गाउँ बिगार्ने झाेले माडसाब र देश बिगार्ने बैमानि भ्रष्ट नेता र कर्मचारी

Read Time:3 Minute, 7 Second

-पूर्ण बहादुर राना

अक्सर अहिलेकाे आन्दोलनमा आएका शिक्षकहरू काङ्ग्रेस, एमाले र माओवादी पार्टीको साेर्सफाेर्समा जागिर खाएकाहरू छन् । उनका माग पूरा गर सरकार नत्र २०८४ मा भाेट बिग्रेला काङ्ग्रेस, एमाले र माओवादी नेताहरू ख्याल गर । पार्टीकै सिफारिसमा जागिर खाने काङ्ग्रेस, एमाले र माओवादीकाे भक्तिगान गाउने माडसाबहरू नै हुन् । सधैं तिमीहरू शेरे, केपी र प्रचण्ड गाउँकाे कुनाकन्दरमा गएर बस्न सक्दैनौं नि हाे त्याे बेला गाउँकाे शेरे, गाउँकाे केपी र गाउँकाे प्रचण्ड ती माडसाबहरू नै हुन् । रिटार्यड पछि वडाअध्यक्ष बन्ने तिनीहरूनै हुन् । ती पार्टीको सार्सफाेर्समा जागिर खानेहरू नेपाली नागरिकको करबाट तलब खएर एकांकि काङ्ग्रेस, एमाले र माओवादीका कार्यकर्ता साे सरह हुने तिनीहरू नै हुन् ।

ती पार्टीका झाेले माडसाबहरूलाई त लाग्दाे हाे नेपाली नागरिकले तिरेकाे कर, राजस्व र रेमिटान्सबाट तलबभत्ता लिंदैनन् । तिनले त तलब, भत्ता र पेन्सन काङ्ग्रेस, एमाले र माओवादीकाे पार्टी कार्यालयबाट बुझ्छन् जस्ताे ठान्छन् । चुनाव र राजनीति त तमसै लाग्छ यिनीहरूलाई । गाउँ बिगार्ने पार्टीको झाेले माडसाहब र देश विगार्ने नेता र निजामतीका नक्कली मूल्य राखि बिल बनाउने, कमिसन र घुसबिना काम नगर्ने बदमास कर्मचारीहरू हुन् ।

स्वतन्त्र(पार्टी बिहिन) ईमानदार, नैतिकवान, कर्तव्यनिष्ठ, जवाफदेही, याेग्य, अध्ययनशिल शिक्षक तथा स्वतन्त्र(पार्टी बिहिन) ईमानदार, नैतिकवान, कर्तव्यनिष्ठ, जवाफदेही, याेग्य, अध्ययनशिल निजामती कर्मचारी प्रति मेराे र हामी सम्पूर्ण नेपालीको हरहमेसा सम्मान रहनेछ । वहाँहरूकाे जायज माग पूरा गर्नैपर्छ । सेवासुविधा र तलबभत्ता वृद्धि गर्नैपर्छ ।

सधैं पार्टीको सिफारिसमा जागिर खाने अनि स्थाई गरिदे भनेर याे टन्टा नसुनाैं । आखिर जसले जागिर खाएनि नेपाली नागरिकले खाने हुाे । सानाे मन नगराैं अब जागिर लाेकसेवा आयाेग, शिक्षकसेवा आयाेग आदिबाट स्वतन्त्र पुर्वक याेग्य र सक्षमलाई छानाैं । जुनसुकै पेशाभित्रकाे राजनीतिक संगठन खारेज गराैं ।

2 0
Happy
Happy
0 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
0 %