काठमाडाँै, ४ कात्तिक
गृह मन्त्रालयले फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्ड वितरण गर्नका लागि राष्ट्रिय परियचपत्र व्यवस्थापन केन्द्र स्थापना गर्ने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता प्रल्लाद पोख्रेलका अनुसार यसको कार्यान्वयनका लागि कानुनी तथा प्राविधिक तयारी गर्ने कार्य प्रारम्भ भएको छ ।
सरकारले नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका रूपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्ड वितरण कार्यको कार्यान्वयनका लागि छुट्टै केन्द्रीय निकाय स्थापना गर्ने नीति लिएको थियो ।
सोही नीतिअनुरूप मन्त्रालयले यस्तो प्रकारको परिचयपत्र वितरण गर्न कानुनको मस्यौदा बनाउने कार्य सुरु भइरहेको सहप्रवक्ता पोख्रेलले जानकारी गराए । रासस