यस्तो हुनु पर्दछ मगर चलचित्र

Read Time:10 Minute, 20 Second

मगर इतिहासकार मीन श्रीस मगर पनि मगर चलचित्रप्रति प्रतिप्रश्न गर्छन्- ‘मगर कलाकार वा मगर जस्तो देखिने कलाकारवाट अभिनय गराएर मगर जातिको मौलिक पहिरन खानपान र रीतिरिवाज परम्पराको प्रदर्शन गराएर वा मामाकी छोरी विहे गर्ने र लाहुर जाने परम्परालाई कथा पटकथामा समावेश गरेर मात्र मगरपन आउँदैन ।’ मगर भित्रको पृथक पहिचान विविधता पनि मगरपन हो । संस्कृतिको धनी गीत संगीतमा मौलिकपन भुगोलसँग भाषाको सम्वन्धले ऐतिहाँसिक महत्वलाई समाजशास्त्रीय, मानवशास्त्रीय अध्ययन मगर दर्शनलाई वुझेर विषयवस्तु उठान गरेमा चलचित्रमा फरकपन देखिन्छ । चलचित्र वृत्तचित्र संख्यात्मक ४४ वटा मगर चलचित्र निर्माण भएको छ । भाषा संस्कृति र भेषभुषालाई प्रयोग गरेर रुढिवद्ध नक्कल गरिएको मगर चलचित्र निर्माणप्रति आम आरोप सहित प्रश्न गर्न थालेका छन्- मगर चलचित्रबाट भाषा र भेषभुषामात्र झिकिदिएमा मगर चलचित्र भन्न सुहाउँछ ?

सन्जोग लाफा मगर

 

 

 

वर्तमान विश्व राजनीतिमा आदिवासीहरुलाई चौथो संसार र उनीहरुद्वारा निर्मित चलचित्रलाई फोर्थ सिनेमा भनिन्छ । विश्वमा आदिवासी चलचित्र निर्माण तीव्र गतिमा बढिरहेको छ । आदिवासीका चलचित्रहरुले कल्पनाशिलता र रुढिवद्ध चलचित्र भन्दा यथार्थपरक ज्ञान शिक्षाको विषयमा फरक कथ्य शैली संरचनागत निर्माण गर्न थालेकोले संसारको ध्यान खिच्न सफल भइरहेको छ । निर्माणसँगै मनोराजनको पाटोलाई कम गर्दै शिक्षा र ज्ञानको विकासलाई अगाडि बढाइरहेको छ । आफ्नो समुदायमा प्रचलित जीवित परम्परा सांस्कृतिक भुगोल भोगिरहेको वस्तुलाई चलचित्रमार्फत फरक समुदायमा प्रदर्शन गरेर आफ्नो धरोहरप्रति अपनत्वको विकास गरिरहेको छ । अन्य समुदाय र संसारलाई जातिसँग भएको गुण र ज्ञानलाई विश्वव्यापीकरण गर्न थालेका छन् भने हिउँमा जिविकोपार्जन गर्ने क्यानाडेली आदिवासी इन्युत जातिहरुको पौराणिक कथामा निर्माण गरिएको ‘द फास्ट रनर’ चलचित्रले कान्स पुरस्कार जितेपछि हलिउडका दिग्गज चलचित्रकर्मीहरु आदिवासी भुगोलमा प्रवेश गर्न थालेका छन् ।

अष्ट्रेलियन एवोरजिनहरुको कथा वाचन शैलीमा निर्माण गरिएको Ten Canoes  टोरोन्टो फिल्म फेस्टीवल र कान्स फिल्म फेस्टीवलमा प्रदर्शन भएपछि संसारको ध्यान आदिवासी ओडारमा खिच्न सफल भएको छ । न्यूजिल्याण्ड आदिवासी कथा ‘रिभर क्वीन्स’, ‘ह्वेल राइडर’ क्यानडीयन आदिवासीको ‘बिफोर टुमारो’ र आदिवासी जीवन दर्शनकॊ चलचित्र ‘अवतार’ ले व्यावसायिक सफलता उत्कृष्टताको कारण आदिवासीसँग बाँचेको धरोहरहरुलाई जीवित तुल्याइदियो ।

मुलतः उत्कृष्ट चलचित्र संवाद भन्दा दृश्यको भाषा हो । आदिवासी जनजातिको कथा वाचनको मौलिक परम्परा चालिस हजार वर्ष भन्दा अघिदेखि सुनाउने र सुन्ने कला यद्यपि पनि गाउँ घरमा रहेका छन् । मगर जातिमा मिथक, लोककथा, आख्यान, लोरी, पूर्खा कथा, गीति कथा, जस्तैः सोरठी, घाँटु हिन्दुकृत नभएको बाजेबज्यै पुजा आदि छन् । मौलिक कथाबाट संरचना कथ्य शैली निर्माण मगर दर्शन आदिवासी ज्ञान परम्पराको अध्ययनले मगर सिनेमाको बुनोट सहित सिनेमा भाषा (Cinematic Language) बुझ्न सकिन्छ ।

जुन विन्दुवाट सुरु भएर त्यहि अन्त्य हुने Serpent and Tail (सर्प र पुच्छर) संरचना कथा भन्ने शैली नर्थ अमेरीकन आदिवासीहरुले शुरुवात गरेका छन् । नेपालका आदिवासीहरुको चक्रीय परम्परा रोटेपिङ जस्तै घुमिरहन्छ । समयलाई विभाजन र नामाकरण गरेका छन् । थकाली जातिमा मान्छेको जन्म र मृत्यु जहाँ भएपनि अस्तु मुस्ताङ थाकखोलाको पवित्र डाँडामा पुर् याउने परम्परा चकि्रय संरचना अन्तर्गत नै हो ।

संस्कृति र पनको फरक सम्बन्धमा गोरेबहादुर खपाङी मगर भन्छन्- ‘गाउँघरमा चराले बोल्ने आवाज मगर संस्कृतिले लाटा वाज्यू वाक्जा साटो मेखे पिटो लाटो बाजे सुंगुर मार आन्द्रा दूह सुन्छ तर वाहुन संस्कृति अनुसार काफल पाक्यो सुन्नु नै संस्कृति र पनको फरक हो ।’ मगर इतिहासकार मीन श्रीस मगर लेख्छन्- ‘मगर पन र मगर संस्कृतिलाई समानार्थी शब्दका रुपमा वुझ्न हुँदैन । ऐतिहुसिक मगरातको संस्कृति मगर संस्कृतिले अन्य जातीय समुदायलाई समेत छुन सक्दछ । त्यसकारण मगर पन भित्र मगर संस्कृतिका अतिरिक्त मगर जातिकोBiological Characteristic  र स्वाभाव पनि समेटिएका हुन्छन् ।’

मगर भित्रको पृथक पहिचान विविधता पनि मगरपन हो । संस्कृतिको धनी गीत संगीतमा मौलिकपन भुगोलसँग भाषाको सम्वन्धले ऐतिहाँसिक महत्वलाई समाजशास्त्रीय, मानवशास्त्रीय अध्ययन मगर दर्शनलाई वुझेर विषयवस्तु उठान गरेमा चलचित्रमा फरकपन देखिन्छ । चलचित्र वृत्तचित्र संख्यात्मक ४४ वटा मगर चलचित्र निर्माण भएको छ । भाषा संस्कृति र भेषभुषालाई प्रयोग गरेर रुढिवद्ध नक्कल गरिएको मगर चलचित्र निर्माणप्रति आम आरोप सहित प्रश्न गर्न थालेका छन्- मगर चलचित्रबाट भाषा र भेषभुषामात्र झिकिदिएमा मगर चलचित्र भन्न सुहाउँछ ? मगर इतिहासकार मीन श्रीस मगर पनि मगर चलचित्रप्रति प्रतिप्रश्न गर्छन्- ‘मगर कलाकार वा मगर जस्तो देखिने कलाकारवाट अभिनय गराएर मगर जातिको मौलिक पहिरन खानपान र रीतिरिवाज परम्पराको प्रदर्शन गराएर वा मामाकी छोरी विहे गर्ने र लाहुर जाने परम्परालाई कथा पटकथामा समावेश गरेर मात्र मगरपन आउँदैन ।’

सत्र वर्षसम्म मगरपन भन्दा पनि नक्कल गर्ने मानसिकतालाई अंगाल्यौं र समाजलाई दोष थुपार् यांै । सामुहिक छलफल अन्तरकि्रया विज्ञहरुसँग परामर्श गर्न पनि वढि संकुचित बन्यौं । विषयवस्तुको गहन अध्ययन अनुसन्धान नगरी हतारमा चलचित्र निर्माण गर्ने परिपाटीले ठुलो समस्या सिर्जना गरेको छ ।

चलचित्र अभिव्यक्ति र दृश्यको भाषा हो । एउटा उत्कृष्ट दृश्यले हजारौ भाषा वोल्ने गर्दछन् । चलचित्रले भावनात्मक सम्वन्ध र संस्कृतिलाई प्रवद्र्धन गरिरहेको हुन्छ । देशको भाषा संस्कृतिलाई नजिकवाट आत्मवोध गर्न उक्साइरहेको हुन्छ । मुस्लिम समुदायलाई विश्वले गलत दृष्टिकोणले हेर्ने गर्दछन् । तर इरानी चलचित्रले त्यो भ्रम र गलत सांेचलाई चिर्दै मानवीय संवेदना र सहानुभतिको नजिक पुर् याउँछ । विश्वका दर्शकलाई इरानी फिल्मको प्रतिक्षा गराउन सफल भइरहेको छ । सत्यजित रे को वंगाली चलचित्र ‘पाथेर पाचाली’ बाटोको गीत ओस्कारमा पुरस्कृत भएपछि विश्वजगतले आम भारतीय भन्दा पनि वंगाली समुदायलाई हेर्ने दृष्टिकोणमा फरक हामि सवैले महशुस गरेका छौं ।

सर्वप्रथम मस्तिष्कवाट उपनिवेशीकरण दिमाग हटाएर आफ्नो जातिको ऐतिहुसिक गौरव दर्शन भाषा धर्म र संस्कृतिलाई अपनत्व गर्न सक्नुपर्दछ । मगर पनको मगर चलचित्र निर्माण गर्दा मगर जातिलाई विश्व समुदाय समक्ष पुर् याउन सकिन्छ ।

(मगर चलचित्रमा मगर प्रक्षेपण अनुसन्धानमा गोरेबहादुर खपाङ्गी मगर, डा. कृष्ण भट्टचन, मीन श्रीस मगर, अनुभव अजितसंग भएको कुराकानी र राज्यसत्ता डटकमले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी राजेश थापा मगर, रोम थापा मगर, नविन रोका मगर, विवेश बुढा मगर र मौसम पुन मगरसंगको विचार सुझाव र सल्लाहमा आधारित ।)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %