उदयपुर ४ कात्तिक
खलासीले चलाएको बसको ठक्करबाट गम्भीर घाइते बनेका उदयपुरको त्रियुगा नगरपालिका–१ करमगाछीका १८ वर्षीय सुदिप खड्कालाई उपचारका लागि धरान लानेक्रममा आज बिहान मृत्यु भएको छ ।
गाईघाटबाट काठमाडौँ जान लागेको ना३ख ८४३१ नंको उदयपुर सफरीले उदयपुरको त्रियुगा नगरपालिका–१ करमगाछीमा बिहान ६ बजे सडकमा हिँड्दै गरेका युवकलाई ठक्कर दिएर बस भागेको थियो ।
ठक्करपछि सडकमै पल्टिएका घाइतेलाई आफन्तले उपचारका लागि जिल्ला अस्पताल गाईघाट पु¥याएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लाने क्रममा मृत्यु भएको मृतकका बुबा सादुराम खड्काले बताए ।
घटनापछि आक्रोशित युवाले ठक्कर दिएर बसपार्कमा राखेको बसमा तोडफोड गरेका छन् । प्रहरीले बस नियन्त्रणमा लिई आगो लगाउनबाट जोगाए पनि चालक भने फरार रहेका छन् ।
घटनापछि मृतकका आफन्तले उदयपुर सदरमुकाम गाईघाटबाट चल्ने सम्पूर्ण यातायात सञ्चालन हुन दिएका छैनन् । प्रहरीले यातायात सुचारु गराउन प्रयास गरिरहेको जनाएको छ ।
रासस