२०६४ चैत २८ गते पहिलाे संविधानसभाकाे निर्वाचन हुँदै थियाे । अघिल्लो दिन अर्थात चैत्र २७ गते श्री बाल विकास मा. वि. भिरकाेटमा सर्वदलीय बैठक बस्याे । बैठकमा चारवटा पार्टीले दुईदुई जना स्वयंसेवक राख्ने सहमति भयाे । ती चारवटा पार्टीहरूमा नेपाली काङ्ग्रेस, एमाले, माओवादी र जनमुक्ति पार्टी थियाे । बैठकमा राप्रपा पार्टी पनि उपस्थित थियाे तर उसले स्वयंसेवक राखेन ।
काङ्ग्रेस, एमाले, जनमुक्ति र माओवादीले दुईदुई जना स्वयंसेवक आ-आफ्नो पार्टीबाट छाने । जम्मा स्वयंसेवक ८ जना भए । ती स्वयंसेवकहरू सबै गाउँकै थिए । सँगै पढ्ने, खेल्ने र घाँस काट्ने नानी बाबुहरू थिए । उनिहरू मध्य कसैले मतदाताहरूलाई लाईन लगाउने काेहि मतदाताकाे बुढी अाैंलामा मसि लगाउने काममा स्वस्फूर्त रूपमा उनिहरू आ-आफैले राेजे । काङ्ग्रेस, एमाले र जनमुक्ति पार्टीहरू ती युवायुवतीहरूकाे स्वनिर्णयमा सहमत भयाैं । तर माओवादीले गम्भीर षड्यन्त्र भयाे भनेर भने । अनि हामी तीन दलले किन के भयाे भनेर साेध्याैं । उनिहरूले षड्यन्त्र भयाे षड्यन्त्र भयाे भनेर भने । वास्तवमा हामीले ती स्वयंसेवक बनेकाहरूलाई मसि लगाउने र लाईन लगाउनेमा जबर्जस्ती राखेकाे पनि थिएन । तर माओवादी पक्षधरले मानेन । अनि मैले प्रस्ताव उठाएँ ल माओवादीले मसि लगाउनेमा मात्रै बस्ने कि लाईन लगाउनेमा बस्ने राेज्नुहाेस् भनें । अनि काङ्ग्रेस र एमालेले पनि मेराे कुरामा सहमत जनाए । हामीले माओवादी पक्षका साथिहरूलाई काेकाे स्वयंसेवक कहाँ बस्ने तपाईंहरूले नै भन्नुहाेस भन्याैं । पछि माओवादीले उनिहरूका दुवै स्वयंसेवकलाई मसि लगाउनेमा राख्नुपर्छ भने र हामीले स्विकार्याैं । र विवाद समाधान भयाे ।
त्यसपछि हामी बैठक हलबाट बाहिरियाैं । बाल विकास मा. वि.काे गेटबाट निस्केपछि चाैपारि छ । त्यस चाैपारिमा वर र पिपल दुवै रूखहरू छन् । त्याे चाैपारीमा गर्मि महिनामा बेस्सरी हावा चल्छ । त्यहाँ बसेपछि गर्मीमा पंखाकाे जरूरत नै पर्दैन । हामी सानाेमा पढ्दा कतिपय विज्ञानका शिक्षकहरूले त्यस हावाबाट बिजुली निकाल्न पनि मिल्छ भन्थे । हामी पनि गर्मि महिना भएकोले त्यहि चाैपारिमा बस्याैं । किनकि हामी सानाेमा स्कुल जाँदा त्यहि चाैपारिमा बस्थ्याैं ।
जब हामी त्यस चाैपारिकाे सितलमा बसिरहेकाे थियाैं । चाैपारि वाईसीएलले भरिभराउ थियाे । कतिपय वाईसीएल पेस्ताेल सहित थिए भने कतिपय गाेलाेघेरा भित्र हँसियाहथौडाकाे स्टिकर निधार र कम्मरकाे बेल्टमा टाँसेर उभिरहेका थिए । त्याे भिड वरिपरि प्रहरी, सशस्त्र र आर्मि पनि थिए ।
त्यतिनै बेला माओवादीका कार्यकर्ता नेत्र रानाभाट आएर मसँग जनमुक्ति पार्टीको उम्मेदवारबारे साेधे । सिधै उनले जनमुक्ति पार्टीले किन संविधान लेख्ने बेलामा धनमाया गाैलिलाई उठाएको? भनेर भने । के धनमाया गाैलिले संविधान लेख्न सक्छिन? भट्टि पसल र खाजाघर चलाएर बस्ने महिलाले के संविधान लेख्छ? जनमुक्ति पार्टीले खसआर्य नपाएर गाैलि क्षेत्रि भएर उठाएकाे हाेला भनेर मलाई पटकपटक छेडखानि गरे । खिसिटिउरि गरे । मैले पार्टीको निर्णय हाे । मैले गरेकाे निर्णय हाेईन भनें । म नेत्र रानाभाटसँग बहस गरिहाल्ने मुडमा थिएन । किनकि उनी उमेर मेराे दाईसँगग पढेका दाईकाे समकालीन सथि थिए । बाेल्न त उनी सानै देखि उग्र बाेल्थे ।
नेत्र रानाभाटकाे पटकपटककाे प्रहार पछि अब मेराे कुरा सुन्नुस भनेर मैले भनें। जनमुक्ति पार्टीको उम्मेदवार धनमाया गाैलि माथि पटकपटक छेंडखानि गरेपछि म पनि बहसकाे लागि तयार भएँ । मैले सिधै हाम्रो अगाडि प्रचण्डको फाेटाे थियाे प्रचण्डले भाेलि मधेसी, दलित, आदिवासी र मुस्लिमलाई अधिकार दिन्छ भनेर के छ ग्यारेन्टी भनें । मुसाकाे नेतअ मुसा र बिरालोकाे नेता बिरालो हुनुपर्छ भने । नजिक उभिरहेकाे प्रहरीको राईफल देखाएर उनलाई साेधें । के तपाईंलाई थाहा छ त्याे प्रहरीले बाेक्ने राईफलमा कतिवटा गाेलि जान्छ? राईफल कति प्रकारकाे हुन्छ? उनले थाहा छैन भने । अनि मैले भनें प्रहरीले हातहतियार सम्बन्धि ब्याचलर्स पास गरेकाे छ । हतियारमा गाेलि कतिवटा जान्छ । राईफल कति प्रकारकाे हुन्छ भनेर उनिहरूले स्नातक गरेका छन् । यसरी नै झ्यालढाेका, फर्निचर बनाउने सिकर्मी, घरकाे गाराे लगाउने डकर्मीहरू पनि उनिहरूकाे विषयमा स्नातक गरेका छन् ।
मेरी आमाले कहाँ भैंसिलाई दुधेलाे घाँस पाउँछ । कहिले मकै, धान, काेदाे छर्ने राेप्ने त्यस विषयमा स्नातक गरेकि छिन् । मेराे बाबा भुपु आर्मि भएकोले हतियार सम्बन्धि स्नातक गरेका छन् भनेर भनें ।
सेक्सपियरले कति पढेका थिए? उनी मेट्रिक फेल हुन् । तर उनले लेखेकाे नाटकमा कति पिएचडि भए कति हुँदैछ । साेकरेट्सहरूले कहाँ पढेका थिए? बुद्ध भगवानले कति र कुन विश्वविद्यालयमा पढेका थिए? मार्क जुकरबर्गले कति पढेका थिए? मार्क जुकरबर्गले कुन विश्वविद्यालयमा पढेर फेसबुक बनाएका थिए । बरू निकट भविष्यमा तिनले बनाएको फेसबुकमा पिएचडि शाेध हुनेछ ।
घाँस काट्याे, भाडा माझ्याे, खलासि गर्याे, चाैकिदारि गर्याे भनेर बुद्धि नहुने र पढेलेखेकाकाे मात्रै बुद्धि हुने हाेईन भनें । अनि मगरलाई हाेच्याउँदा मैले माओवादी युद्धमा ८ हजार भन्दा बढि मगर मरेकाे पनि दावि गरें । मेराे भनाइ पढेका र नपढेका सबै मानिसको बुद्धि हुन्छ भन्ने नै हाे । उनि मान्दै मानेन । ती रानाभाटले जनमुक्ति पार्टीले पढ्ने मान्छे नभेटाएर र जनमुक्ति पार्टीले गाैलि जस्ताे अनपढलाई उठाएकाे हाे भने ।
वास्तवमा धनमाया गाैली जनमुक्ति पार्टीको समानुपातिक उम्मेदवार थिईन । त्यतिबेला पहिलो संविधानसभाकाे उम्मेदवारहरूमा नेपाली काङ्ग्रेसकाे तर्फबाट रामचन्द्र पाैडेल, माओवादी पार्टीबाट डम्बर बि. क. र जनमुक्ति पार्टीबाट शिवलाल थापा प्रत्येक्ष उम्मेदवार थिए ।
जनताले आफुले बुझ्ने भाषामा बाेल्छन् । मैले धनमाया गाैलिसँग पनि बुद्धि छ । अाैपचारिक शिक्षाको सर्टिफिकेट नभए पनि वहाँसँग भावना छ । वहाँसँग साेंच बिचार छ । वहाँसँग जिवन जिउने अनुभव छ भनेर सन् १९८६ मा दक्षिण अफ्रिकाको संविधान बन्ने क्रममा घाँस काट्ने र मेलापात गर्ने तीन जना महिलाहरूकाे उदाहरण दिएको थिएँ । जुन यस प्रकार रहेकाे छन् ।
(१) प्रथम महिला
पहिलाे घाँसदाउरा गर्ने ग्रामीण महिलाले भनिन्, “मलाई मेरो बच्चा पढाउन मन छ, तर मसँग पैसा छैन । अब बन्ने संविधानले मेरो बच्चा पढाउनु पर्छ भनेर लेख्नुपर्छ ।” भनिन् ।
(२) दाेश्राे महिला
दाेश्राे ग्रामीण महिलाले “मेराे घरमा कुखुरा छन् । कुखुरा स्याल लैजान्छ। अब नयाँ संविधानमा स्यालले कुखुरा लैजान नपाओस् भनेर लेख्नुपर्छ ।” भनिन् ।
(३) तेश्राे महिला
तेश्राे महिलाले भनिन, “मेरो लोग्ने सधैं रक्सी पिएर आउँ । अनि मलाई कुट्छ। अब बन्ने नयाँ संविधानमा उसले मलाई कुट्न नपाउने भनेर लेख्नुपर्छ।” भनिन् ।
यो सुन्दा रमाइलो र सरल थियाे । तर यसकाे अर्थ गहिराे थियाे । खेतबारीमा काम गर्नेहरू जनता हुन् । जनताले संविधान वा कानूनकाे भाषा बाेल्दैनन् । जनताहरू उनिहरूले जानेकाे भाषामा बाेल्छन् । जसको भित्री सन्देश थियो—
बच्चा पढाउन मन छ भनेकाे आसय गरिब जनताकाे छाेराछाेरि शिक्षाबाट बञ्चित भएका थिए । नयाँ बन्ने संविधानमा नि:शुल्क शिक्षा हुनुपर्छ भनेकाे थियाे ।
स्याल → कमजोर जीविकोपार्जन गर्ने मानिस हाे ।
कुखुरा → परिवारको सानाे आयस्रोत जनाउँछ । जुन उनीहरूको जीविकाेपार्जन गर्ने माध्यम थियाे ।
याे कुखुरा र स्यालकाे माग उठाउनु भनेकाे समाजमा शान्ति सुरक्षा कायम गर्नु थियाे । आयश्राेतकाे ग्यारेन्टी गराउनु थियाे ।
लाेग्नेले दिनभरि रक्सि खाएर मातेर राति श्रीमती कुट्नु भनेकाे महिला माथिकाे घरेलु हिंसा व्यक्त गरेकि थिईन । घरेलु हिंसा अन्त्य गर्न महिला र पुरूष सरह अधिकार दिनु पर्ने माग थियाे । अर्थात महिला अधिकार बारे थियाे । यस्तै अन्य महिलाले पनि माग राखेका थिए ।
त्यस्ता कथाहरूले के जनाउँछ भने अधिकारको कुरा गर्दा केवल राजनीतिक स्वतन्त्रता मात्र होइन, दैनिक जीवनको सुरक्षा पनि त्यत्तिकै महत्वपूर्ण कुरा दर्शाउँछ।
(४) चाैंथाे महिला
चाैंथाे महिलाले पानी र आधारभूत सेवाकाे बारेमा बाेलेका थिए । उनीकाे माग थियाे, “हामीलाई पानीको समस्या छ । हामीले टाढाबाट पानी ल्याउँछौं । नयाँ संविधानले नजिकै सफा पानी दिनुपर्छ।
(५) पाँचौं महिला
पाँचौं महिलाकाे माग जमिनमा पहुँच बारे थियाे । उनीले भनेका थिए, “हाम्रो परिवारमा जमिन पुरुषको नाममा मात्रै हुन्छ । अब बन्ने नयाँ संविधानले महिलाको नाममा पनि लेखिदिनु पर्छ ।”
(६) छैठौं महिला
छैठौं महिलाले स्वास्थ्य सेवा बारे बाेलिकि थिईन । उनीले भनेकि थिईन, “हामी बिरामी हुँदा अस्पताल टाढा छ । बाेकेर लान मुस्किल छ । नयाँ संविधानले नजिकै उपचारको ग्यारेन्टी देओस।”
दक्षिण अफ्रिकाको संविधान निर्माणको क्रममा यी जनसुनुवाईमा भनेका प्रतिनिधि भनाईहरू हुन् । यस्तो कुरा साँच्चिकै ग्रामिण महिलाहरूले भनेका थिए ।
यी सुझावहरू संविधानको Equality Clause र Bill of Rights मा धेरै हदसम्म समेटिएका थिए । जसले दक्षिण अफ्रिकालाई विश्वकै लिङ्ग–समानतामा अग्रणी संविधानमध्येको एक बनायो।
यति बहस भएपछि नेत्र रानाभाटले आफू हारेकाे अनुभव भएछ क्यारे । नेत्र रानाभाट नाजवाफ भए । र डम्बर बि. क. लाई केके भने हाेलान । अनि राति मलाई र धन बहादुर पाटालाई लिन डम्बरका मान्छेहरू आए । त्यतिबेला १२ बजेकाे थियाे । याे बहसमा डम्बर बिककाे “ड” अक्षर पनि उच्चारण भएको थिएन । तर राति १२ बजे तत्कालीन माओवादी उम्मेदवार डम्बर बिकले म र मेराे साथि धन बहादुर पाटालाई स्वर्गीय लाेक बहदुर मामाकाे घरमा लगेर अनेक कुरा गरे । पूर्ण र धनले के खाेजेकाे मेराे ८ भाइ छाेरा छ । भनेर तत्कालीन माओवादीकाे धम्कीपूर्ण भाषा बाेले । अनि मैले भने हामीले तपाईंको विराेध कहिं गरेका छैनाैं । तर घर चिन्ह र जनमुक्ति पार्टीको चुनाव प्रचार प्रसार गरेकै हाे । बरू हामीले रामचन्द्र पाैडेलले पटकपटक चुनाव जितेर केही नगरेकाे भनेर विराेध गरेका छाैं भनें । यसरी बहस राति १२ बजेदेखि विहान ४ बजेसम्म चलेकाे थियाे ।
चुनावमा रामचन्द्र पाैडेलले जिते । अरू उम्मेदवार हारे । पछि मलाई विदेशबाट फाेन आयाे डम्बर बिकलाई तपाईंले हराई दिएकाे अरे हाे भन्याे । अनि मैले के भन्ने? म आश्चर्यचकित परें । अहिले साेंच्छु कहिलेकाहीँ नखाएकाे विष पनि लाग्छ भनेकाे पनि यहि हाेला ।