रामबहादुर थापा बादल प्रधानमन्त्रीका दावेदार कि तुरुप मात्रै ?

Read Time:6 Minute, 52 Second


एमाओवादी महासचिव बादल प्रधानमन्त्री बन्ने चर्चा नौलो होइन । जति चर्चा भएको छ उत्तिनै पटक ‘हात्ति आयो आयो फुस्सा !’ भन्ने उखान चरितार्थ भएको छ । वैद्य पक्षलाई प्रधानमन्त्रीको प्रस्ताव आउने हो बादललाई पठाउँछन् कि उनी आफै अघि सर्छन् आजको मितिसम्म ठोकेर भन्न गाह्रै छ । प्यूठान स्थायी घर भएका वैद्यले ‘पोखरेल’ थर छोडेर ‘वैद्य’ लेख्दैमा उनलाई समावेशीता र समानताका पक्षधर नेता मान्न सकिदैन ।

नामको पछाडि ‘मगर’ झुण्ड्याउन नरुचाउने रामबहादुरको ‘बादल’सँग भने निकै सामिप्यता देखिन्छ । उनी प्रधानमन्त्री भयो भने आदिवासी\जनजाति, दलित वा पिछड्याइएका समुदायले के अधिकार पाउँछन् भन्न सकिदैन । तर प्रधानमन्त्री बन्न नदिने कारण मध्येको प्रमुख कारण उनी ‘मगर’ जातिको हुनु भने पक्कै हो । दाहाल, भट्टराई र (वैद्य)पोखरेलको राजनीतिक दक्षता यस्तै विषयमा भएकोमा भने कुनै सन्देह छैन ।

राज्यसत्ता काठमाडौं ब्यूरो

 

 

एनकेपा माओवादी भित्र जबजब संकट आउँछ तब महासचिव रामबहादुर थापा बादलको नाम प्रधानमन्त्रीको रुपमा चर्चामा आउँछ । तर अहिलेसम्म कार्यान्वयन भएको छैन । मंसिर २८ गते एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा मोहन वैद्यले बादललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको विषय यतिबेला चर्चामा छ ।

वैद्य र बादलको संयुक्त पहलमा धोबिघाट गठबन्धनबाट अध्यक्ष दाहालको एकलवादी हैकम तोडिएपछि प्रधानमन्त्री बन्ने अवसर पाएका डा बाबुराम भट्टराईकै विकल्पको रुपमा बादललाई प्रधानमन्त्री बनाउनु पर्ने वैद्यको दाबी छ । तर उनको यो दाबी भट्टराईको झाँको झार्न वैद्यले फ्याँको तुरुप मात्रै हो कि बहसकै लागि अघि सारिएको हो ठ्याक्कै भन्न गाह्रो छ ।

वैद्य पक्ष (उनीहरु आफै चाहिँ विचार समूह भन्ने गर्छन्) अवसरबाट बन्चित नेताहरुको जमात हो । सचार माध्यमले भने जसरी जनविद्रोह वा अर्को क्रान्तिका लागि बनेको समूह हुँदै होइन । जसमा अधिकाँश आदिवासी जनजाति, दलित, मधेशी र महिलाहरु छन् ।  वैद्य पक्षीय एक महिला नेतृको भनाईमा संस्थापन पक्षले लडाईको बेलाका दुश्मनलाई काखी च्यापेर हिजोको सहयात्रीलाई शत्रुको व्यवहार गरेपछि यो समूह जन्मिएको हो ।

उपाध्यक्ष वैद्य आफैलाई पनि अवसर नपाएको वा अवसरबाट बन्चित गराइएको नेताको रुपमा लिन्छन् । जसले गर्दा वैद्य पक्षलाई प्रधानमन्त्रीको प्रस्ताव आउने हो बादललाई पठाउँछन् कि उनी आफै अघि सर्छन् आजको मितिसम्म ठोकेर भन्न गाह्रै छ । प्यूठान स्थायी घर भएका वैद्यले पोखरेल थर छोडेर वैद्य लेख्दैमा उनलाई समावेशीता र समानताका पक्षधर नेता मान्न सकिदैन ।


गुल्मी बडागाउँमा जन्मेका ५६ वर्षीय बादल माओवादी लडाईको बेलामा बहु चर्चित नेता थिए । सिस्ने जलजला सिज अभियानबाट उनले हासिल गरेको राजनीतिक लोकपि्रयतालाई पचाउन नसकेर पुष्पकमल दाहालले यौनकाण्ड रचेका थिए । तर शान्ति प्रकि्रयामा आएपछि उनी माओवादी भित्र पाँचौ वरियातामा छन् । भारतीय सेनाका छोरा भएकाले बादलको प्राथमिक र निम्न माध्यमिक तहको पढाई सिलाङ देहदुन र हाइदरावादमा भयो भने चितवनको शारदा माविबाट प्रवेशिका उत्तीर्ण गरे । रामपुर क्याम्पसबाट कृषिमा आईएसस्सी गरेका बादल रुसको लुम्बा विश्वविद्यालयमा  स्नात्तकोतर पढाई छोडेर राजनीतिमा होमिएका हुन । औपचारिक पढाई तिलान्जली दिएर कम्युनिष्ट राजनीतिलाई जीवनका सारा उर्जा खर्चेका बादललाई जहिल्यै आफ्ना भन्नेहरुले धोका दिएको छ । अग्रपंक्तिमा दाहाल र भट्टराईकै नाम आउँछ ।

वैद्यले प्रधानमन्त्रीको प्रस्ताव गर्दानगर्दै दाहालका विश्वास पात्र वर्षमान पुन अनन्तले बादलको खोइरो खन्न थालिसकेको छ । बादलको नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बनाउन नहुने मात्रै होइन दाहालले अघि सारेको राजनीतिक कार्यदिशा भत्काउन बादललाई प्रधानमन्त्री बनाउन लागेको पुनका बुझाई छ ।

२०६८ असार ३० गते गोपाल किरातीको नेतृत्वमा गएका आदिवासी जनजाति सभासदहरुले दाहाललाई भेटेर बादललाई प्रधानमन्त्री बनाउन माग गरेका थिए । तर जगजाहेर विषय के हो भने किराती पनि दाहालकै इशारा चल्ने नेता हुन । दाहाल र वैद्य पक्षवीच सामान्य शिष्टता समेत पुरा नगर्ने अवस्थामा पुग्दा किरातीले बादलको विषयमा किन बोले भन्ने विषय महत्वपूर्ण हो ।

नामको पछाडि मगर झुण्ड्याउन नरुचाउने रामबहादुरको बादलसँग भने निकै सामिप्यता देखिन्छ । उनी प्रधानमन्त्री भयो भने आदिवासी जनजाति दलित वा पिछड्याइएका समुदायले के अधिकार पाउँछन् भन्न सकिदैन । तर उनले प्रधानमन्त्री बन्न नदिने कारण मध्येको प्रमुख कारण उनी मगर जातिको हुनु भने पक्कै हो । दाहाल,  भट्टराई र (वैद्य) पोखरेलको राजनीति दक्षता नै यहि विषयमा हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %