास स्टेशनमा कार्यरत पाठकको उपचारको क्रममा ग्र्याडी मेमोरियल अस्पतालमा मृत्यु भएको हो । पिटर उपनाम भएका पाठकलाई गोली प्रहार हुँदाको दृष्ट सिसिटिभीले रेकर्ड गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।