मगर संघ हंगकंगको नयाँ बर्ष

Read Time:2 Minute, 8 Second

३१ डिसेम्वर, हंगकंग मगर संघ हंगकंगको सांस्कृति समितिलाई रोष गुमष्ठाको नामले चिनिन्छ । सदा बर्ष झै यस बर्ष पनि रोष गुमष्ठाको आयोजनामा दोहोरी सुझ रेष्टूरेण्टमा नयबर्षको उपलक्ष्यमा रात्री भोज तथा शुभकामना आदान प्रदान गरी हर्षोउल्लासका साथ  काउन्ट डाउन्ट गर्दै नयु बर्षको भब्य रुपमा स्वागत गरीयो ।

समितिका अध्यक्ष मीना राना मगरको अध्यक्षतामा साथै मगर संघ हंगकंग सांस्कृतिक समितिका पूर्व सदस्य तथा सदावाहार गायक विरबहादुर थापा मगरको प्रमुख आतिथ्यमा सचिब तिलक सामैको सचालन र उपाध्यक्ष रवीद्र थापा मगरले स्वागत मन्तब्य दिएका थिए । अन्य अतिथिहरुमा मगर संघ हंगकंगका अध्यक्ष चन्द्रज्योति आले मगर, निवर्तमान अध्यक्ष एमवि थापा मगर, पूर्व अध्यक्षहरु हुमबहादुर थापा मगर, एकबहादुर राना मगर, नेत्र पहराई मगर लगायत संघका पूर्व तथा बर्तमान अन्य पदाधिकारीहरु र बरिष्ठ संगीतकार दिनेश सुब्बा, बरिष्ट तबला बादक कृष्ण भक्त महर्जन र अन्य महानुभावहरको पनि भब्य उपस्थिति रहेको थियो ।

रोष गुमष्ठाको आयोजनामा गत डिसेम्वर २५ का दिन भलिवल प्रतियोगिता चुन मुन बर्टर लाई विचमा सम्पन्न भएको हुदाँ र उक्त कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सवैलाई प्रशंसा पत्र पनि प्रदान गरीएको थियो । सदावाहार गायक विरबहादुर थापा मगरले गाउनु भएको थियो भने अबेरसम्म डिजे डान्स चलेको थियो ।  

भिम बरही मगर/हङ्कङ्

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %