अब नेपालमा हाेलसेल परिवर्तन गराैं

भारतकाे कलिङ्गा ईन्स्टिच्युट अफ ईन्डष्ट्रियल टेक्नोलोजी(Kalinga Institute of Industrial Technology) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साललाई आत्महत्या गर्न गरेकाे दुरूत्साहनकाे विषयलाई सहि र सत्यतथ्य छानबिन हाेस भनि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले माग गर्दा उल्टै त्यहाँका कर्मचारीहरूले नेपाली विद्यार्थी माथि दम्भपूर्ण तरिकाले अमानवीय ज्यादति र दमन गरेकाे छ । साथै नेपाली विद्यार्थीलाई बाउन्सर ल्याएर कुटपिट गरेकाे छ । त्यहाँका कर्मचारीले नेपालकाे राष्ट्रिय बजेटलाई नाथे भारतकाे KIIT विश्वविद्यालयकाे वार्षिक रकमसँग गरेकाे अपमानजनक तुलना निन्दनीय छ । हाम्रो विद्यार्थी माथि गरेकाे अपमानले हाम्रो राैं ठाडो पारेकाे छ । याे भारतकाे नेपाललाई हेप्ने घमण्डकाे पराकाष्ठा हाे । यसमा नेपाल सरकार र ठूला पार्टी काङ्ग्रेस, एमाले र माओवादी थुरथुर खुट्टा कमाएर चुईक्क केही नबाेलि बसिरहेका छन् । यस कार्य प्रति नेपाल विद्यार्थी माेर्चाकाे गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालका दल लगाएत नेपाल सरकार आफ्नो देश र जनताकाे हितकाे लागि के भारत, के अमेरिका, के चाईना वा कुनै देशसँग रत्तिभर झुक्नु हुँदैन । हामी सबै मुलुकसँग समान हैसियत राख्छौं । अब नेपालमा खुद्रे परिवर्तन हाेईन हाेलसेल परिवर्तन गराैं । ती परिवर्तनहरू निम्न छन्;
१) नेपाललाई शैक्षिक हब बनाउँ । नेपालमा कृषि शिक्षा, विज्ञान तथा प्राविधिक शिक्षा, व्यावहारिक शिक्षा, साँस्कृतिक शिक्षा, चिकित्सा शिक्षा, ईन्जिनियरिङ शिक्षा, व्यवस्थापन शिक्षा, कानूनी शिक्षा, मानविकी शिक्षालाई आवश्यक र प्रसस्त बजेट विनियोजन गरि विश्वस्तरकाे अत्याधुनिक विश्वविद्यालय स्थापना गराैं ।
यसकाे लागि नेपाली नागरिकले दिनमा साँढे एक छाक खाएर पैसा बचत गर्नुपर्छ भने नि गराैं । देशकाे लागि खर्च गराैं । भ्रष्ट नेता र कर्मचारिकाे छाला काढेर नुनचुक छर्केर पैसा असुलउपर गराैं । भविष्यमा भ्रष्टाचार गर्नेलाई पनि यस्तै गराैं ।
२) विकसित देशमा मेराे बच्चा छ भनेर ढुक्क नबनाैं, करेला जत्राे नाक घेराैंला जत्राे नबनाउँ
हाम्रा छाेराछाेरि अमेरिका, अष्ट्रेलिया, क्यानडा, युके, काेरिया, जापान, चाईना, जर्मन छ भनेर करेला जत्राे नाक घेराैंला जत्राे नबनाउँ । अरूले बनाएको देशमा तलब सुविधा राम्रो छ भनेर ढुक्क नहाैं । कुनै बेला सन्कि शासक सत्तामा आउँदा भुटानबाट भुटानी नेपालीहरू लखेटेर अहिले शरणार्थी भएर हिंडेकाे छ । उनिहरू देश विहिन अवस्थामा छन् । यस्ता शासक कतिखेर, कुनबेला, कुन देशमा र कति समयका काे आउँछ थाहै हुँदैन । आफ्नो नजिककाे छिमेकी राष्ट्र भारतबाट नेपाली विद्यार्थी फर्काउनकाे लागि थर्काई रहेकाे छ । याे त राज्यकाे शासकले हाेईन जाबाे एउटा युनिभर्सिटीकाे कर्मचारीले गरेकाे हाे । यसरी फर्काउने काम पडाेषि राष्ट्र भारतले मात्रै गरेकाे छैन सात समुन्द्र पारि अमेरिकाबाट पनि हातखुट्टा बाँधेर नेपालीलाई नेपाल फर्काईंदै छ । यहि डर र त्रासमा नेपालीहरू संसारमा बस्न बाध्य छन् ।
जसरि एउटा घरमा बाबाआमाले उनिहरूकाे छाेराछाेरिलाई लालनपालन गर्न, शिक्षादिक्षा दिन, बिरामी हुँदा अाैषधि उपचार गर्न घरकै बाबाआमाकाे जिम्मेवारीमा हुन्छ । त्यसरीनै तीन कराेड नेपालीलाई खान, बस्न, अाैषधि, शिक्षा, सुरक्षा र जागिर दिनुपर्ने कर्तव्य र जिम्मेवारी पनि नेपाल सरकार हाे । किनकि नेपाल सरकार तीन कराेड नेपालिकाे अभिभावक वा बाबाआमा हाे ।
३) नेपालले के बनाएर बेच्ने? छाेराछाेरि मात्रै बनाएर बेच्ने?
(क) के नेपालले खाद्यान्न उत्पादन गरेर आफुलाई पुर्याएर
उब्रेकाे नबेच्ने?
(ख) के नेपालले कपडा उत्पादन गरेर वा बनाएर नबेच्ने?
(ग) के नेपालले गाडि, जहाज, ईलेक्ट्राेनिक ग्याजेट
बनाएर नबेच्ने?
(घ) के नेपालले अाैषधि नबनाउने र नबेच्ने?
कपडा पनि नबनाउने, घडि, गाडि, मेसिन, कम्युटर माेबाईल पनि नबनाउने । अाैषधि पनि नबनाउने? अनेकन कम्युटर प्राेग्रमिङ पनि नगर्ने । अन्नबालि, माछामासु पनि उत्पादन नगर्ने ।
(ङ) अनि नेपालले के बनाएर बेच्ने? छाेराछाेरि बनाएर मात्रै बेच्ने?
आउनुहाेस ६० लाख भन्दा बढि विदेशिएका युवाहरू एक पटक नेपालकाे सबैखाले विभेद, अन्याय, अत्याचार, दमन, असमान सन्धिसम्झाैता भ्रष्टाचार, महङ्गि, ढिलासुस्तीकाे विरूद्धमा निर्णायक आन्दोलन गराैं । किस्ता किस्तामा परिवर्तन हाेईन तेश्राे जनआन्दोलन सहितकाे हाेलसेल(आमूल) परिवर्तन गराैं ।
प्रकृति लम्साल प्रति हार्दिक श्रद्धाञ्जली । उनकाे परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्छ । र अन्य विद्यार्थीहरूले जहाँ पढे पनि सम्पूर्ण अध्ययन खर्च सरकारले बेहाेर्नुपर्छ ।
पूर्ण बहादुर राना
अध्यक्ष
नेपाल विद्यार्थी माेर्चा
केन्द्रीय समिति
मिति: २०८१ फागुन ७