
पूर्ण बहादुर राना /२०८२ भदौ २४ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको लाग राजिनामा दिएका छन् । उनकाे राजिनामाले थप राजनीतिक निकासका लागि पहल हुने विश्वास गर्दै राजीनामा दिएको बताएका छन् ।
२४ भदौ, काठमाडौं । प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् ।
ओलिले आफ्नो राजनीतिमा भनेका छन्; ‘…हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ।
