कैलाली ४ कात्तिक
एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान कामचलाउ सरकारलाई बजेट ल्याउने कार्यमा अवरोध सिर्जना गर्न नखोजेको बताएका छन् ।
आज धनगढीमा रेडियो जनआवाजको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टराईले भन्नुभयो– बजेट ल्याउन नदिने होइन कि कामचलाउ सरकारले ल्याउनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।
कामचलाउ सरकारलाई बजेट ल्याउन नदिनेभन्दा पनि उसले आपैmँ ल्याउन नहुने बताए ।
उपाध्यक्ष भट्टराईले अनमिनको म्याद आगामी पुष १५ मा सकिने भएकाले त्यसपछि शान्ति प्रक्रिया भङ्ग हुने र देशी–विदेशी तत्वले नेपालमा खेल्न सक्ने आशंका पनि व्यक्त गरे।
शान्ति, संविधान र सहमतीय सरकार आजको प्रमुख आवश्यकता रहेको पनि उनले औँल्याए ।
उनले पार्टीभित्र वैचारिक सङ्घर्ष सधैँ भइरहने र यसले झन् उत्साह थप्ने बताए ।
उनले उपचारको क्रममा भारतमा रहेका आफ्ना पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन आएको नी पक्राउ गर्नु निन्दनीय कार्य भएको बताउँदै त्यसका लागि कूटनीतिक पहल जारी रहेको बताए । रासस