अस्पतालका विरामीहरुलाई फलफूल वितरण 

Read Time:1 Minute, 1 Second

राज्यसत्ता ,

काठमाडौ । नेपाल इटा उद्योग महासंघ स्थापनाको १९ औ वार्षिकोत्सवको अवसरमा भक्तपुर इटा उद्योग व्यवसायी संघले शुक्रबार जिल्लाका चार वटा अस्पतालहरु तथा एउटा आदर निकेट (बृद्धाश्रम)का बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेको छ ।

जिल्लास्थित भक्तपुर अस्पताल, सूर्यविनायक अस्पताल, चागुनारायण अस्पताल र ख्वप अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल तथा हर्लिक्स वितरण गरेको हो । साथै  भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहस्थित भक्तपुर आदर निकेतनका गरी करिव एक सय ७५ जना जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको आयोजक संघका अध्यक्ष नातिभाइ ह्योम्वाले बताए । 

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %