-पूर्ण बहादुर राना
जनमुक्ति पार्टीको विवाद छताछुल्ल हुँदा काेहि आत्तिनु हुँदैन । किनकि जनमुक्ति पार्टी सबै नेपालीको साझा पार्टी हाे । याे कसैकाे घर भित्रकाे पार्टी हाेईन । पार्टीकाे राम्रो नराम्रो सबै पक्ष जनता माझ पारदर्शी हुनुपर्छ । व्यक्तिको जीवन वा पार्टी जिवनमा उतारचढाव हुन्छ तर आत्तिनु पर्दैन । यस्ता उतारचढावहरू भईरहन्छ, आईरहन्छ र गईरहन्छ ।

कुनै पनि व्यक्ति, संघसंस्थाहरू भित्र गुम्सिएर उकुसमुकुस भईरहेकाे विवाद र विकृतिहरूले साँध(सिमा) नाघ्नैपर्छ । विवाद र विकृतिहरू पराकाष्ठा(Climax) मा पुग्नै पर्छ । बल्ल समस्याले सहि निकास र विकासकाे मार्ग तय गर्छ ।
३५ वर्ष देखि अर्थात २०४७ सालदेखि जनमुक्ति पार्टीका नेता कार्यकर्ताहरू आफ्नै मानाे खाएर टिक्नुनै जितकाे सुनिश्चित हुँदै गएको अवस्था हाे । याे पार्टीले झुट कुरा गर्दैन र गर्नु पनि हुँदैन । कसैले गरे उ आफै पाखा लाग्छ । याे पार्टीमा धेरै जनाकाे अरबाैं खरबाैं रकम लगानी भईसकेकाे छ । हजारौं लाखाैं नेता, कार्यकर्ता र भाेटरकाे पसिना र रगत बगिसकेकाे छ । समय बेतित भईसकेकाे छ । यी सबै रकम, पसिना, रगत र समय बहुजातीय लाेकतान्त्रिक समाजवाद प्राप्त गरि लाई व्यावहारिक कार्यान्वयन गर्नकाे लागि भएकाे लगानी हाे ।
नेपालमा मात्रै हाेईन विश्वमा जनमुक्ति पार्टीकाे विचारधारा लागू भए धार्मिक युद्ध राेकिने छ । भाषिक युद्ध राेकिने छ । जातीय युद्ध राेकिने छ । साँस्कृतिक युद्ध राेकिने छ । क्षेत्रिय युद्ध राेकिने छ । लैङ्गिक युद्ध राेकिने छ । आर्थिक(वर्ग) युद्ध राेकिने छ ।
याे ३५ वर्षे अवधिमा कति पार्टी जन्मे । कति पार्टी निष्क्रिय भए । कति पार्टी एकिकरणकाे नाममा बिलय भए । कति पार्टी आफै बिलय भए । कति पार्टी मृत अवस्थामा जाँदैछ । कति पार्टी मरिसके । तर जनमुक्ति पार्टी वा यसकाे विचार(Ideology), नीति, सिद्धान्त र दर्शन(Philosophy) याे धर्तिमा सजिव वस्तु र निर्जीव वस्तु रहुन्जेल र आकाशमा घाम जुन र तारा रहुन्जेल बाँचिरहने छ । बाँचिरहने छ । बाँचिरहने छ ।