राज्यसत्ता ,
भगवान् सम्यक्सम्बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण वैशाखपूर्णिमाको दिनमा नै भएको तथ्य सर्वसाधारणरूपले मानि अअइए कै छ। केही विद्वानहरूद्वार तर्क-वितर्क गरेर अन्तर रहेको विचार प्रकट गरिए पनि यस मान्यताको लोकप्रियता बढेर नै गइरहेको छ, घटेर गएको छैन। समयानुसार बुद्ध-धर्मावलम्बीहरूमा जागरण अअएकोले फेरि पनि सम्यक्सम्बुद्धका जीवनीसँग सम्बन्धितै यस दिनलार्इ विशेष मान्ने चलन नभएको ठाउँमा चलन गर्न थाले, चलन भएको ठाउँमा झन भव्य किसिमले मान्न थाले।

त्यस्तै नेपालमा पनि यसको प्रचलन गरेको मात्र होइन कि राष्ट्रियस्तरले नै मान्यता दिएर भव्यकिसिमले मान्न थालिसकिएको छ। यस बैशाखपूर्णिमाको उपलक्ष्यलार्इ लिएर नेपालमा पनि धेरै नै पर्चा, पम्प्लेट, पत्रिका र पुस्तक आदि प्रकाशित गरेर प्रचार प्रसार भइरहेको छ। भगवान् बुद्धका जीवनीसँग सम्बन्धित घटनाहरू समावेश गरी जेबी-पात्रो छापी अअइएको पनि बीस वर्ष नै हुन लागेको छ। धर्मका धेरै नै पुस्तकहरूमा पनि भगवान्को जन्म, सम्बोधिलाभ र महापरिनिर्वाण भएको दिन बैशाखपूर्णिमा भनेर नै लेखिएका छन्। तै पनि कसैकसैको मनमा यस अवधारणाको प्रामाणिक उल्लेख कहाँ छ होला, र कति पुराना होला भनी मनमा उत्पन्न हुने प्रश्नको उत्तर सन्तोषजनक हुने गरी खोजी नीति गरी भेटाएर प्रस्तुत गर्नेहरू सजिलै नदेखिएकोले यहाँ मैले पालिसाहित्यमा उपलब्ध रहेका उल्लेखहरू अलिकति प्रस्तुत गर्दैछु।
१) भगवान बुद्धको जन्मः
महापुरिसो पन विसाख नक्खत्तेन जातो च।
२८ बुद्ध पकिण्ण कथा, पृष्ठ ५४२, मधुरत्थविलासिनी (बुद्धवंस अट्ठकथा) खुद्दकनिकाय।
यस वाक्यको अर्थ यस्तो हो- उहाँ महापुरुष (भगवान् बुद्ध) बैशाख नक्षत्र (पूर्णिमा) को दिनमा जन्मनुभयो।
थाई ज्योतिषीहरूको गणना अनुसार भगवान् बुद्ध बैशाखनक्षत्र अर्थात् बैशाखपूर्णिमा, शुक्रवारको दिनमा जन्मिनुभयो भनी निर्णय गरीराखेका छन्।
२) भगवान् बुद्धको सम्बोधिलाभ:
महापुरिसो पन विशाख नक्खत्तेन अभिसम्बुद्धो च।
माथि कै पुस्तक र पृष्ठ
यस वाक्यको अर्थ यस्तो होः
उहाँ महापुरुष (भगवान् बुद्ध) बैशाखनक्षत्र (पूर्णिमा) को दिनमा नै बुद्ध पनि हुनुभयो ।
योभन्दा पनि स्पष्टसँग बोलिएको ‘भगवा हि विसाखपुण्णमाय रत्तिया पठमयामे पुब्बेनिवासं अनुस्सरि। मज्झिमयामे दिब्बचक्खुं विसोधेसि। पच्छिमयामे पटिच्चसमुप्पादं अनुलोमपटिलोमं मनसिकत्वा इदानि ‘अरुणो उग्गमिस्सती’ ति सब्बञ्ञुत्तं पापुणि। सब्बञ्ञुतप्पत्ति सनन्तरमेव च अरुणो उग्गच्छि।
समन्तपासादिका दुतियभागो, पृष्ठ ७
यसको अर्थ यस्तो हो – भगवान्ले बैशाख पूर्णिमामा नै बेलुकाको प्रथम याममा पूर्वजन्मका कुराहरू (पुब्बेनिवासं) स्मरण गर्नुभयो। मध्यमयाममा दिव्यचक्षु छर्लङ्ग गर्नुभयो (विसोधेसि)। सबभन्दा पछिको याममा प्रतीत्यसमुत्पादलार्इ अनुलोम प्रतिलोम गरी मनन गरी अरूणोदय हुनलाग्दा सर्वज्ञज्ञान प्राप्त गर्नुभयो । सर्वज्ञज्ञान प्राप्त गरिसक्नुभएपछि मात्र घाम झुल्क्यो।
अर्को पनि छ :
एकपल्लङ्केनाति विसाखपुण्णमाय अनत्थंगते येव सुरिये अपराजितपल्लङ्कवरे वजिरासने निसिन्नकालतो पट्ठाय सकिम्पि अनुट्ठहित्वा यथा आभुजितेन एकेनेव पल्लङ्केन ।
पठमबोधिसुत्त वण्णना, परमत्थदीपनी (उदान अट्ठकथा) खुद्दकनिकाय, पृष्ठ ३३
यसको अर्थ यस्तो हो- एउटै अअसनमा भन्नुको अर्थ बैशाखपूर्णिमाको दिनमा सूर्यास्त नहुँदैदेखि मारले जित्न नसकिएको उत्तम मचान (अपराजितपल्लङ्कवरे) को वज्रासन (बोधिवृक्षमुनिको आसन) मा बसेदेखि लिएर एकपटक पनि नउठीकन जस्तो गरी शुरूमा बस्नुभएको थियो, त्यस्तै नै गरी बसेर भनिएको हो।
अझ अर्को पनि छ:
अनेक जाति संसारं सन्धाविस्सं …. तण्हानं खयमज्झगा’ति । इदं पठम बुद्धवचनं। केचि यदा हवे पातु भवन्ति धम्माति खन्धके उदानगाथं आहु । एसा पन पटिपदादिवसे सब्बञ्जुत भावपत्तस्स समनस्समयञाणे पच्चयाकारं पच्चवेक्खन्तस्स उप्पन्ना उदान गाथा’ति वेदितब्बा। बाहिरनिदान वण्णना, समन्तपासादिका, पठमो भागो, महाविभंगवण्णना, (विनयट्ठकथा), पृष्ठ १७
त्यसको अर्थ यस्तो हो-
‘अनेक जन्म लिएर संसारमा घुमी हिंडें …. तृष्णा नाश गरिसकेँ’ भन्ने यी गाथाहरू प्रथम बुद्धवचन हो। कोही कोही आचार्यहरूले जब धर्म देखिन थाल्छ… भनिएको खन्धकमा रहेको उदान गाथाहरूलार्इ प्रथम बुद्धवचन हो, भनी भन्छन्। यो कुरो सर्वज्ञज्ञान प्राप्त भइसकेपछि प्रसन्न भएर अअफूले प्राप्त गरेको ज्ञानमा प्रत्यय आकारलार्इ प्रत्यवेक्षण गरिरहनुभएका भगवान्को श्रीमुखबाट प्रतिपदाको दिनमा उत्पन्न भएका उदान गाथाहरू हुन् भनी जान्नुपर्छ। माथिको उल्लेखले स्पष्ट हुन्छ कि भगवान् बैशाखपूर्णिमाको दिनमा साँझ वज्रासनमा बसेर रात बित्न अगावै अर्थात् प्रतिपदा लाग्नुभन्दा अगावै नै (पूर्णिमा कै दिनमा) सम्बोधिलाभ गर्नुभएको हो।
थाई ज्यातिषीहरूले ‘भगवान्ले ज्ञान लाभ गर्नुभएको दिन वैशाखपूर्णिमा बुधवार हो’ भनी निर्णय गरिराखेका छन्।
३) भगवान् बुद्धको महापरिनिर्वाणः
धम्मचक्कप्पवत्तनं हि आदिं कत्वा याव सुभद्दपरिब्बाजक विनयना कतं बुद्धकिच्चे कुसिनारायं उपवत्तने मल्लानं सालवने यमकसालानमन्तरे पच्चूससमये अनुपादिसेसाय विसाखपुण्णमीदिवसे निब्बानधातुया परिनिब्बुते ।
बाहिरनिदान वण्णना, समन्तपासादिका (पठमो भागो), पृष्ठ ५
यसको अर्थ यस्तो होः
धर्मचक्र प्रवर्तन गर्नुभएदेखि लिएर सुभद्र परिव्राजकलार्इ बोध गर्नुभएकोसम्मका भगवान् बुद्धका सम्पूर्ण बुद्धकृत्य सिध्याएर कुसिनाराको उपवत्तन भनिने मल्लहरूको शालवनको दुइवटा शालवृक्षमुनि बैशाखपूर्णिमाको दिनमा एकाविहानै (उज्यालो भएपछि) भगवानले अनुपादिशेष निर्वाणधातुमा परिनिर्वाण हुनुभएपछि…।
त्यस्तै नै अर्को पनि छ:
कुसिनारायं उपवत्तने मल्लानं सालवने यमकसालानमन्तरे विसाखपुण्णमी दिवसे पच्चूस समये अनुपादिसेसाय निब्बानधातुया परिनिब्बते…।
पठम महासंगीतिकथा, सुमंगलविलासिनि, सीलखन्ध वण्णना, पठमोभागो, दीघनिकाय अट्ठकथा
यसको अर्थ यस्तो होः
कुशीनाराको उपवत्तनमा मल्लहरूको शालवनको दुइवटा शालवृक्षमुनि बैशाखपूर्णिमा कै दिनमा एका विहान (उज्यालो भइसकेपछि) भगवान् अनुपादिशेष निर्वाणधातुमा परिनिर्वाण हुनुभएपछि…।
माथि दिइएका दुबै उल्लेखमा पनि भगवान् परिनिर्वाण हुनुभएको दिन र समय समानरूपले अर्थात् बैशाखपूर्णिमाको विहान एवं स्थान कुशिनारा भनी उल्लेख भएको छ।
थाई ज्योतिषीहरूले भगवान् परिनिर्वाण हुनुभएको दिन वैशाखपूर्णिमा तथा मंगलवार हो भनी निर्णय गरिराखेका छन्।
यी घटनाहरू हिजोअअजका ए.एम्. र पी.एम. अनुसार अर्थात् पश्चिमी सौर्यगति हिसाबले लिइराखेको होइन कि हामीकहाँको प्राचीन परम्परा चन्द्रगति अनुसार लिइराखेकोलार्इ हेर्दा एकै दिनमा घटित भएका हुन् भन्ने देखिन्छ। यस कुरालार्इ दोहरो खोली हेर्छौं । भगवान् कुसिनारामा पुगेर परिनिर्वाण शैय्यामा लेटेर बसी रातभर धेरै ध्यानमा बसेर बैशाखपूर्णिमाको विहान उज्यालो हुनथाल्दा भगवान् अनुपादिशेषनिर्वाण हुनुभयो। त्यस्तै नै विहान कपिलवस्तुबाट माइतीघरतिर प्रस्थान गर्नुभएकी महारानी मायादेवी लुम्बिनी वनमा पुगेर त्यहाँ भ्रमण गरिबसेको बेलामा बोधिसत्त्व सिद्धार्थको जन्म भएको थियो। थाई ज्योतिषीहरूको निर्णय अनुसार सिद्धार्थको जन्म भएको विहान ११ बजे हो।
फेरि बोधिसत्त्व सिद्धार्थले सुजाताले दान दिएको क्षीर भोजन गरिसकेपछि अअजको दिनमा सम्बोधिलाभ गर्न सक्ने विश्वास लिएर सोत्थिय नामक ब्राह्मणले दान दिएको अअठमुट्ठी कुश वछ्याएर घाम नअस्ताउँदै वज्रासनमा बसेर मार विजय गरी प्रतिपदाको सूर्योदय नहुँदै सर्वज्ञज्ञान प्राप्त गर्नुभएको हो।
अब्भन्तरनिदान १, रतनचंकमणकण्ड वण्णना, मधुरत्थविलासिनी (बुद्धवंस अट्ठकथा), खुद्दकनिकाय, पृष्ठ ११
यसरी एकाविहानदेखि नै भोली उज्यालो नहुँदासम्मकै पूरा २४ घण्टा समय बुद्धको जीवनमा महान् घटनाहरू घटित भएको वैशाखपूर्णिमा अनुयायीहरूका लागी अत्यन्त पुण्यमय दिन रहको छ।
यसमा प्रयोग गरिएका पुस्तकहरू:
१) समन्तपासादिका नाम विनय पिटक अट्ठकथा महावग्गादि वण्णना (महाखन्धकादि वण्णना) थाईरट्ठे महाचूलालङ्करण राजविद्यालयेन पकासिता अनुस्सरणीयं बुद्धवस्से २५३४
२) मधुरत्थत्थविलासिनी (बुद्धवंस अट्ठकथा) खुद्दकनिकाय, थाईरट्ठे भूमिबलभिक्खु मूलनिधिना पकासिता, बुद्धवस्से २५२२
३) परमत्थदीपनी उदान अट्ठकथा, थाईरट्ठे भूमिबलभिक्खु मूलनिधिना पकासिता
४) समन्तपासादिकानाम विनयट्ठकथा (पठमोभागो) महाविभंगवण्णना सयामरट्ठस्स राजधानीयं महामकुटराजविद्यालयेन पकासिता, बुद्धवस्से २५३२
५) सुमंगलविलासिनी नामक दीघनिकाय अट्ठकथा सीलक्खन्धवण्णना (पठमोभागो), महाविभंगवण्णना सयामरट्ठस्स राजधानीयं महामकुटराजविद्यालयेन पकासिता
६) व्याकरणसार वर्ष १५ अंक १, थाइ होर शास्त्र समागम, महामकुटराजविद्यालय, वात पवरनिवेस विहार, बैंकक ।
(आनन्दभूमि २२/५)
भगवान् बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगयुक्त दिन बैशाखपूर्णिमा बुद्धजयन्ती- २५६८ को उपलक्षमा सम्पूर्ण सत्व प्राणी प्रति कुशल मंगल मैत्री को कामना।
(लेखकः भिक्षु विपस्सी महास्थिवरद्वारा नेवारीबाट नेपालीमा अनुवादित मितिः २ अप्रिल २०२४)
स्रोत: Ranu Pulami