ज्ञानेन्द्र पुन र टेकबहादुर नामजाली मगर प्रति घोर भत्सर्ना र खेद प्रकट गर्दै प्रेस विज्ञप्ति

Read Time:11 Minute, 2 Second
राज्यसत्ता,काठमाण्डौ , २५ चैत्र २०८१
                               प्रेस विज्ञप्ति
                                                              मितिः २०८१/१२/१५ गते

नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिको प्रेस विज्ञप्ति
संक्षिप्त पृष्ठभूमिः ईतिहासमा मगर भूतपूर्व सैनिक तथा प्रहरीहरुले मगरहरुको मात्रै अगुवाइ गरेनन् । नेपाल राष्ट्रका लागि अग्रस्थानमा बलिदान दिँदै आएको इतिहास साक्षी छ । नेपालको इतिहासमा सुनौलो अक्षरमा अंकित समानताका लागि शाहदत प्राप्त गर्ने नेपालका प्रथम शहिद क्या. लखन थापामगर यसको दृष्टान्त उदारण हो ।

हामीलाई प्रथम शहिदको नाम सुन्दा नै गर्वको अनुभूति हुन्छ । नेपाल मगर संघकै सवालमा प्रहरी इन्सपेक्टर हेमबहादुर पुनमगर नेपाल मगर संघको संस्थापक अध्यक्ष हुनुभयो । यसरीनै बेलायती पूर्व सैनिक सार्जन्ट कविराज पुनमगर, बेलायती पूर्व सैनिक लेप्टिनेन्ट मानध्वज रानामगर र बेलायती सैनिक क्याप्टेन यामबहादुर बुढाथोकी मगरहरू पनि नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष बन्नुभयो र सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गर्नुभयो । मगर भूतपूर्व सैनिक तथा प्रहरीहरु अवकाश पश्चात देश र समाजलाई आवश्यक परेको बेला राजनीतिक , सामाजिक , धार्मीक र आर्थिक क्रान्तीमा होमिएर देश तथा समाजको सेवामा जुटिरहेका छन् ।

कृते ऐतिहासिक दस्तावेज संग्रह (भाग – १)

जातीय संगठन, सामाजिक संगठन तथा राजनीतिक संगठन संचालनका लागि मगर भुतपुर्व सैनिक तथा प्रहरीहरूले सक्दो आर्थिक सहयोग गरेको ज्वलन्त उदारण नेपाल मगर संघको हालको केन्द्रीय भवन पनि हो । सो भवन खरिद गर्दा भूतपूर्व सैनिक तथा प्रहरीहरुबाट मात्रै करिव रू.९५ प्रतिशत रकम संकलन भएको थियो । यसको प्रमाणको रूपमा भवन खरिद गर्दा कसले कति रकम सहयोग गर्यो यसको तथ्यांक (Data) नेपाल मगर संघ केन्द्रीय समितिको भवनको भित्तामा टाँसेको शिलालेखमा लेखिएको नामावली बाटनै प्रष्ट हुन्छ । मगर संघ हङकङका पूर्व अध्यक्षद्वय हुमबहादुर थापामगर र स्व. ले.एकबहादुर रानामगरको नेतृत्वमा नेपाल मगर संघको भवन नहुँदा भवन निर्माणका लागि हङकङबाट सबैभन्दा धेरै आर्थिक रकम करिब रु. १९ लाख सङ्कलन गर्नु भनेको चानचुने कुरा थिएन । तत्कालीन समयको १९ लाख भनेको सहि ठाउँमा लगानी गरेको भए कम्तिमा १९ करोड बरारबरको मूल्यांकन (Valuation) हुन आउँछ र भविष्यमा भ्याल्युएसन बढि नै रहने छ । नेपाल मगर संघ केन्द्रीय समितिको भवन खरिद गर्दा सहयोग गर्ने सयोगीदाताहरुको नाम लेख्न बारम्बार अनुरोध गर्दा पनि हालसम्म नाम नलेखि दाताहरुलाई अपमान गर्दै आईरहेकोछ । भुपुहरूको योगदान र गुण बिर्सने र दिउँसै रातपार्ने यी लाजसरम पचेका नकचरो अबैधानिक अध्यक्ष र महासचिवले जति अपमान गरेपनि तितो यथार्थ व्यावहारिक रूपमा मगरहरूको मूलघरको रूपमा परिचित नेपाल मगर संघको भवन खरिद गर्दा पनि तत्कालीन समयका अध्यक्ष भुतपुर्व सैनिक क्या. याम बहादुर बुढाथोकी मगरले अगुवाई गरेको ईतिहास सबैको सामु जगजाहेर नै छ ।

यसरि सहयोग गरिरहने भुतपुर्व सैनिक र प्रहरिहरूलाई अरू थप अपमान गर्ने कार्य भएको छ । यसको दृष्टान्तको रूपमा हाल २०८१ फागुन १५ गते प्रकाशित नेपाल मगर संघको कथित (So called)  ऐतिहासिक दस्तावेज संग्रह (भाग­१) प्रथम संस्करण नामाकरण गरिएको पुस्तकको पेज नं. ६०७ मा नेपाल मगर संघमा आबद्ध भातृ संगठनहरुको विवरण र यसका वर्तमान अध्यक्षहरु शिर्षकमा कलुषित सोंचले ग्रस्त, अहंकारि, दम्भि, एउटा पार्टीको त्यो पनि सानो झुण्ड र उदण्डमा रमाउने तथा मगरहरूको बृहत्तर हित नचाहने वर्तमान नेपाल मगर संघका अबैधानिक अध्यक्ष ज्ञानेन्द्र पुन मगर र महासचिव टेकबहादुर नामजाली मगरले नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिका अध्यक्ष हुम बहादुर थापा मगरज्यूको नामको सट्टामा किर्ते गरि लुम बहादुर खाम्चा मगर (का.वा) भनि उल्लेख गरिएको छ ।

जिवित ईतिहासलाईनै मिच्ने वर्तमान अबैधानिक अध्यक्ष ज्ञानेन्द्र पुनमगर र महासचिव टेकबहादुर नाम्जालि मगरहरूबाट ४५ लाख मगरहरूले के आस गर्ने ? सेतोलाई सेतो र कालोलाई कालो भन्न नसक्ने हुतिहारा मनोरोगी सोंचले ग्रस्त नेतृत्वमा के भरोसा गर्ने ? कुखुरे छाति होईन ढुकुरे छाति भएको अझ ढुकेरे छाति पनि होईन फिस्टेको छाति भएको नेतृत्वलाई कसरी विश्वास गर्ने ? एक जना हुम बहादुर थापा नअटाउने नेतृत्वले ४५ लाख मगरलाई कसरी समेट्लान्र ४५ लाख नसमेट्ने यस्ता अध्यक्ष र महासचिवले ३ करोड नेपालीलाई कहिले आफ्नो ठान्लान ? ३ करोड नेपालीलाई आफ्नो नठान्ने नेतृत्वले कसरी ८ अरब मानव जातिको हितमा काम गर्ला ? यिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सोंचको विकास कहिले र कसरि होला ? गम्भीर चिन्ताको विषय छ । सम्पूर्ण मगरले छातिमा हात राखेर सोचौं खालि टिकडमबाजि जालिझेलि फटाहा खेल खेलिरहने । आफ्ना मालिक देउवा, ओलि, दाहाललाई खुसि पार्ने सोंचले ग्रस्त पार्टीका खेतला, नोकर, बाँधा, दास र कमरा बुद्धिको नेतृत्वलाई नेपाल लगायत विश्वका मगरहरूले नेपाल मगर संघ कहिलेसम्म सुम्पिरहने ? नेपाल मगर संघ अध्यक्ष पदमा र महासचिव पदमा छु भनेर यिनका पार्टीमा सांसदको टिकटको बार्गेनिङ शक्ति बढाउने । प्रतिष्ठान, आयोग वा संस्थानमा सदस्यसचिव, सांसद, मन्त्री बन्न मगर संघलाई हतियारको रूपमा प्रयोग गर्न (Used and through) नेपाल मगर संघलाई कहिलेसम्म दिईरहने ? यस्ता केवल ईतिहास बेचेर भात खाने प्रवृत्तिमा प्राण धानिरहने नेतृत्वलाई मगर संघको नेता कहिलेसम्म मानिरहने ? मगर संघ र मगर विरोधि रबैयामा लम्पट हुने, चरम आत्मकेन्द्रीत उदण्डता प्रदर्शन गर्ने र नैतिक हराम गिरोहमा पतित अध्यक्ष र महासचिवलाई घृणित पदीयस्वार्थमा लिप्त हुन तथा संघको आर्थिक हिनामिनामा चुर्लुम्म डुब्न यिनलाई कहिलेसम्म दिईरहने ?

नेपाल मगर संघको विधिविधान मिचेर निज खाम्चा मगरलाई कुन मितिमा बसेको बैठकको निर्णयले का. वा. तेकिएको थियो र हो ? र माउ संगठन भई भातृ संगठनलाई स्वायत्तता दिनुको सट्टा सर्वसत्तावादी सोंचले ग्रस्त ज्ञानेन्द्र पुन र टेकबहादुर नामजाली मगरलाई यस्तो विधान विरोधि हर्कत गर्न कुन विधानको दफा र उपदफाले क्षेत्रधिकार तोकिदियो ? यो अवैधानिक कार्यनै यिनको क्षेत्राधिकार (jurisdiction) हो ? नेपाल मगर संघको विधान नमान्ने यस्ता अराजकले मगर जातिको मुक्ति कसरी दिलाउँला ? कि हुनको लागि मात्रै अध्यक्ष र महासचिव भई टोपलिएको हो ? नेपाल मगर संघको विधान नमान्ने अराजक मतियार ज्ञानेन्द्र पुन र टेक नाम्जालिले हाम्रो निवर्तमान अध्यक्ष हुमबहादुर थापा मगरलाई उक्त दस्तवेजमा हटाएर निज खाम्चालाई राख्नु राजनीतिक र व्यक्तिगत प्रतिषोध सिवाए केहि होईन । तसर्थ नेपाल मगर भूतपूर्वक सैनिक तथा प्रहरी संघका हामी सारा भूतपूर्वक सैनिक र प्रहरीहरुले अपमानित महशुस गरेका छौं । यस्तो ढंगले हाम्रो मानहानी गरेकोले नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिको मिति २०८१/१२/०८ गते नेपाल मगर संघको भवन मध्यबिन्दु नगरपालीका वडा नं.१० अरुणखोला गण्डकी प्रदेशमा बसेको पूर्ण बैठकले ज्ञानेन्द्र पुन र टेकबहादुर नामजाली मगर प्रति घोर भत्सर्ना र खेद प्रकट गर्दै प्रेस विज्ञप्ति दिने निर्णय भएकोले सोहि बमोजिम यो प्रेस विज्ञप्ति जारि गरिएकोछ ।
जय नेपाल मगर भूतपूर्वक सैनिक तथा प्रहरी संघ ।
मनबहादुर थापा मगर हस्तबहादुर थापामगर
महासचिव अध्यक्ष

3 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %