२० नोभेम्वर २०११
चिनिया सामाजिक संस्था न्यू होम एसोसियसन, मगरसंघ हङकङ र आदिवासी जनजाति महासंघ हङकङको आयोजनामा एकदिने शैक्षिक भ्रमण सम्पन्न भएकोछ ।
सातिन स्थित चाईनीज युनिभर्सिटी र साइकुङ स्थित लायन नेचर एजुकेशन सेन्टरमा भ्रमण गराइएकोथियो ।
भ्रमणका निम्ति युङलुङ र जोर्डनबाट बसको ब्यवस्था गरिएकोथियो । कार्यक्रमका संयोजक तथा दुबै नेपाली संस्थाका अध्यक्ष एमवी थापाका अनुसार, ३०० जनाले बुकिङ गरेकोमा ४०० सहभागी जम्मा भएपछि थप बसको ब्यवस्थापन गर्नु परेकोले कार्यक्रम ब्यवस्थापन असहज बनेकोथियो ।
कार्यक्रम समापनपछि सबै सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएकोथियो ।
थापाकै नेतृत्वमा यसअघि हङकङ प्रहरीसंगको संयुक्त कार्यक्रम अन्र्तगत १५ बर्ष मुनिका विद्यार्थीलाई गोन्जाओ र वल्र्ड एक्स्पो सांघाई एक्स्पो अवलोकन गराउन करिब सय जति नेपालीलाई चीनको सांघाई भ्रमण गराइसकेकाछन् ।