स्व. नेता गोरेबहादुर खपाङ्गी मगरको ९ औं स्मृति दिवस र सिलन्यास बारे -प्रेस विज्ञप्ति

राज्यसत्ता ,

यस फाउण्डेशनले स्व. नेता गोरेबहादुर खपाङ्गी मगरको मिति २०८२ भदौ ११ गते बुधबारका दिन ९ औ स्मृति सभा गौशाला नगरपालिका वडा नं. १ रामनगरमा गरिेने व्यहोरा जानकारी गर्दछु ।


उक्त दिन नेता खपाङ्गीसँग आबद्ध स्वदेश तथा बिदेशमा रहेका जातिय संघ संस्था, राजनीतिक दल, नेपाल मगर संघ, नेपाल मगर बौद्ध सेवा समाज लगायत अन्य सामाजिक संघ संस्थाहरुलाई माथि उल्लेखित तिथि मितिमा नेता खपाङ्गीको ९ औं स्मृति सभा, सम्मेलन गर्न गराउँन गोरेबहादुर खपाङ्गी फाउण्डेशन हार्दिक अनुरोध गर्दछ ।

साथै, महोत्तरी जिल्लाको गौशाला नगरपालिमा पर्ने महेन्द्र राजमार्गको माईथान चौकदेखि उक्त नगरपालिका क्षेत्राधिकारभित्र पर्ने गोरेबहादुर खपाङ्गी मार्गको प्रवेशद्वारको सिलन्यास कार्यक्रम रहेको व्यहोरा समेत जानकारी गर्दछु ।

…………………..
हुम बहादुर थापा मगर
अध्यक्ष
गोरेबहादुर खपाङ्गी फाउण्डेशन ।