दश गजा नदेखाउन रु ५ करोडको अफर आएको थियो-खड्का

Read Time:6 Minute, 39 Second


जाउ साथी स्वदेशमै झुक्दैन नेपाली ठिटो
विदेशीको रोटी भन्दा त आफ्नै ढिडो मिठो ।

यो माथि उल्लेखित शब्द २७ डिसेम्वरमा हंगकंग नेपाली महासंघको आयोजनामा याउ मा तेइ कम्यूनिटी हलमा प्रर्दशन भएको बेला गुन्जिएको दश गजा फिल्मको गीतको एक अंश हो । निर्माता साथै नायक समेत रहेका नोवल खड्काको विशेष आतिथ्यमा अध्यक्ष प्रदिप थापा मगरको अध्यक्षतामा महासचिब रीता गुरुङले कार्यक्रम साचालन गरेकी थिइन् । नायक खड्काले यो फिल्म प्रर्दशन नगर्न अनुरोध गर्दै भारतीय दतावासले ५ करोडको आफूलाई प्रलोभन देखाएको थियो तर म मानिन र यसमा नेपाल सरकार पनि लागेर सोही अनुसार गरेको भन्नु भए जस्तै सेन्सर गर्दा धेरै नै दृश्य र सम्वादहरुलाई नेपाल सरकार सेन्सर बोर्डले काटछाट गरेको प्रस्ट हुन्थ्यो र यसमा पनि राजेश हमालले दिएको एउटा सम्वाद थियो जसमा बेलुका सुत्ने बेलामा नेपाली हामी भोलि उठ्ने बेलामा भारतीय भइरहेको हुन्छौं भन्दा भारतीय भन्ने शब्द उच्चारण गर्ने बेलामा घण्टीको आवाज राखी प्रष्ट नसुनिने खालको बनाएको पाइयो । तेस्तै नेता तथा मन्त्रीले बोल्ने बेलामा पनि भारतीय मन्त्रीसँग भएको सम्बादमा आपुको कोशी दिया महाकाली दिया गण्डकी दिया भन्दै यहि शब्द उच्चरण गर्ने बेलामा यस्तो आवाज राखिएको छ । जुन स्वाभिमानी नेपालीलाई राष्ट्रप्रति माया छ त्यो नेपालीले यो फिल्म एक चाटि हेर्नै पर्ने रहेछ ।

नेपालका नेताहरुले भाषण गर्दा हाम्रो स्वाभिमान र हाम्रो देश प्राण भन्दा प्यारो छ यो जोगाउन हामी जे पनि गर्न तयार छौं राष्ट्रको अहित हुने काममा कुनै पनि किसिमको कसैसँग पनि सम्झौता हुनै सक्दैन भन्ने गरेको पाइन्छ । तर विडम्वना काम गर्ने बेलामा जे बोल्छन ठीक उल्टो गर्छन । सीमा क्षेत्रका जनताको जुन किसिमको समस्या छ अनि एस वि आइले जुन किसिमको दुख दिइ अत्याचार गरीरहेको छ यसमा नेपालका नेताहरु ठ्याक्कै फिल्ममा गरीए जस्तै नै मुकदर्शक भएर बसेको देखिन्छ । नेपाल संघीयतामा गएर पनि हालसम्म पुष्प कमल दाहाल प्रचण्ड माधब कुमार नेपाल झलनाथ खनाल प्रधानमन्त्रीको आराम कसर्ीमा बसीसके र अहिले बाबुराम भट्टराइ बसीरहेका छन तर पहिलेको पंाचे तथा भारतीय दलाल प्रधानमन्त्रीहरुले जस्तै यी चारै जना प्रधानमन्त्रीले पनि भारतीय दलाल गरी जनताको आँखामा छारो हाल्ने काम भन्दा अरु नगरेको हामीले देखिरहेका छौं नत्र यत्रो विकराल समस्या हुदु पनि यी नेता भनाउदा भारतीय दलाल नभएका भए बोल्थे होलान त्यसैले यी सवै माइकलाल प्रधानमन्त्रीहरु भारत भ्रमण जादा चुक्कसम्म बोलेनन नेपाली काग्रेसकी नेतृ भाउदी सुजाता कोइरालाले त सुस्तामा सीमाना मिचिएको छैन भनेर अभिब्यक्ति नै दिएकी थिइन । अब नेपालको लागि नेताको मुख हेरेर होइन जनताहरु नै जागृत हुने बेला आएको छ । यसमा पनि नेपालका आदिवासी जनजातिको सवाललाई हेर्ने हो भने अझै स्थिति कहाली लाग्दो छ ।


कथित जनयुद्धको समयमा जातिय स्वाशासन र स्वयत्त प्रदेश र संघीयताको नारा माओवादीले जसरी बाड्यो र सोझा जनाता त्यसमा पनि मगरहरु जति आशाबादी भएर बन्दुक बोके र ज्यानको आहती दिए आज आएर यी सवै नारा र भाषणमा मात्रै सीमित राखेर उल्टो यी सवै नदिने प्रपन्च माओबादी आफैले बुनिरहेको छ । काग्रेसले त यी कुराहरुलाई अप्ठ्यारो परोस भनेर राज्यपुनसंरचनाको प्रस्तावित खाका समेत भिन्न तरीकाले प्रस्तुत गरेको छ । एमालेले यो पनि हुन्छ भन्छ त्यो पनि हुन्छ भन्छ तर कहिल्यै निर्णयक कुरा पनि गर्दैन र भूमिका पनि खेल्दैन ।

यस्तो नेताहरु ज्ााे देश र जनताप्रति नसंबेदनशील छन नउत्तरदायी नै छन भने यी राजनेता होइनन यी सवै भ्रष्ट र दलाल नेताहरु हुन भन्ने कुरा प्रष्ट हुदैछ । देश भ्रष्टचारी र आतंककारीको अखडा भइसकेको छ । त्यसैले राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब केशव सुर्यबंशीले भने जस्तै अबको संबिधानमा ज्यान मार्ने र भ्रष्टचार गर्नेलाई फासीसम्मको सजायको ब्यवस्था गर्नु पर्छ नत्र नेपाल र नेपाली जनताको सुदिन कहिल्यै आउने छैन । दिन डाहादै गोली हानिन्छ निमुखा जनता मारिन्छ तर जनताको ज्यान र धनको सुरक्षा दिन्छु भनेर कसर्ीमा बस्ने नेताहरुलाई प्रवाह छैन यस्तो कि्रयाकलापले थाहा हुन्छ नेपालका नेताहरु के चाहन्छन र के गरीरहेको छन र भोलिको दिनमा अझै यिनीहरुको असली अनुहार प्रस्ट रुपमा उदाङगिनेछ । अब  धेरै समय लाग्दैन ।

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %