भूकम्पबाट मानवीय तथा भौतिक क्षति – प्रेस वक्तव्य

Read Time:1 Minute, 22 Second

राज्यसत्ता

उत्तरी छिमेकी मित्रराष्ट्र चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्यी काउन्टीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट सिजाङ क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत बनाएको छ।


यो दु:खको घडीमा हाम्रो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ नागरिकको साथमा रहेको कुरा उल्लेख गर्न चाहन्छौं।
भूकम्प परी मृत्यु भएका सबै चिनियाँ नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
खोज तथा उद्धार प्रयासलाई तीव्र रुपमा अगाडि बढाइएका समाचार प्राप्त भएका छन्, राहत तथा पुनर्स्थापनामा पनि उत्तिकै सफलता मिलोस् भन्ने कामना गर्दछौं।
नेपालमा पनि भूकम्पको धक्का महशुस गरिए पनि कुनै मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ। यद्यपि, परकम्प आउनसक्ने भएकोले चनाखो र सतर्क रहन हाम्रो पार्टी सबैलाई आग्रह गर्दछ।

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %