प्रेश नाेट

मिति २०८२ भदाै २३ गतेबाट उठेकाे जेन-जि(Gen-Z आन्दोलनमा १९ जना भन्दा बढिकाे मृत्यु भईसकेकाे छ भने सयाैं घाईते भएका छन् । नेपालीहरूकाे महान चाडकाे सन्निकटमा भएको यस्ताे कहालिलाग्दाे हिंसाले सम्पूर्ण नेपालीहरूकाे मन छियाछिया भएको छ । रगत उमाल्ने काम भएको छ । झाेलाभित्र कलम र कपि बाेकेका निहत्था विद्यार्थी नानिबाबुहरूमाथि भएकाे यस्ताे बर्बर र हिंस्रक हत्या प्रति नेपाल विद्यार्थी माेर्चाकाे गम्भीर ध्यानाकर्षण भएको छ ।

जेन-जि आन्दाेलनकाे तपसिलकाे माग सम्बाेधन गरिदिन नेपाल सरकार र सार्वभाैम सांसदहरूसँग नेपाल विद्यार्थी माेर्चा जाेडदार माग गर्दछ ।

(१) नेपालले सधैं ठूलाठूला देशले उत्पादन गर्ने यातायातका साधन, खाद्यान्न, अन्य साधन र सेवाहरू मात्रै प्रयाेग गर्ने कार्य राेक्नुपर्छ । मूलतः हामीले दुई शक्ति राष्ट्रहरू अमेरिका र चिनले उत्पादन गरेकाे सामाजिक अनुप्रयाेग(Social Application/Software) प्रयाेग गर्नु भनेकाे हाम्रा सम्पूर्ण व्यक्तिगत सुचना र गाेपनियता भंग गर्नु हाे । यसरी हामी आफै सूचनाबाट नाङ्गिने र आर्थिकबाट नाङ्गिने समाजिक यापहरू प्रयाेग गर्नु भन्दा तत्कालै संभव नभए पनि क्रमिक रूपमा नेपाल आफैले आफ्नै लगानीमा सामाजिक सञ्जाल अनुप्रयाेग(Social Netwok Application) आविस्कार र उत्पादन गर्नु पर्छ । यसकाे प्रयाेग गर्नुपर्छ । यस्ताे कार्यले नेपालीहरूमा आविष्कारिय क्षेमता(Innovative Capacity) विकास गर्छ । यतिमात्रै नभई बेरोजगार युवाहरूलाई राेजगार दिन्छ । नेपालबाट विदेशिने पैसा स्वदेशमै बस्छ र देश आत्मनिर्भर तर्फ अघि बढ्छ । तर अहंकारि केपि सरकारले साेसल मिडिया यस्ताे सिर्जनात्मक साेंचले बन्द गरेकाे नभई आफ्नो काला कर्तुत खुल्छ र जनमत आफू र आफ्नो पार्टी विरूद्ध लाग्छ भन्ने डरले बन्द गरेकाे हाे ।

(२) युवाहरूमा पढेपछि के गर्ने? कसाे गर्ने? कहाँ जाने? भन्ने चिन्ता छ । सबै बेरोजगार युवाहरू राेजगार नपाएर हैरान छन् । देशमा नत निर्ब्याजि ऋणमा नेपालका बैकहरूले ऋण प्रवाह गर्छ । नत सहुलियत दरमा न्यून ब्याज(Nominal Interest)मा ऋण दिन्छ । सरकारले युवाहरूलाई निर्ब्याजि ऋण उपलब्ध गराउने भए युवाहरू उद्यमी बन्ने थिए । यस्ताे नभएको विषम परिस्थितिमा केही गराैं भन्ने युवाहरूमा उकुसमुकुस भएकाे छ । याे अवस्थामा उल्टै देश संचालकहरूकाे करोडौं, अरबाैं र खरबाैंकाे भ्रष्टाचार गरेकाे काण्डहरू एकपछि अर्काे गर्दै दिनदिनै बाहिरिएकाे समाचार सधैं सुन्नु पर्दा युवाहरू वाक्क दिक्क भएका छन् । आजित भएका छन् । यसैकाे परिणाम स्वरूप र अलिअलि कमाई खाने ठाउँ रहेकाे समाजिक सञ्जाल बन्द गरिदिएकाेले पनि याे आन्दोलन उठेकाे हाे । तसर्थ अब भ्रष्टाचार राेक्नसक्ने कुनै पनि सरकार र पार्टीको हात नरहेकाे शक्तिशाली भ्रष्टाचार नियन्त्रण गर्ने निकाय गठन गर्नुपर्छ । र याे निकायले कुनैपनि पार्टी, जाति, धर्म, लिङ्ग नहेरि कम्तिमा पञ्चायतकालिन समय देखि हालसम्मकाे अनियमितता गरि सम्पत्ति कमाएको व्यक्तिहरूकाे सम्पत्ति निस्पक्ष ढंगले छानबिन गरि उनिहरूकाे सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ र उनिहरूलाई आजिबन जेल काेच्नु पर्छ ।

(३) लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरका बच्चाहरूकाे ज्यान जानुमा ४० वर्ष उमेर कटेका र ४० वर्ष माथिका मानिसहरूकाे ठूलाे हात छ । किनकि यी ४० वर्ष उमेर काटेकाहरूमा हाम्रो बाउबाजेदेखि काङ्ग्रेसएमाले हामी पनि काङ्ग्रेसएमाले भन्ने भाष्यले काम गरेकाे छ । यी उमेरका मानिसहरू जडसुत्रवादी छन् । यिनकाे गिदिकाे ब्लुप्रिन्टमा रूख र सुर्यमा भाेट हाल्नुपर्छ भन्नेछ । रूख र सुर्यमा भाेट हालेन भने कतै मरिनै हाल्ने, जातै जाने, खाएकाे भातै नपच्ने भन्ने मनाेराेगले ग्रस्त छ । यी ४० वर्ष उमेर कटेका सम्पूर्ण नेपाली नागरिकहरूले ईमानदार नेता छान्नु भन्दा जहिले पनि भ्रष्टाचार, अनियमितता, बैमानि, बेथिति गरेका नेता र पार्टीलाई छाने । र देश यस्तो हालतमा पुग्याे । आफ्नो पार्टीको बैमानी नेतालाई भाेट हालेर अहिले विषम परिस्थिति सिर्जना गर्दा आज कहालिलाग्दो दु:खद घटना घटेकाे हाे । आफ्नाे मताधिकार सहि र ईमानदार उम्मेदवार माथि कहिले प्रयाेग नगर्ने अभिभावक पनि दाेषि छन् । त्यसैले अब अभिभावकले सहि र ईमानदार नेता र पार्टीलाई छान्नुपर्छ ।

(४) जेनजि आन्दोलन कुनै विदेशिकाेआर्थिक सहयोगमा भएकाे हाे भन्ने बाहिरी हल्ला छ । त्यसाे हाे भने याे दु:खद छ । अब हामी नेपाली विदेशीकाे कुनैपनि खालकाे फाईदाकाे लागि हतियार र मतियार बन्नुहुँदैन । तर हामीलाई यी सबै मिथ्या आराेप हाे भन्ने विश्वासमा छाैं । जेनजिकाे आन्दोलनमा जाँदा मृत्युवरण गरेका र घाईते भएकाहरूकाे उद्देश्य देशमा भ्रष्टाचार र अनियमितता राेकिन्छ, समाजिक सञ्जाल खुल्छ, नेपालमा कुशासन हटेर सुशासन हुन्छ र नेपालमै राेजगार पाउँछ भनेर आन्दोलनमा गएका थिए । यसरी आन्दोलनमा गएका युवाहरूलाई वार्ता गरि समस्या समाधान गर्नुकाे साटाे पदखाेर केपि सरकारले ताकिताकि गाेलि हानि हत्या गरेका छ । २३८ वर्षे वंशिय शासन गरेका ज्ञानेन्द्र शाहले आन्दोलन दबाउन १९ दिने जनआन्दोलनमा जम्मा १९ जनाकाे हत्या गरेकाे थियाे । तर अरूलाई खिसिटिउरि गर्ने, विराेधिलाई मजाककाे पात्र बनाउने, म बिना सरकार र नेपाल चल्दैन भन्ने अहंकारी दम्भि ओलि सरकारले १९ दिन त के १९ घण्टा नबित्दै १९ जना भन्दा बढिकाे हत्या गर्ने कार्य भएको छ । तसर्थ नेपाल विद्यार्थी माेर्चाले केपि ओलिले प्रधानमन्त्री पदबाट अविलम्ब राजिनामा दिन माग गर्दछ ।

(५) जेनजिकाे जायज माग सम्बाेधन गर्न तत्काल सर्वदलीय, सर्वपक्षीय वार्ता टाेलि गठन गर्न जनताको सर्वभा‌ैम निकाय संसदमा रहेका सांसदहरूले अविलम्ब पहल गर्नुपर्छ । र मृत्युु भएका युवाहरूलाई सहिद घाेषणा गर्नुपर्छ र उनका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्छ । घाईते भएका युवाहरूकाे नि:शुल्क उपचार गर्नुपर्छ । र निकाे भएपछि उनिहरूले काम गर्न सकेपनि नसकेपनि सरकारी जागिरकाे व्यवस्था सरकारले गर्नुपर्छ ।


पूर्ण बहादुर राना
अध्यक्ष
नेपाल विद्यार्थी माेर्चा
केन्द्रीय समिति
मिति: २०८२ भदाै २३