प्रदेश प्रमुख द्वारा कोशी प्रदेश सभाको सातौ अधिवेशन आव्हान  

देबेन्द्र खापुङ

विराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले कोशी प्रदेश सभाको सातौ अधिवेशन आव्हान गर्नुभएको छ ।

प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को मिति २०८२ वैशाख २४ गतेको सिफारिसमा अधिवेशनको आव्हान गर्नुभएको हो ।

सातौ अधिवेशन सम्वत् २०८२ जेठ ४ गते आइतबार दिनको ०२ः०० बजे कोशी प्रदेशको सभाहल, विराटनगरमा बस्नेगरी प्रदेश प्रमुखज्यूले आव्हान गर्नुभएको हो । 

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %