दाङ ४ कात्तिक
विद्युतीय झट्का दिएर माछा मार्न गएका एक किशोरको आफैंलाई करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्लाको लालमटिया गाउँ विकास समिति–९ मौरीघाट निवासी १७ वर्षीय चन्द्रदेव चौधरीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालयका अनुसार दाङ र अर्घाखाँचीको सिमानामा पर्ने जुलुकेनजिक राप्ती नदीको किनारमा एक वृद्धाको शव फेला परेको छ ।
रासस