चीनले समयमै अलर्ट जारी गरेको भए जनधनको क्षति न्यून गर्न सकिन्थ्यो : सिद्धिकी

Read Time:1 Minute, 9 Second

राज्यसत्ता ,

काठमाडौं । गत असार २४ गते रसुवागढीमा आएको भयानक बाढीका बारे राष्ट्रिय सभामा सांसदहरुले आवाज उठाएका छन् ।

जनता समाजवादी पार्टी नेपालका तर्फबाट राष्ट्रिय सभा सदस्य मो.खालिद सिद्धिकीले सो बाढीमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहत र उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र प्रशासनलाई धन्यवादसमेत दिएका हुन् ।

राष्ट्रिय सभा सदस्य सिद्धिकीले चीनको तर्फबाट समयमै अलर्ट जारी भएको भए जनधनको ठूलो क्षति हुनबाट रोक्न सकिने बताए । 

उनले भने, ‘यो क्षति बाढीका कारणले होस् वा ग्लेसियर फुटेको कारणले होस्, चीनको तर्फबाट समयमै अलर्ट जारी भएको भए जनधनको क्षति न्यून गर्न सकिन्थ्यो । आउने दिनमा यससम्बन्धी विशेष सतर्कता अपनाउन जरुरी देखिन्छ ।’

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %