नेपालका राष्ट्रिय मुक्केबाज भुवन सिंह गुरुङको निधन

Read Time:2 Minute, 57 Second

राज्यसत्ता ,

लन्डन – देशले भुलेका नेपालका राष्ट्रिय बक्सिङ खेलाडी भुवन सिंह गुरुङको लन्डनमा २०२५ मई ६ तारिखका दिन निधन भएको छ।

सैनिक जीवन र खेलकुद करियर

गुरुङ बेलायती सेनामा ई.सं.१९६२ सालमा भर्ति भएर मलेसियाको सुंगाई पटानीमा गएका थिए। आर्मी नं.२११५०५६३ ल्यान्स कर्पोरल भुवन सिंह गुरुङ क्यू.जी.ई./रेजिमेन्टका प्लान्ट फिटरमा कार्यरत थिए।

पल्टनमा हुँदा खेलकुदमा प्रायःसबैमा रुची राख्नु हुने गुरुङले फुटबलमा नेपाल कप खेलेका थिए। गुरुङ बक्सिङमा ब्रिटिस फोर्सेस फर ईस्ट (बि.एफ.एफ.ई./सिटी ल्यान्डफोर्सेस) च्याम्पियनसिपकप खेलेका थिए।

राष्ट्रिय खेलाडीको रूपमा सफलता

लेफ्टेन्ट हरि बहादुर गुरुङका अनुसार अवकाशपछि उनी बक्सिङमा नेपालको राष्ट्रिय टिमबाट पूर्वी एसियाका जापान, सिंगापुर, मलेसिया, हङकङ, चाइना र फिलिपिन्समा समेत गएर खेलेका थिए।

यादगार घटना

रेजिमेन्टल दशै पार्टीमा मनोरञ्जनको लागि जोकर देखाउँदा झुकिएर हान्दा साथी दाँवा शेर्पाको अगाडिका दाँत झारिदिएको हरि गुरुङले स्मरण गर्नुहुन्छ।

बेवास्ता र संघर्ष

दुर्भाग्य गुरुङलाई न त पल्टनले चिन्यो न त नेपाल सरकारले नै चिन्यो। ई.सं.१९६८ सालमा अवकाश पश्चात नेपाल पुर्खेउली थलो संखुवासभा जिल्ला, चिचिला गाउँपालिका, पोखरी गाउँमा गएर परिवार सितबस्नु भयो।

अन्तिम दिनहरू

उनी बेलायत आएपछि हन्सलो, लन्डनमा छोरी संगबस्दै आएका थिए। गुरुङ विभिन्न संघ संस्थामा आबद्ध रहेकै बेला ८२ वर्षको उमेरमा २०२५ मई ६ तारिखका दिन सदाका लागि अस्ताए।

अन्त्येष्टि

गुरुङको पार्थिव शरीरलाई २२ मई २०२५का दिन South West Middlesex Crematorium, Hounslow Road, Feltham मा बौद्ध धर्म परम्परा अनुसार अन्तेष्टी गरिएको थियो।

परिवार

उनका ९ जना छोरीहरू छन् भने श्रीमती २०२२ मा लन्डनमै निधन भएको थियो।


एक राष्ट्रिय खेलाडीको यस्तो बेवास्ता र विस्मृतिले हाम्रो खेलकुद क्षेत्रको वास्तविकतालाई झल्काउँछ।

2 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %