सरकारको ‘बालश्रम मुक्त घोषणा नारामै सीमित, ११ लाख बालबालिका श्रममा

Read Time:4 Minute, 0 Second

काठमाडौँ, असार ३२ ।
सरकारले यही वर्षभित्र नेपाललाई बालश्रम मुक्त राष्ट्र घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ । उक्त लक्ष्य पूरा हुन ९ महिनामात्रै बाँकी रहँदा देशभरका ७५३ स्थानीय तहमध्ये १० वटा पालिकामात्रै बालश्रम मुक्त घोषणा भएका छन । बाँकी ९ महिनामा ७४३ स्थानीय तह बालश्रम मुक्त घोषणा भइसक्छन त भन्नेमा ठुलो आशंका देखिन्छ ।


श्रम मन्त्रालयको प्रतिवेदनले ११ लाख बालबालिका श्रममा संलग्न रहेको देखाएको छ, जसमध्ये ८७५ कृषि क्षेत्रमा छन । बालश्रम निवारणको बाटो नीतिगत अस्पष्टता, स्रोतको अभाव र कार्यान्वयनको फितलोपनका कारण जटिल बनेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो पटक ‘राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन, २०८२’ सार्वजनिक गरेको छ । बाल श्रमको हालको अवस्था, अहिलेसम्म के भयो र कुन–कुन निकायबाट बालबालिकाको क्षेत्रमा काम गरिरहेका छन जस्ता विषय समेटेर पहिलो पटक प्रतिवेदन तयार पारेको हो ।

मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनले नेपालमा बालश्रमको अवस्था, यसका चुनौती र आगामी रणनीतिका विषयमा गम्भीर बहस सिर्जना गरेको छ । कार्यक्रममा सरोकारवालाहरूले व्यक्त गरेका विचारले बालश्रम उन्मुलनको बाटो नीतिगत अस्पष्टता, स्रोतको अभाव र कार्यान्वयनको फितलोपनका कारण जटिल बनेको देखाउँछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालद्घारा पहिलो पटक ‘राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन, २०८२’ सार्वजनिक गरेको छ । बाल श्रमको हालको अवस्था, अहिलेसम्म के भयो र कुन–कुन निकायबाट बालबालिकाको क्षेत्रमा काम गरिरहेका छन जस्ता विषय समेटेर पहिलो पटक प्रतिवेदन तयार पारेको हो ।

११ लाख बालबालिका श्रममा, ८७ प्रतिशत कृषिमा

तिवेदनले नेपालमा बालश्रमको भयावह तस्बिर प्रस्तुत गरेको छ । नेपाल श्रम शक्ति सर्वेक्षण २०१७ र १८ को तथ्याङ्कलाई आधार मान्दै प्रतिवेदनले हाल देशमा १० लाख ८१ हजार बालबालिका कुल बालबालिकाको १५.३ प्रतिशत श्रममा संलग्न रहेको देखाएको छ । तीमध्ये ८७ प्रतिशत बालबालिका कृषि क्षेत्रमा कार्यरत छन् भने २ लाख २२ हजार बालबालिका जोखिमपूर्ण श्रममा संलग्न छन ।

मन्त्रालयका उपसचिव जितेन्द्र शर्माले प्रतिवेदन प्रस्तुत गर्दैे विश्वव्यापी रूपमा बालश्रम घट्दै गए पनि नेपालको अवस्था चिन्ताजनक रहेको बताए ।प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा सबैभन्दा धेरै ९२ लाख ३ हजार बालबालिका श्रममा छन भने जनसंख्याको अनुपातमा कर्णाली प्रदेशमा सबैभन्दा बढी ९२४.६ प्रतिशत बालश्रम रहेको छ ।

यो तथ्याङ्कले २०८२ सालसम्ममा बालश्रम उन्मुलन गर्ने सरकारी लक्ष्यलाई ठाडो चुनौती दिएको छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %