विद्योदयमा ‘बुक फ्रि फ्राइडे :: सिकाइको नयाँ यात्रा, जीवनको रंगीन पाठशाला

Read Time:6 Minute, 59 Second

राज्यसत्ता ,

म्याग्दी, असार ३० – किताबका पानाहरू पल्टाएर मात्र होइन, जीवनका रंगहरूमा रंगिएर सिक्ने एउटा अनुपम अवसर बेनी नगरपालिका–१०, वाखेतको श्री विद्योदय आधारभूत विद्यालयले सिर्जना गरेको छ । ‘बुक फ्रि फ्राइडे’ नामक नवप्रवर्तनशील अभियानले विद्यार्थीहरूलाई परम्परागत पाठ्यपुस्तकको साँघुरो घेराबाट मुक्त गर्दै उनीहरूको सृजनशीलता, आत्मविश्वास र जीवन कौशललाई उजागर गर्ने प्रेरणादायी यात्रा सुरु गरेको छ । यो पहलले हरेक बालबालिकाको मनमा सपनाको बीउ रोप्दै उनीहरूलाई जीवनको साँचो अर्थ बुझाउने सुनौलो अवसर प्रदान गर्ने जर्मको गरेको छ।


आज शुुक्रबार विद्यालयको कौसीमा हाउस अनुसार ब्लक विभाजन गरी विद्यार्थीहरूले माटो, कम्पोस्ट मल र बालुुवाको मिश्रण तयार गरेर पुुरना बोरा र काठका फ्रेम बनाएर बिरुवा रोपेका छन् । कौसीमा विद्यार्थीहरू आफ्ना हातले फर्सी, भिन्डी, खुर्सानी, मुला, रायो, सिमीलगायत मौसमी तरकारीहरू रोपेर कृषिजन्य ज्ञानसँगै श्रम संस्कार सिक्दैछन् । यसले विद्यार्थीहरूलाई प्रकृतिसँगको सम्बन्ध र जिम्मेवारीबोध विकास गराउन मद्दत र्पुयाउने विद्यालयको अपेक्षा छ । विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले यो अभियानलाई थप सशक्त बनाउन अथक नेतृत्व प्रदान गरिरहेका गरिरहनुु भएको छ । उहाँ भन्नुहुन्छ–“हाम्रो विद्यालयले सधैं विद्यार्थीको सर्वाङगीण विकासलाई प्राथमिकता दिएको छ । ‘बुक फ्रि फ्राइडे’ले हाम्रा विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा माथि उठेर जीवनका व्यावहारिक पाठहरू सिक्ने अवसर प्रदान गरेको छ । हामी यो अभियानलाई अझ विस्तार गर्न चाहन्छौं, तर यसका लागि समुदायको साथ र सहयोग अपरिहार्य छ।”


यता विद्यालयमा सञ्चालित कार्यक्रमले विद्यार्थीको आत्मबल अभिवृद्धि गर्न सघाउने विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका बहादुुर पाइजाको विश्वास छ । उहाँले भन्नुुभयोे, “श्रम र उत्पादनसँग जोडिएको शिक्षा दीर्घकालीन परिवर्तन ल्याउन सक्छ।” बेनी नगरपालिका–१०, का वडा अध्यक्ष मस्बीर रोकाले कार्यक्रमप्रति वडा कार्यालयको पूर्ण साथ रहने उल्लेख गर्दै भन्नुुभयो, “शिक्षा केवल किताबमा सीमित हुनुहुँदैन। यस्तो व्यवहारिक अभ्यासबाट बालबालिकामा नेतृत्व, श्रमशीलता र जीवन बुझ्ने चेत विकास हुन्छ। वडा कार्यालयले थप प्रविधि, स्रोत र सामग्रीको सहयोग गर्दै लैजाने प्रतिबद्धता लिएको छ।”  
विद्यालय इन्चार्ज शोभाकान्त लामिछानेका अनुसार, “यो कार्यक्रमले बालबालिकालाई जिम्मेवार, आत्मनिर्भर र जीवनोपयोगी सीप सिकाउन मद्दत गर्छ।” कार्यक्रमका संयोजक शिक्षक अमृता जिसी रोका भन्नुुहुन्छ–“हाम्रा बालबालिकामा लुकेका अनगिन्ती प्रतिभाहरू छन् । ‘बुक फ्रि फ्राइडे’ले ती प्रतिभालाई उजागर गर्न र उनीहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गर्न कोसेढुंगा बनेको छ। विद्योदय बाल क्लबका अध्यक्ष तथा कक्षा ८ की छात्रा सुप्रिया पाइजाले उत्साहपूर्वक भन्नुुहुन्छ –“पाठ्यपुस्तक पढ्दा कहिलेकाहीं थकान हुन्थ्यो, तर आफैंले बिरुवा रोप्दा रमाइलो लाग्छ । हामीले प्रकृतिलाई बुझ्न पाएका छौं।”  अभिभावक तथा शिक्षक खमिसरा बुुढाथोकी पाइजाभन्नु हुन्छ –“पहिला छोरा किताब पढेर मात्र होमवर्क गथ्र्यो। अहिले स्कुल गएर के रोप्यो, के देख्यो भन्ने कुरा सुनाउँछ ।  खुुसी लागेको छ ।
अभियानको पहिलो चरणमा तरकारी खेती सुरु गरिएको छ भने आगामी दिनमा विद्यार्थीहरुले कौसीमा तरकारी फलाउने, रंगीचंगी फूलबारी सजाउने, बगैंचाको स्याहार गर्ने, स्वच्छता अभियानमा जुट्ने, चित्रकला, हस्तकला, कविता लेखन, उद्घोषण तथा पत्रकारिता, वक्तृत्वकला, खेलकुद र सांस्कृतिक गतिविधिमा रमाउने अवसरले विद्यार्थीहरूको मनमा उत्साह र उमंगको नयाँ रंग भर्नेछन् । बि.स. २०२२ सालमा स्थापना भएको विद्यालय हाल बालविकास देखि कक्षा ८ सम्म ७७ जना विद्यार्थीहरु अध्यापनरत छन् भने विद्यालयमा कर्मचारी, बालविकास र निजी सहति ११ जना शिक्षक कर्मचारीहरु कार्र्यरत छन् ।  
आधारभूत विद्यालयको एकल प्रयासले म्याग्दीमै पहिलोपटक सुरुवात गरिएको ‘बुक फ्रि फ्राइडे’ अभियानले विद्यालय, समुदाय र जीवनलाई जोड्ने सुनौलो सेतु बनाएर समग्र शिक्षाको मर्मलाई जीवन्त बनाउँदै राष्ट्रिय शिक्षा नीतिले परिकल्पना गरेको “सीपमूलक, नैतिक र व्यवहारिक शिक्षा” को सपनालाई साकार पार्ने विद्यालयको विश्वास छ । यो अभियानलाई निरन्तरता दिन र थप प्रभावकारी बनाउन अभिभावक, शिक्षक, समुदाय र सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेको भन्दै विद्यालयले सबैलाई यो प्रेरणादायी यात्रामा हातेमालो गर्न अपिल गरेको छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %