महाकाली सन्धिमा उल्लेख भएको पानी नेपालीले अझै पाएनन्

Read Time:2 Minute, 39 Second

कञ्चनपुर, ४ कात्तिक 

विवादास्पद र बहुचर्चित महाकाली सन्धि भएको डेढदशक बिते पनि सन्धिमा उल्लेखित कुराहरू कार्यान्वयन नहुँदा यहाँका बासिन्दाले महाकालीबाट पानी पाउन सकेका छैनन् ।

    महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिमा उल्लेख गरिएअनुरूपको पानी भारत सरकारले हालसम्म उपलब्ध गराएको छैन ।

    महाकाली सन्धिमा शारदा बाँधबाट भारतले बनाएको नहरबाट दोधारा चाँदनी क्षेत्रका स्थानीय बासिन्दालाई सिँचाइ सुविधा उपलब्ध गराउन भारत सरकारले सन्धिमा प्रतिबद्धता जनाए पनि हालसम्म पहलसमेत नगरिएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

    सन्धिमा उक्त क्षेत्रमा दुवै देशका प्राविधिक समूहले नहर निर्माण गरी ३५० क्युसेक पानी दिने सहमति भएको दोधाराका स्थानीय वीरबहादुर सुनारले बताए ।

    भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रको जमिनमा सिँचाइ सुविधाका लागि भारत सरकारले टनकपुर बाँध क्षेत्रबाट एक हजार २०० मिटर नहर निर्माण गरी ३०० क्युसेक पानी दिने सहमति गरे पनि हालसम्म नहर निर्माणका लागि चासो नराख्दा उक्त सहमति ओझेलमा पर्दै जान थालेको महाकाली सरोकार समूहसँग आबद्ध मानसिं भण्डारीले बताए

    महाकाली तटीय क्षेत्रका बासिन्दालाई सघाउ पु¥याउन महाकाली नदीमा हिउँदमा ३५० क्युसेक र वर्षायाममा एक हजार क्युसेक पानी छोड्नुपर्ने महाकाली सन्धिमा उल्लेख भए पनि भारतले एकलौटी रूपमै पानीको उपभोग गर्न थालेको उनले वताए  ।

    महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्यअन्तर्गत नेपालतर्फको नहर निर्माणको कार्य सुरु भइसक्दासमेत भारतले बनाइदिने भनिएको एक हजार दुई सय मिटर नहर निर्माण नहुँदा स्थानीयले निर्धारित समयमै पानी पाउन नसक्ने निश्चित भएको महाकाली सिँचाइ आयोजनाका प्रमुख देवनारायण मिश्रले बताए  । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %