किरात धर्म तथा साहित्य संघ रास्ट्रीय समिति हंगकंगको आयोजनामा याउमातेई स्थित हेन्रिजिलियोंग कामिनीटी हलमा महागुरु फाल्गुनन्द ज्यु को १२७ औ जन्मजयन्ती भब्य सफल भएको समाचार प्राप्त भएको छ । सस्थाको अधक्ष नेम्बांग, मोहनमानको सभा पतित्तोमा र किरात धर्म का केन्द्रीय पार्सदर सित्तुंखा,प्रेम कुमार प्रमुख अतिथि रहनु भएकोमा सस्था कै उपाअधक्ष खगेन्द्रजंग गुरुङ को स्वागत मन्तब्य र समितिका सचिब लक्सम इन्द्रले कार्यकर्म संचालन गर्नु भएको थियो । प्रमुख अतिथिबाट दिप प्रजवलन गरि तिन पटक माङसेवा गरि कार्यकर्म समुधगातन गर्नु भएको थियो ।
साङदाङगेन बारुंग सावा तुलसा तुलक हाङले किरात धर्म गुरुको उपदेसद्वारा उपस्थित सम्पूर्ण भक्तजन, अतिथि महानुभावहरुलाइ दयानाकासर्ण गराउदै सम्पूर्ण मानव जातिले महागुरु फाल्गुनन्दलाइ चिन्न अति आबसेक छ, किनकि उहा एउटा समाज सुधारक मात्र नभएर “मुहिगुम”आङसिमाङ हुनुहुन्छ र य़ेहाङको आठ बिधाहरु मुहिगुम आङसिमाङ, फोजिवाम फेदाम्वा, सावाला साम्बा, येनुंग थेबा, येनुंग युमा, साक्मुन्धुम, येत मुन्धुम, खाईकमुन्धुम र सिदा साम्ला इआठै बिधाको आआफ्नै बिसेस्ताबारे व्याखा गर्नु भएको थियो ।
त्यस्तै शुभकामना मन्तब्य दिनेमा प्रमुख अतिथि सित्तुंखा,प्रेम कुमारले जब यो पृथिबीमा महागुरु फाल्गुनन्दको आगमन भयो त्यस पश्चात सम्पूर्ण मानव जातिमा ज्योति खुलेको र कुरीति, कुसस्कारबाट मुक्त भएको हो भन्नुभयो । त्यस्तै तेह्रथुम मंचका लुम्मुग्वा त्रिभुवन, मगर संघका हुमबहादुर थापा मगर, किरात याक्थुम चुम्लुंगका लिवांग हस्त, हेभेन्ली पाथका मोति चामलिंग, आधिबासी जनजाति महासंघका एम.बि थापा मगर र विभिन्न सस्था का प्रतिनिधि हरु ले पनि शुभ कामना दिनु भएको थियो।
तुलक लुम्सा हाङ\हङकङ