
-पूर्ण बहादुर राना
याे देशमा राउटे समुदायले चाहेर केही हुँदैन । याे देशमा बाहुन समुदायले जे चाहान्छ त्यहि हुन्छ । त्यसैले आँटे हुन्छ । भगवानले पनि भन्छ रे तँ आँट म पुर्याई दिन्छु ।
बाहुन मित्रहरूले जे चाहान्छ त्यहि हुन्छ । किनकि उनिहरू सचेत छन् । उनिहरू सामाजिक, भाषिक, धार्मिक, आर्थिक, साँस्कृतिक र राजनीतिक रूपमा जागरुक, सचेत र एक ढिक्का छन् । बाहुन साथीहरु यति सचेत छन् कि उनिहरूले अन्य जातिले खाेलेकाे पार्टीमा भाेटै हाल्दैनन् । झुक्किएर पनि एक भाेटचुहाउँदैनन् । त्याे पार्टीको सिद्धान्त जतिसुकै राम्रो र लाेकतान्त्रिक र समतामूलकनै किन नहाेस् ।
बरू छाेराछाेरिकाे बिहे अन्तरजातिय बुहारी र जुवाँईसँग गराई दिन सक्छ । राम्रो राम्रो सल्लाह दिन सक्छ, छाेरि दिन सक्छ, नाेट दिन सक्छ तर भाेट दिन सक्दैन । याे चेतनालाई मान्नैपर्छ । उनिहरूलाई कसैले रिस गर्नु बेकार छ । किनकि राजनीतिनै प्रकृतिबाट सिर्जित वस्तु बाहेक मानव निर्मित सबै आवश्यकता पुर्ति गर्ने साधन हाे । अर्थात राजनीतिले पानी वा प्रशान्त महासागर बनाउन सक्दैन । अक्सिजन बनाउन सक्दैन । दाेश्राे सगरमाथा र नायल नदि बनाउन सक्दैन । आकाश बनाउन सक्दैन ।
राउटे, कुसुन्डा, कुमाल, बाेटे, वादि, कामी, दमै, सार्की, राई, लिम्बू, मगर, गरूङ, तामाङ, शेर्पा, रानाभाट, दशनामि, थारू, मुस्लिम आदिले नत देश बनाउननै सक्छ नत बिगार्न नै सक्छ । याे देश बनाए बनाउन सक्ने र बिगारे बिगार्न सक्ने जातीय समुदाय भनेकाे बाहुन समुदायनै हाे । अहिले याे समुदाय विकासकाे चरम सिमा वा पराकाष्ठा(Climax)मा छ । किनकि याे देशमा बाहुनहरू प्रशासकदेखि शासकसम्म छन् । पियनदेखि हाकिम र मूख्य सचिवसम्म, प्यूपादेखि जर्नेल र आर्मिचिफसम्म । बैंककाे स्क्युरिटिदेखि मेनेजर र गभर्नरसम्म । पुलिसमा सिपाहिदेखि आईजिपिसम्म । न्यायलयमा लेखनदास देखि वकिल र प्रधानन्यायाधीशसम्म । आयाेग, प्रधिकरण र निगममा खरदारदेखि जिएमसम्म, विद्यालय र विश्वविद्यालयमा शिक्षकदेखि प्राेफेसर र भिसिसम्म र ठेक्कापट्टामा लेबर, पेटि ठेकदारदेखि मेगा प्राेजेक्टका ठेकेदारसम्म । दाेकानदेखि मार्ट र सुपरमार्केटसम्म, भट्टि पसलदेखि पाँचतारे हाेटलसम्म, युटबरदेखि छापामिडिया र ठूलाठूला टिभी र बिग मिडिया हाउससम्म, मतदाता देखि पार्टीका शिर्षनेतासम्म, वडा सदस्यदेखि मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म छ ।
तसर्थ अहिले बाहुन साथिहरूले राजा ल्याएनि सक्छ । कुलिनतन्त्र ल्याएनि सक्छ । सैनिकतन्त्र ल्याएनि सक्छ । जातीयतन्त्र, वंशीयतन्त्र, जहाँनियातन्त्र वा गाेत्रियतन्त्र जे तन्त्र छ ल्याएनि सक्छ ।
तन्त्रहरू तल उल्लेख्य गरिएको छ ।
अभिजात वर्ग तन्त्र(Aristocracy), निगमितन्त्र(Corporatocracy), लाेकतन्त्र(Democracy),
कुलिनतन्त्र(Oligarchy)
धर्मतन्त्र(Theocracy),
अधिनायकवाद (Authoritarianism), राजतन्त्र(Monarchy),
धनिकतन्त्र(Plutocracy)
सर्वसत्तावाद(Totalitarianism),
नाैकरशाहि वा अधिकारितन्त्र(Bureaucracy), तानाशाही(Dictatorship),
बृद्धतन्त्र(Gerontocracy),
राष्ट्रपतिय प्रणाली(Presidential system),
गणतन्त्र (Republic),
चाेरतन्त्र वा भ्रष्टाचारतन्त्र(Kleptocracy),
प्रविधितन्त्र(Technocracy),
अराजकतन्त्र(Anarchy),
कम्युनिस्ट राज्य(Communist state),
याेग्यतातन्त्र(Meritocracy),
निरंकुशतन्त्र(Autocracy),
सामन्तवाद(Feudalism),
महाजनतन्त्र(Timocracy),
महासंघतन्त्र(Confederation),
संघतन्त्र(Federation),
वंशियतन्त्र( Dynastycracy),
जहानियतन्त्र वा परिवारतन्त्र(Familycracy), गाेत्रियतन्त्र(Clancracy),
क्षेत्रीयतन्त्र(Territorycracy),
नश्लियतन्त्र(Racism), अनुवंशिकतातन्त्र(Geneticismcracy), जातीयतन्त्र(Ethnicitycracy)
लिङ्गीयतन्त्र(Gendercracy)
साँस्कृतिकतन्त्र(Culturecracy)
भाषिकतन्त्र(Linguisticscracy)
तर जुनसुकै तन्त्र(Cracy) सन्त्र आएनि केही हुनेवाला छैन जबसम्म सहि, कर्तव्यनिष्ठ, ईमानदार, जवाफदेही र देशभक्त र जनताकाे जित र हितकाे मन्त्र सिराेपरि गर्ने नेता र नेतृत्व हुँदैन ।
तर हेक्का रहाेस जुन तन्त्र आएनि नेपाल बहुजातीय मुलुक भएकोले नेपालका विभिन्न जातीय समुदायहरूलाई राज्यकाे हरेक निकाय र तहमा मेट्न “जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व प्रणाली” लागू नगरेसम्म मान्नेवाला छैन । र देशमा शान्ति पनि हुने छैन । र विकास तथा समृद्ध संभव पनि छैन ।
तीन कराेड नेपालीलाई धनी बनाउने कि आफू र आफ्नो समुदायलाई धनी बनाउने याे उनिहरूकै हातमा छ । अहिले बाहुन समुदायले नेपालमा पूर्ण नियन्त्रित सरकार(Full fledged controled government) चलाएकाे छ । याे अवसर राम्रो काम गरे राम्रो अवसर हाे । पुजिने समय हाे । नराम्रो काम गरे गद्दार साबित हुने समय हाे ।