२०८१ माघ २८ /सुशिल नेपाल
ट्रम्पले क्यानडासंग गरेको व्यवहार र हाम्रो देशमा भारतले लगाएको नाकावन्दीको समानताको झ्वाट्ट सम्झना भएर आयो ।

पछि गएर जतिसुकै अमेरिकाले प्रक्षाताप गरेपनि लागेको चोटले रन्थनिएको क्यानडाले अमेरिकालाई विशेष त ट्रम्पलाई कदापि माफ गर्ने मूडमा देखिदैंन । अहिले क्यानडामा अमेरिका बहिस्कारको लहर चलेको छ ।रिटायर भएपछि न्यानो ठाऊँ फ्लोरिडामा घर किनेर बसेका कनेडालीहरू धमाधम घरद्वार बेचेर आफ्नै मुलुक फर्किदै छन् । तेताको राष्ट्रको स्वाभिमान देख्दा आफूलाई ईश्या लागेर आऊंछ ।
भारतले पनि हाम्रो ६०% भूभाग अतिक्रमण गरेर हामी ४०% मा जेनतेन बसेका छौं भन्ने कुरा सबै नेपालीलाई थाहा छ । अहिले त्यो कुरा गऱ्यो भनें मूर्ख जस्तो लाग्छ, आफैलाई ।
तेत्रो नाकाबन्दी लगायो भारतले, भाइ भाइ बीच फूट गरायो । पहाडिया मधेसी गऱ्यो र तराईका सोझा नेपालीलाई उचालेर संघियता लादेरै छाड्यो ।
अहिले टोल टोलमा राजा टोल टोलमा मंत्री लिएर ७ क्लास पढेको प्रधानमंत्री र ८ क्लास पढेको अर्थमंत्री बोकेर हामी बसेका छौं । तै पनि चेतना फिरेको छैन् ।डाक्टर वकिल चुटिएका छन् ।
एकजानाको पछाडि समस्त संचारमाध्यम व्यस्त छ ।
पैन्टमा आची बोकेर प्रधानमंत्री चुच्चे नक्सा कहिले लुकाऊने कहिले देखाऊने गर्दैछन् ।
भारतले नेपालमाथि के के गऱ्यो मैले दोहऱ्याऊनु पर्दैन ।राजा महेन्द्रको पालामा पनि २१/२२ साल तिर भारतले धम्क्याएर हामी नून तेलमा विक्दैनौं विक्दैनौं भन्ने नारा लगाएर तोते बोलीमा म बालख पनि उफ्रेको थिएँ । बिराटनगरका रैथाने मारबाडीहरू पनि दौरा सुरूवाल र भादगाऊंले टोपी लगाएर राजा महेन्द्र प्रति एकबद्धता जनाएका थिए । रैथाने मारवाडी पनि भारत परस्त रहेनछन् तेतिबेला सम्म ।
हामीले के पाठ सिक्यौं , तेस्ता घटनाबाट? केही सिकेनौं ।बरू आफू मात्र बनौं भन्ने भावना नेपाली नेताहरूमा जागेर आयो ।
अहिले यतिवेला बदलीएको परिवेशमा हाम्रो बोली फुटदैन ! हामी नेपाली लाटा जस्तो भएका छौं ।
यहां राजनीतिमा संधै पैसाबालाले नै चलाएका रहेछन् भनेको त अमेरिका पनि उस्तै रहेछ ।
कानूनी लफडामा गाँजिएको ट्रम्पको सम्पूर्ण ऋण व्यहोरी दिने बाचा गरेर अमेरिका नै हत्यायो मस्कले ।
झट्ट मैले पनि नेपालको २८ साल तिरको एउटा घटना सम्झें ।
चारजाना अग्रज बुद्धिजीविहरू बसेर एउटा घरमा गफ गर्दै थिए । एकजानाले भने, हैन यो मोहन गोपाल खेतान त कसैलाई पनि तपाई भन्दो रहेन छ, सबैलाई तँ भनेर कुरा गर्दो रहेछ ।
कुरा मैले सुने अनुहार प्रकास चन्द्र लोहानीलाई पनि ए ऐता आईज भनेर बोलाऊंथ्यो रे ।पछि पनि काग्रेस कमुनिष्ट कसैलाई पनि तपाई भनेर सम्वोधन गरेन उसले । कुनै नेता, मंत्री कसैलाई पनि कहिले तपाई भन्दैनथ्यो भन्ने कुरा उतिवेलाको राजनीतिवृतमा खुबै कुरा हुनेगर्थ्यो ।
यो कोठेगफ हो । मैले सुनेको । भनेपछि नेपालको राजनीतिमा उस्को हात कति भित्रसम्म पुगेको होला त ?
तेसपछि मलाई बुझ्न बेर लागेन नेपालको राजनीति कसले चलाएको छ भनेर ।गिरिजा गणेशमानले होईन,खेतान, मित्तल, सर्राफहरूसंग थियो नेपालको चाबी, अझै पनि छ ।
यहां पनि तेही हो ।लेखेर परिवर्तन हुदैंन, हुने भए खग्रेन्द् संग्रौंला, जगर्नाथ शर्मा, हरिहर विरही, पद्म ठकुराठी, नारायण ढकाल आदि ईत्यादिले खातका खात लेखी सके , केही भएन, बरू शत्रु जन्मे ।
देश बनाऊने, जोगाऊने,भनेको जनताले हो । जनतालाई डोहऱ्याऊने नेताले हो । नेताले बिके पछि हामी मुग्लान नपसी धर भयो त ?