अस्ट्रेलियामा ग्लोबल स्ट्यान्डिङ कमिटी गठन

Read Time:2 Minute, 26 Second

डा.बिधु कायस्थ

मेलबर्न, अस्ट्रेलिया । हिमालयन आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलिया र ग्लोबल अलाइन्स अफ अमेरिकाको संयुक्त पहलमा ग्लोबल स्ट्यान्डिङ कमिटी गठन गरिएको छ। अस्ट्रेलियाको मेलबर्नमा आयोजित एक विशेष भेलाले काशि अधिकारी लामिटारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो।

समितिमा उपाध्यक्षको पदमा नवल खडका, उर्मिला तामाङ र लिला ढकाल रहेका छन्, जबकि सचिवको जिम्मेवारी डा. प्रदीप बास्तोला र कोषाध्यक्षको जिम्मा डम्बर काफ्लेलाई दिइएको छ। यसका साथै समितिका सदस्यहरूमा डा. ओमकृष्ण प्रसाईं, डिएन घिसिङ, हरि दत्त कंडेल, रचना श्रेष्ठ, खिमबहादुर घर्ती, पवन कंडेल, बाल ब्यास र श्रवण न्यौपाने रहेका छन्।

ग्लोबल स्ट्यान्डिङ कमिटीले दिगो विकास, अन्तर्राष्ट्रिय सहकार्य र शान्ति प्रवर्द्धनलाई आफ्नो मुख्य उद्देश्य बनाएको छ। भविष्यका कार्यक्रमहरूमा मे २०२५ मा ओहायो, अमेरिकामा आयोजित साझा सम्मेलन, अमेरिका र अन्य देशका संस्थाहरूसँग अन्तर्राष्ट्रिय सहकार्य विस्तारका लागि छलफल गर्ने योजना रहेको छ। त्यस्तै, अक्टोबर २०२५ मा नेपालमा ग्लोबल समिट आयोजना गर्ने तयारी छ, जसमा अन्तर्राष्ट्रिय नेतृत्व, नीति निर्माताहरू र व्यावसायिक समुदायको सहभागिता हुने अपेक्षा गरिएको छ। संस्थाको सल्लाहकारको रूपमा जिम ग्यासवर्टलाई नियुक्त गरिएको छ।

ग्लोबल स्ट्यान्डिङ कमिटीको गठनले नेपाल, अस्ट्रेलिया, अमेरिका र अन्य देशहरू बीचको कूटनीतिक, व्यापारिक, शैक्षिक र सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने आशा गरिएको छ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %