गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो 

Read Time:1 Minute, 23 Second

राज्यसत्ता ,

सिरहा । मधेशी शहीदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाहरुले शुद्धिकरण गरेका छन् ।

माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेका मधेश आन्दोलनका शहीदहरुको शालिकलाई युवा तथा नागरिक समाजका अगुवाहरुले गंगाजल छर्केर शुद्धिकरण गरेका छन् ।

मधेश जनजागरण अभियानका (त्रिनेत्र)का संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरु मधेशी शहीदको अपमान गर्दैै आएको गम्भीर आरोप लगाएका छन् । उनले मधेशी युवाहरुलाई हत्या गर्ने ठूला दलका नेताहरुको पाउँपुजा गर्नेहरुले शहीदको शालिक छोएकोले अछुत भइसकेको भन्दै गंगाजल छर्केर शुद्धिकरण गरिएको दाबी गरे ।

मधेशका मसीहा भनाउने उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतहरुले मधेश आन्दोलनका एजेण्डालाई छोडिसकेको उनीहरु सत्ता र भत्तामा मात्र समाइरहेको आरोप नागरिक समाजका अगुवाहरुले लगाए । 

1 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %