
कस्मिरा खासु
काठमाण्डौं, असार ३१
नरहरि घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको जिम्मेवारी दिइएको छ । खोटाङको प्रमुख जिल्ला अधिकारी रहेका घिमिरेलाई मंगलबार गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गर्नुभएको हो । घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गर्नुभएको थियो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख विष्णुप्रसाद कोइरालालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै अध्यागमन विभाग महानिर्देशक पनि हेरफेर गरिएको छ। विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृहमन्त्रालय सरुवा गरेर गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई विभागको जिम्मेवारी दिइएको हमन्त्रालयले राज्यसत्ता डट.कमलाई जानकारी दिएको छ ।