नेपाली तारा दिपक लिम्बु र गायिका सुनिता दुलालले हङकङको आई याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न स्वर श्रृति साँझमा दर्शक सामु जमेर छाए । नेप्लिज आर्ट एण्ड कल्चर एसोसियनको निमन्त्रणामा २५ डिसेम्बरमा उनीहरुले हङकङे नेपालीहरुलाई भरपुर मनोरन्जन गराएका हुन । नेपाली महाबाणिज्यदूत विनोदकुमार उपाध्यायको प्रमुख आतिथ्य तथा अध्यक्ष नन्द चान्सुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
अध्यक्ष चान्सुले दिएको अनुसार हङकङमा भएका संगीत प्रेमीहरुको संस्था भएकोले कला र संस्कृतिको जर्गेना गर्ने संस्थाको उदेश्य रहेकोले भविष्यमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
सचिव लोकेश बोगटीले औपचारिक कार्यक्रम साचालन गरेका थिए र विशेष अतिथि र अतिथिहरुमा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दर्शकहरुको पनि उल्लेखनिय उपस्थिति रहेको थियो ।