“सबैकाे धार्मिक आस्थालाई सम्मान गराैं!
मुकुमलुङमा हाेईन हिमालय शृङ्खलाहरू(Himalaya ranges)मा केवलकार बनाअाैं!!”

धर्म मानिसकाे आध्यात्मिक चेतना खुलेपछि अन्तिम चित्त बुझाएर बाँच्ने आधार हाे । धर्मभिरूहरूले आफ्नाे मृत्यु पछि धर्मले निर्वाण प्राप्तिकाे मार्ग अर्थात स्वर्गमा लान्छ भन्ने गहिराे विश्वास रहेकाे हुन्छ । धार्मिक बाटाेले सुख, यश आराम, खुसि दिलाउने ठाउँ नै स्वर्ग वा निर्वाण हाे भन्ने जनविश्वास छ । स्वभावैले मानिस स्वार्थी प्राणि हाे । उ जिउँदाेमा बुद्धि, धन, खुसि, सुख, मान र सम्मानकाे लाेभ त गर्छ गर्छ मरेपछि पनि उसले त्यस्तै ठाउँ निर्वाण वा स्वर्गकाे लाेभ गर्दछ । त्यसैले धर्मले जिउँदाेमा मात्रै हाेईन मरेपछि पनि सुख, खुसि र आनन्द मिलाई दिन्छ भन्ने विश्वास धर्मकर्ममा विश्वास राख्नेहरूमा रहेकाे पाईन्छ ।
जुनसुकै धर्मका अनुयायीले आफुले अवलम्बन गरेकाे धर्मलाई अरू धर्म भन्दा वैज्ञानिक, सत्यतथ्य, सर्वश्रेष्ठ, सर्वगुण, सर्वहितकारी, सर्वमंगल, सर्वकरूणा मैत्रि, स्वर्ग तारिदिने मान्दछ । याे नै धर्मकाे क्षेमता हाे । याे नै धर्म भित्र हुने धार्मिक गुण हाे । । याे क्षेमताले गर्दा नै आ-आफ्नो धर्म बाहेक अरूकाे धर्मलाई कमसल सम्झिने चलन छ । याे असल वा खराब पक्ष वा दुवै हुन सक्छ ।
एउटा धर्मकाे सुल्टाे अर्काे धर्मकाे उल्टाे हुनसक्छ । अर्काे धर्मकाे उल्टाे एउटा सुल्टाे हुनसक्छ । कसैले कसैकाे धर्म माथि धावा बाेल्नु हुँदैन् । कसैको धर्म माथि धावा बाेल्नु भनेकाे उसकाे आस्था र विश्वास माथि धावा बाेल्नु हाे । उसकाे धर्मकाे मर्म माथि धावा बाेल्नु हाे । कसैकाे धर्म र मर्म माथि अपमान गर्नु हुँदैन । यसाे गर्दानै संसारमा धार्मिक युद्ध हुने गरेकाे ईतिहासहरू जगजाहेर छ ।
मुकुमलुङ लिम्बू लगाएत मुन्धुमि अर्थात् किरात धर्मालम्बिहरूकाे आस्था र विश्वासकाे पवित्र स्थल हाे । यतिबेला केही नाफा कमाउन लागिपरेका व्यापारीहरूले सरकारकाे आडमा केवलकार बनाउन उद्यत छन् । यसलाई मुन्धुम धर्मशास्त्र माथि विश्वास गर्ने लिम्बू र राई समुदायहरूले घाेर विराेध गरिरहेका छन् ।
किनकि मुकुमलुङ मुन्धुम धर्मशास्त्र अवलम्बन गरेका धर्मावलम्बीहरूले पवित्र स्थल मान्दछन् । जसरि मक्का मदिनालाई ईस्लाम धर्मावलम्बीलेहरूले आफ्नाे पवित्र स्थान मान्दछन् । हिन्दुहरूले चार धाम (१) बद्रीनाथ धाम, (२) रामेश्वरम धाम, (३) द्वारका धाम र (४) जगन्नाथ लगायत पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी पवित्र स्थल मान्दछन् । त्यसरिनै अब्राहम धर्म, यहूदी, क्रृश्चियन र इस्लाम धर्मावलम्बीहरूले जेरूसेलेमलाई पवित्र स्थल मान्दछन् र बाैद्ध धर्मालम्बिहरूले लुम्बिनी, बाेधगया, कुशिनगर, कपिलवस्तु लगायत स्वयंभु, बाैद्धनाथलाई पवित्र स्थल मान्दछन् ।
जनताकाे सहमति नलिएर गरेका जुनसुकै विकासहरू ढिलाेचाँडाे विनासमा परिणत हुन्छन् । जनताकाे विराेध हुँदाहुँदै निर्माण गरेका विकास वा लादेका शासन व्यवस्थाहरू संसारमा कही टिकेकाे ईतिहास छैन । तसर्थ सरकारले मुकुमलुङ(पाथिभरा)मा केवलकार निर्माण गर्ने कार्य अविलम्ब बन्द गरियाेस् । केवलकारै बनाउने भए नेपालमा ५,५०० मिटर देखि ८,८४८ मिटरसम्मका १३०० भन्दा बढि हिमालहरू छन् । यहि हिमालय श्रङ्खला(Himalayan Ranges) मा केबलकार बनाउ । नेपाली मात्रै हाेईन विदेशि पर्यटकबाट पनि रूपैयाँ, यान, डलर, रियल, केडि कमाउ ।
पूर्ण बहादुर राना
अध्यक्ष
नेपाल विद्यार्थी माेर्चा
केन्द्रीय समिति
मिति:२०८१ माघ ११