रंगिला कलाकारले घन्काए जोर्डन यतिलाई

Read Time:3 Minute, 53 Second

६६ बसन्तको सफल एकल गायक उमेरले ७१ बसन्त टेक्दै गरेका अति नै रंगिला कलाकार वीरबहादुर गाहा थापा मगरले रुव अरुण थापा मगरको चर्चित अिन सदाबहार गीतहरु साथै लण्डनको चिसो चिोस जाडोमा लण्डनमा घुर्मौला आँगालोमा बाँधी चुम्बन गरौला जस्ता आधुनीक गीत प्रस्तुत गरेर लुम्बिनी मन्च हंगकंगको नयाँ वर्ष कार्यक्रम रंगिला नाईटको निमन्त्रणलाई स्विकार गरी उपसिथ्त खचाखन निम्तालुहरुलाई मन्त्रमुग्ध पारे । कम्मर मर्काई मकाई नचाउन सफल भए । संस्थाका अध्यक्ष राजु श्रेष्ठले पनि यो धिाका पोख्न सिनिएर रंगिला गुरुजी भएकाले यतिको स्टेज र फ्लोर नतात्ने कुरै भएन ।

लुम्बिनी मन्च हंगकंगको नयाँ वर्ष २०१२ को पहिलो दिन पारेर भेटभाट तथा शुभकामना आदान प्रदान कार्यक्रम जोर्डनस्थित याक एण्ड यति रेष्टुरेन्टमा सम्पन्न भयो । संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षमातमा गेलेक्सी इन्टर प्राइजेजका प्रबन्ध निर्देशक जगनथा ज्ञवालीको प्रमुअ आतिथ्यमा सस्थाका उपाध्यक्ष दुर्गा थापाले पाहुनहरुलाई स्वागत मनतव्य र शुभकानमा साथै सचिव मिन गुरुङले कार्यैक्रम संचानल गरेका थिए । विशेष अतिथहमा संस्थापक अध्यक्ष हेमराज थापा मगर तथा अन्य अतिथिहरुमा नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर, हिन्सका बुद्धिबहादुर थापा क्षेत्री, भूपू अध्यक्षहरु धर्म सिँ गुरुङ्ग, एमबी दर्लामी, ठाकुर श्रेष्ठ, वरिष्ठ गायक विरबहादुर गाहा थापा मगर, चेम्बस्र अर्फ कमस्रका उपाध्यष दासुराम पराजली, मगर हंगकंगका अध्यक्ष चन्द ज्योति आले, मगर राज्यसत्ता डटकमका हुमबहादुर थापा मगर, हंगकंग नेपालीका नेत्र पहराई मगर लगायत अन्य संघसंस्थाका अध्यक्ष प्रतिनिधिहको उपस्थिति रहेको थियो ।

स्मरणरहोस् यो संस्था २००१ मा बुटवलका निवासी मधु थापा मगरको हंगकंगमा निधन पश्चात सहयोग रकम संकलन गर्ने क्रममा सबैलाईै संस्थाको आवश्यक महशुस गरेर स्थापना गरिएको थियो । संस्थाको सदस्य बन्न नेपाल भरिबाट हंगकंग आएर बसोबास गर्ने जोकोही योग्य मानिन्छ । संस्थाका सदस्यको निधन हुँदा १४००० हंगकंग डलर दिने विधानमा उल्लेख छ ।


यस रंगिला नाइटमा ५०००, ३००० र २००० रुपियाँको भाग्यदय चिठ्ठा उपहार लगायत साना बालबालिकाहरुलबाट अति नै मनोरन्जनात्मक नृत्य र अन्तिममा डीजेले हल तातेको थियो । निम्तालुहरु निम्ताएको भन्दा बेसी आएकाले रेष्टुरेन्टमा खचाखचले गर्दा कोही बाहिर बस्न काध्य थिए भने कोही खानाको दाम अनुसारको गुणस्तरीय नभएर आयोजकलाई झपार्दै फर्केको देखिन्थे । कार्यक्रम विहान २ बजे समाप्त भएको थियो ।

हुम बहादुर थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %